Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा ९४३ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ८१७, भक्तपुरमा ५८ र ललितपुर ६९ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार १ सय ३ पुगेको छ।

Read More

बाँके : कोरोना भाइरस (कोभिड–१९) बाट बाँकेमा हाड जोर्नी रोग विशेषज्ञ डाक्टरको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बूका अनुसार भेरी अस्पताल नेपालगन्जमा दरबन्दी भए पनि क्षेत्रीय अस्पताल सुर्खेतमा काजमा रहेका डाक्टरको बिहीबार दिउँसो कोरोनाबाट निधन भएको हो । भेरी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिरहेको बेला दिउँसो पौने तीन बजेतिर उनको निधन भएको हो । योसँगै एकैदिन बिहीबार कोरोनाबाट बाँकेमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

Read More

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ । नवरात्र शुरु हुने…

Read More

काठमाडौं : नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ। उनलाई सामान्य लक्षणसहित कोरोना संक्रमण भएको हो। सामान्य रुघाखोकी देखिएपछि तीन दिनदेखि होम आइसोलेसनमा बसेका पौडेललाई आज कोरोना संक्रमणको पुष्टि भएको उनले बताएका छन ।

Read More

काठमाडौं : दोस्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्ता मध्ये ३६ प्रतिशतले अनलाइनको सुविधा लिएका छन्। सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि लकडाउन तथा निषेधाज्ञा जारी गर्दा सेयर बजारमा अनलाइन प्रयोगकर्ता बढेका हुन्। एक महिनाको अवधिमा ८६ प्रतिशतले बढेका हुन्। नेपाल स्टक एक्सचेन्जका अनुसार पछिल्लो समय अनलाइन कारोबारका लागि युजनर नेम र पासवर्ड लिने लगानीकर्ताको संख्या एक लाख २० हजार ४९९ जना पुगेका छन्। एक महिना अगाडि अनलाइन प्रयोगकर्ता ६४ हजार ६१६ जना थिए। हाल दोस्रो बजारमा सक्रिय लगानीकर्ता तीन लाख ३७ हजार छन्। एक महिना अगाडि सक्रिय लगानीकर्ता दुई लाख ८७ हजार थिए। एक महिनाकै अवधिमा…

Read More

काठमाडौँ: बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले नगद तथा बोनस गरी १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १३ प्रतिशत बोनस र कर सहित ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । जसअनुसार बैंकले १ अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६३६ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, २५ करोड ६४ लाख ६ हजार ६६२ रुपैयाँ नगद लाभांश बाड्ने छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको अनुमति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई…

Read More

काठमाडौँ: सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाकाे राजदूतमा सिफारिस गरेको छ। आज बिहान बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राजदूत नियुक्त गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङले बताए । त्यसैगरी मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको छ। रेग्मीले बिहीबार नै मुख्य सचिवबाट राजीनामा दिएका थिए। यसै गरी बैठकले परराष्ट्रका सहिव शंकर दास बैरागीलाई मुख्य सचिवमा नियुक्त गरिएको जानकारी दिए।

Read More

काठमाडौँ: सरकारले बिहीबारदेखि नियमित उडान थप गरेको छ। विदेशबाट अलपत्र श्रमिकलाई ल्याउन उडान थप गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार बिहीबारदेखि नियमित उडान थप भएका छन्। विमान कम्पनीहरुले मागेजति नै उडान स्वीकृत गरिएको क्षेत्रीले बताए। प्राधिकरणले अक्टोबर १ देखि २४ तारिखसम्मका लागि नियमित उडानको तालिका सार्वजनिक गरेको छ। २४ दिनमा नेपालका लागि १४ विमान कम्पनीले ९९ वटा नियमित अन्तर्राष्ट्रिय उडान भर्नेछन्। नेपाल एयरलाइन्सले सातामा हङकङबाट दुई वटा, दोहाबाट सातवटा, क्वालालाम्पुरबाट छ वटा, दुबईबाट सात वटा, नारिताबाट दुई वटा र ग्वान्जाउबाट एउटा उडान गर्ने छ। हिमालयन एयरलाइन्सले दोहा र आबुधावीबाट हरेक साता ७–७ वटा उडान…

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप रु १२ लाख ८७ हजार असुल उपर गरेको छ । कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको थियो । यसरी गरिएको अनुगमनका क्रममा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्ने कालीमाटी तरकारी तथा फुलफूल बजारका २ र बल्खु तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारीलाई कालोबजारीको कसुरमा जिल्ला प्रशासन कार्यालयमार्फत कारवाही अघि बढाइएको छ । उनीहरुले रु ४६ मा खरिद गरेको प्याजको कृतिम अभाव सृजना गरेर १३० मूल्यमा बेचिरहेको थिए । उनीहरुबाट बरामद भएको १३ हजार २६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवद्र्धनसहित दृढताकासाथ काम गर्नुपर्ने औँल्याउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा आज न्युयोर्कमा भएको जैविक विविधता शिखर सम्मेलनमा उहाँले जैविक विविधता संरक्षणको लागि दिगो लगानी सुनिश्चित गुर्न आवश्यक भएको बताउनुभयो । जलवायुसम्बन्धी प्रतिकार्य अविलम्ब कार्यन्वयन गर्नु सबैको नैतिक दायित्व भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरमा सहमति भएका विकासका खाकाहरू र वातावरणसम्बन्धी बहुपक्षीय सम्झौताहरूअन्तर्गत गरिने प्रयासबीच सामञ्जस्य कायम गर्न जरुरी भएको बताउनुभयो । “जैविक विविधता संरक्षण त्यस्तो कार्य हो जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…

Read More