Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: सोमबार साँझ अवरुद्ध भएको पृथ्वीरामार्गको धादिङ खण्ड मध्यरातदेखि खुलेको छ। धादिङको धुनिबेसी नगरपालिका–९ मा भारी वर्षापछि झरेको लेदोसहितको पहिरोले राजमार्ग साँझ ६ बजेदेखि राति १ बजेसम्म अवरुद्ध भएको थियो। प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरीक्षक हेमकुमार थपलियाका अनुसार राति साढे ११ बजे एकतर्फी र साढे १ बजे दुईतर्फी बाटो खुला भएको हो। भारी वर्षापछि आएको लेदोसहितको पहिरोले राजमार्ग छोपिँदा केही सवारी साधनमा सामान्य क्षति हुनुबाहेक अन्य कुनै ठुलो दुर्घटना नभएको थपलियाले जानकारी दिएका छन्। केही घण्टा सडक अवरुद्ध हुँदा राजधानी भित्रने र बाहिरिने सयौं सवारीसाधन रोकिएका थिए। मध्यरातमा सडक खुलेसँगै अहिले सवारी आवतजावत सामान्य भएको थपलियाको भनाइ छ।

Read More

काठमाडौँ: प्रतिनिधिसभाको अर्थ समितिले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित पारित गरेको छ । समितिको आजको बैठकले उक्त विधेयकमाथि परेका संशोधन प्रस्ताव र दफाबार छलफलका क्रममा उठेका विषयहरू संशोधनसहित पारित गरिएको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए । अर्थ समितिको आजको बैठकले चेक अनादर (चेक बाउन्स)सम्बन्धी मुद्दामा १० करोडभन्दा माथिको बिगो भएमा २ वर्षदेखि ४ वर्षसम्म कैद सजाय हुने व्यवस्था राख्ने सहमति जुटाएको सभापति चालिसेले बताए । समितिको आइतबार बसेको बैठकले चेक बाउन्सका मुद्दामा १५ लाखसम्मको बिगो भए १ महिना कैद, १५ लाखदेखि ५० लाखसम्मको बिगो भए १ महिनादेखि ३ महिनासम्म कैद, ५० लाखदेखि…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात कायम राखि आगामी दिनमा बढाउनका लागि भन्सार रहित सुविधाको निरन्तरता महत्वपूर्ण रहेको वताउनुभएको छ । महासंघ, तयारी पोशाक संघ, नेपाल अमेरिका चेम्बर अफ कमर्श, युएसएड र निर्यात महासंघले संयुक्त रुपमा आयोजना गरेको नेपाल अमेरिका व्यापार र लगानी अवसर र चुनौति बिषयक कार्यक्रम उहाँले उक्त धारणा राख्नु भएको हो । अमेरिकाले सन २०१६ मा भुकम्पपछि ७७ वटा वस्तुमा दिएको भन्सार रहित सुविधा आगामी बर्ष सकिन लागेको र आगामी साता आयोजना हुने व्यापार एवं लगानी सम्बन्धि सम्झौता (टिफा ) परिषदको वैठक महत्वपूर्ण रहेको उहाँको धारणा थियो । उक्त वैठकमा सुविधाको निरन्तरता र…

Read More

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका नदाी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वाेच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन (भ्याकेट) मा जाने बताएका छन् । उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको ज्ञापनपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले अदालतको आदेश व्यहारिक नदेखिएकाले पुनरावलोकनमा जाने बताएका हुन् । उनले स्थानीय जनता र सरोकार समूहका मुद्दा सम्बोधन गर्न सरकार तत्पर रहने स्पष्ट पारे । अदालतले जनताका पीरमर्कालाई बुुझ्ने र न्याय दिने उनले बताएका छन् । ओलीले अदालतको आदेशमा बदनियत नदेखिए पनि यसले जनतालाई असर पार्ने धारणा राखे। अदालतको अहिलेको आदेशपछि जनतालाई मुआब्जासमेत दिन सक्ने अवस्थामा…

Read More

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति पौडेलसमक्ष नवनियुक्त प्रधानसेनापति सिग्देलले पद तथा गोपनीयताको शपथ लिए। मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक रूपमा सेनाको कमाण्ड सम्हाल्ने छन् । नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी दिएको छ । यसका अलवा विपद् व्यवस्थापन, राष्ट्र विकास, शान्ति स्थापना, आन्तरिक सुरक्षा, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकताको प्रवर्द्धन र आपतकालीन खोज तथा उद्धारका कार्य…

