Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै ज्योतिषीहरुले आपत्ति जनाएका छ्न । साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा आइतबार चतुर्थी तिथिका दिनको साइत दिइनु गलत भएको तोयनाथ पन्तको पात्रो (पञ्चाङ्ग) का सम्पादक सूर्यनाथ पन्तले राससलाई जानकारी दिनुभयो । आइतबार नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भएअनुसार रिक्ता समूहमा पर्ने चौथी तिथि परेको छ । यसैगरी अश्विनी नक्षत्र पनि परेकाले पनि शुभ कामका लागि साइत दिन नहुने उहाँको भनाइ छ । रिक्ता तिथि र अश्विनी नक्षत्रलाई सूर्यले भेद गरेकाले पनि यस्तो साइत दिनु ठीक…
काठमाडौँ: विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले तयार पारेको प्रतिवेन पेश गर्न नेकपामा स्थायी कमिटी बैठक बोलाउने तयारी गरीएको छ। कार्यदलले भदौ ६ गते प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको थियो। बिहीबार बसेको सचिवालय बैठकमा कार्यदलको प्रतिवेदन पेश भइसकेको छ। कोरोना संक्रमणको प्रकोप बढेको बेलामा स्थायी कमिटी बैठक बोलाउन सम्भव नहुने भएकाले सचिवालयकै निर्णयका आधारमा अघि बढ्ने तयारी भएको थियो। तर स्थायी कमिटी बैठकमा उठेका विषयहरू सम्बोधन नभएकाले बैठक बस्नुपर्ने आवाज उठेपछि बैठक बोलाइन लागिएको हो। स्थायी कमिटी बैठक बोलाउनका लागि दुई अध्यक्षको सहमति भइसकेको स्रोतले बतायो। ‘केही दिनमा…
काठमाडौँ: ललितपुर प्रहरीले आइतबार साँझ रातो मछिन्द्रनाथको रथयात्रा गर्ने क्रममा १८ गते ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको घाँटी रेटी हत्या गरिदिन्छु भन्दै अन्तर्वार्ता दिने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुसुन्ती-१३ का ४३ बर्षीय संजय शाक्य रहेका छन्। ललितपुर प्रहरीका प्रबक्ता एबम प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार शाक्यले रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने क्रममा भदौ १८ गते ललितपुर पुल्चोकमा भएको घटना सम्बन्धमा ढुङ्गामुढा गर्ने,उपस्थित भीडलाई उत्तेजीत गराउने र ललितपुर महानगरपालिकाका मेयरलाई समेत घांटी रेटिदिन्छु भनी सार्बजनिक रुपमा अन्तर्वार्ता दिएकाले उजुरी परेकाले पक्राउ गरिएको हो। उनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर,ललितपुर पठाईएको छ।
धनगढी : सेती प्रादेशिक अस्पतालमा पहिलो पटक आजदेखि प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको छ । अस्पतालको आइसोलेसनमा रहेकी धनगढी उपमहानगरपालिका– ५ की ५७ वर्षीया महिलाको प्लाज्मा थेरापी विधिबाट उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमणपछि गम्भीर अवस्थामा पुगेकी महिलामा थेरापि विधिबाट उपचार भइरहेको छ ।” प्लाज्मा थेरीपी गर्न कोरोना सङ्क्रमित व्यक्ति ठीक भई पिसीआर रिपोर्ट नेगेटिभ आइसकेपछि उसको शरिरमा एक खालको एन्टीबडी बनेको हुन्छ र उसको प्लाज्मा सङ्क्रमित व्यक्तिमा ट्रान्समिट गरे त्यसले कोरोना भाईरसलाई न्युटिलाइज गर्ने भन्ने सिद्धान्त रहेको बताइएको छ । “गम्भीर खालका कोरोना सङ्क्रमित बिरामीलाई आईसियमा राखेर डाक्टरको…
ललितपुर : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको छ । आज आइतबार दिउँसो ४ः५१ बजे तान्न शुरु गरिएको मच्छिन्द्रनाथको रथलाई सुस्तरीसुस्तरी तानेर आज ललितपुर महानगरपालिका अगाडि सोह्रखुट्टे पाटी नजिकै पु¥याइएको हो । यसवर्ष कोरोना महामारीका कारण उपस्थित सबैले सामाजिक दूरी कायम गरेका थिए । एकै किसिमको निलो टोपी र गन्जी, मुखमा मास्क, हातमा पञ्जा लगाई दुई तिर बसेर शान्त्त पूर्वक रथ तानिएको पुचःका संयोजक चन्द्र महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले मूलुकमा कोभिड सङ्क्रमण बढ्दै जाँदा आवश्यक मानिसलाई मात्र रथयात्रा गर्न लगायौँ ।” रथयात्रालाई विधि पूर्वक काँसहित विभिन्न बाजा बजाइएर सम्पन्न गरिएको महर्जनले जानकारी गराउनुभयो…