Read More

काठमाडौँ: आन्तरिक राजस्व विभागले उपभोक्ताले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा तिरेको मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत फिर्ता दिने व्यवस्था गरेको छ। विभागले सूचना जारी गर्दै २०८१ भदौ २१ गते बसेको बैठकमा गरिएको निर्णयअनुसार मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (१ख) मा गरिएको व्यवस्थाअनुरूप विद्युतीय माध्यमबाट भुक्तानी गरी विभागले तोकेका वस्तु तथा सेवाहरू खरिद गर्दा उपभोक्तालाई तिरेको करको १० प्रतिशत फिर्ता गरिने बताएको हो । विभागले प्रावधान कार्यान्वयन गर्न विभागले आम उपभोक्ता, व्यवसायी तथा सरोकारवालालाई सूचित गर्दै नयाँ निर्णयलाई व्यवहारमा लागू गर्न निर्देशन दिएको छ । अब नयाँ व्यवस्थाले मदिरा पिउने केन्द्र (बार),…

Read More

जाजरकोट: जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले घर भत्किँदा बेपत्ता भएका वडासदस्य दम्पतीको शव फेला परेको छ। बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले पहिरोले पुरिँएका दम्पतीको शव आइतबार बिहान साढे १० बजे पहिरोबाट निकालिएको जानकारि दिए। गएराति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा बारेकोट गाउँपालिका–६ का महिला वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउनेको घर पहिरोले पुरिँदा पतिपत्नी नै बेपत्ता भएका थिए। बारेकोट गाउँपालिका–६ का वडाध्यक्ष डम्बरबहादुर महताराले पहिरोले घर पुरिँदा वडा सदस्य प्रेमकुमारी र उनका पतिको मृत्यु भएको बताए। यस्तै, पहिरोमा पुरिएकी उनीहरूकी १९ वर्षीया छोरी सम्झना चलाउनेको उद्धार गरेर नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रदेश अस्पताल कालागाउँमा उपचारका लागि पठाइएको छ। घाइते भएकी…

Read More

काठमाडौँ:काठमाडौंको नागार्जुन नगरपालिका– ७ की वडासचिव सुमा केसी मृत फेला परेकी छिन् । उनी आइतवार आफ्नै घरको कुखुरा पाल्ने टहरोमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । नगरपालिकाका प्रमुख (मेयर) मोहन बस्नेतका अनुसार उनी झुण्डिनुको कारण पत्ता लागेको छैन । केसीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । मृतक वडासचिव केसी मिलनसार र काममा अब्बल रहेको सहकर्मीहरूले बताएका छन् । नागार्जुन–७ का पूर्वअध्यक्ष रमेश गौतमका अनुसार केसीले आत्महत्याको बाटो कसरी लिइन् भन्नेबारे प्रहरीलाई अनुसन्धान गर्न भनिएको छ । केसीको मृत्युमा शोक मनाउँदै नागार्जुन नगरपालिकाले आइतवार नगरपालिका, सबै वडा कार्यालय, स्वास्थ्य संघसंस्था र सामुदायिक एवं संस्थागत विद्यालयमा बिदा दिने…

Read More

काठमाडौं: त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माणका अन्तिम चरणका कामहरु भइरहेका छन् । प्रसारण लाइन निर्माणका बाँकी कामहरु सम्पन्न गरी दशैं अगाडि नै सञ्चालनमा ल्याउने गरी निर्माण धमाधम भइरहेको छ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतनै २२०÷१३२÷३३ केभीका चिलिमे हव र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । प्रसारण लाइनमा…

Read More

काठमाडौँ: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्डअनुसार काठमाडौंका कुनै पनि घर नभत्किने बताएका छन्। सर्वोच्च अदालतले खोला किनाराबाट दायाँबायाँ थप २०-२० मिटरमा संरचना बनाउने नपाइने आदेश दिएपछि महानगरले उक्त आदेश कार्यान्वयनका लागि सूचना निकालेको थियो। शाहले सामाजिक सञ्जालमार्फत कानुन परिवर्तनका लागि संघीय सरकारलाई दबाब दिन आग्रह गरेका छन् । शाहले खोलाको मापदण्ड र कानुन आफैं बनाउने राजनीतिक दलले अहिले जनतालाई उचाल्ने काम भइरहेको आरोप गरेका छन् । ‘खोलाको मापदण्ड र कानुन आफैं बनाउने, आफैं सहभागी भएको परिषद्देखि न्यायाधीश आउने । सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै। अनि, भएको कानुन र फैसलालाई कार्यान्वन गर्दा दोष जति…

Read More