काठमाडौं: समयमै रासायनिक मल आपूर्ति गर्न नसकेपछि कृषि सामग्री कम्पनी लिमिटेडले दुई निजी कम्पनीसँग गरिएका ठेक्का सम्झौता रद्द गरेको छ । शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँग भएको ठेक्का सम्झौता रद्द गर्दै धरौटी जफत गर्ने निर्णय गरिएको कृषिमन्त्री घनश्याम भुसालले जानकारी दिए । ‘तत्कालका लागि सम्झौता रद्द गरिएको छ धरौटी जफत प्रक्रिया अघि बढाइएको छ,’ मन्त्री भुसालले भने । यो निर्णयसँगै दुवै कम्पनीले राखेको पाँच-पाँच करोड कार्यसम्पादन धरौटी रकम जफत हुने छ । साथै, थप कानुनी कारबाहीका लागि कृषि सामग्री कम्पनी लिमिटेडले तयारी गरेको छ । ५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र उनको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ । तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेका छन् । ‘मलाई संक्रमण भएको होइन, परिवारको सदस्यलाई संक्रमण भएपछि म क्वारेन्टिनमा बसेको हुँ’ मन्त्री ढकालले भने । क्वारेन्टिनबाट नै मन्त्रालयको काम हेरिरहेको उनले बताए ।
ललितपुर : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ अहिले तानिँदै छ । १९ आँै जातीय खलः पुचःका ५०१ स्वयं सेवक मिलेर रथ तानिँदै छ । यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो । आज बिहानैदेखि १९ आँै जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको पुचःका संयोजक चन्द्र महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा दिनानुदिन फैलिरहेको कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पुर्याएर भोटोजात्रा गर्न…
काठमाडौं : राष्ट्रिय व्यापार सङ्घले निषेधाज्ञाको विकल्प खोजेर व्यवसायको वातावरण मिलाउन माग गरेको छ । सङ्घको टोलीले आज काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जीवन दुलाललाई भेटेर कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै निषेधाज्ञा लम्बिँदै जाँदा व्यापारी व्यवसायीहरु समस्यामा परेको जनाउँदै निषेधाज्ञाको विकल्प खोजेर व्यापार व्यवसायको वातावरण मिलाउन माग गरेको हो । सङ्घका महासचिव बैकुण्ठ दाहालले कोरोना सङ्क्रमणका कारण निरन्तर भएको बन्दाबन्दी र निषेधाज्ञाले हजारौँ व्यवसायी आफ्नो व्यापार व्यवसाय छोड्न बाध्य भएको भन्दै यस क्षेत्रमा भएको पलायन रोक्न निषेधाज्ञाको विकल्प खोज्नुपर्ने बताउनुभयो । “व्यापार व्यवसाय सञ्चालन गर्न नपाउँदा घरभाडा, वित्तीय संस्थाको ऋण, व्याज, कर, तलबलगायत कुराहरुले व्यवसायी मानसिक तनावमा परेका छन्, व्यापार व्यवसायको…
काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार बिहान निषेधाज्ञा उल्लंघन गर्ने १ सय ९६ गाडी होल्ड भएका छन् । जसमा १ सय ५३ दुई पांग्रे र ४३ चारपांग्रे गाडी रहेका छन् । पछिल्लो समय निषेधाज्ञा उल्लंघन गर्ने क्रम बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अत्यावश्यक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिएकाबाहेक गाडी चलाउन रोकिएको भए पनि अटेरी गर्ने बढेका हुन् । निषेधाज्ञा नमान्नेलाई संक्रमक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । निषेधाज्ञाका बेला काठमाडौं उपत्यकामा झण्डै १५ सय ट्राफिक प्रहरी परिचालन गरिएको पनि महाशाखाले बताएको…
