Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
- तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले आज पदबाट राजीनामा दिएकी छन । आज सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले आफ्नो राजीनामा पेश गरेकी हुन । संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले भनिन, ‘मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।’ बैठकको शुरु भएसँगै कार्यसूची हटाएर उपसभामुख डा। शिवमाया तुम्वाहाम्फेले राजीनामा सम्बोधन गरेकी थिइन् । उनले उपसभामुखको राजीनामा गर्न आफूले लिएको अडान अस्वभाविक महत्वकांक्षाबाट प्रेरित नभएको दाबी गरिन् । ‘मेरो अडानको समयले वस्तुनिष्ठ मूल्यांकन गर्ने छ भन्ने मेरो विश्वास छ,’ उनले भनिन् । सवैधानिक ओहोदामा बसुन्जेल दलको निर्देशन नहुने उनको…
काठमाडौं: मस्र्याङदी करिडोर २२० केभी डबल सर्किट विद्युत् प्रसारण लाइन आयोजना निर्माणमा गोरखामा भइरहेको अवरोध हटाउन पहल सुरु गरिएको छ । आयोजनाको उदीपुर (लमजुङ)–मार्कीचोक (तनहुँ) खण्डअन्तर्गत गोरखाको पालुङटार नगरपालिकाको वडा नं ४ र ५ का बासिन्दाले रुट परिवर्तन माग गर्दै एक वर्षअघिदेखि प्रसारण लाइन निर्माणमा अवरोध गर्दे आएका छन् । नेपाल विद्युत प्राधिकरणले सुरुमा मस्र्याङदी नदीको किनारै किनार प्रसारण लाइन निर्माणको डिजाइन तयार गरेको थियो । तर, नागरिक उड्यन प्राधिकरणले त्यहाँ लाइन निर्माण गरिएमा पालुङटार एयरपोर्टमा विमान उडान र अवतरण गर्न नसकिने बताएपछि रुट परिवर्तन गरिएको थियो । प्राधिकरणले एयरपोर्ट एवं प्रस्तावित स्मार्ट पालुङटार सिटीलाई असर नपर्ने…
हेटौँडा : वागमती प्रदेशको लोकसेवा आयोगले पूर्णता पाएको छ । सिफारिस समितिले दुईजना सदस्यको सिफारिस गरेसँगै आयोगले पूर्णता पाएको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ रहेका छन । सिफारिस समितिले प्रदेश लोकसेवा आयोगका सदस्यमा पूर्वसहसचिव सुर्दशन ढकाल र शिक्षण अस्पताल, महाराजगञ्जमा अध्यापन गराउँदै आएकी डा शर्मिला न्यौपानेलाई सिफारिस गरेको हो । सिफारिस गरिएका दुवैजनालाई आज शपथग्रहण गराउने तयारी गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि आयोगमा अध्यक्षको मात्र नियुक्त गरी कामकारबाही हुँदै आएको थियो । आयोगको अध्यक्ष सुरेशमान श्रेष्ठ हुन ।
काठमाडौ : लाइसेन्स खारेजीको निर्णय सरकारले उल्टाएपछि व्यापारी अजयराज सुमार्गीको लगानी रहेको स्याटलाइट टेलिकमले सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिन निवेदन पेश गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स खारेज गर्ने निर्णय गत साताको मन्त्रिपरिषद्को वैठकले उल्टाएको थियो । प्राधिकरणको निर्णयविरुद्ध सर्वोच्चमा दायर गरेको निवेदन फिर्ता लिन सुमार्गीको कम्पनीले आइतबार निवेदन दिएको स्रोतले पहिलोक्लिकलाई बताएको छ । हेलो नेपाल नामक मोबाइल सेवा सञ्चालनका लागि प्राधिकरणबाट पाएको लाइसेन्स गत भदौ १ गते प्राधिकरणले खारेज गरेको थियो । लाइसेन्स खारेज भएपनि ३५ दिनभित्र सरकारसमक्ष कम्पनीले पुनरावेदन गर्न पाउने कानुन व्यवस्थाअनुसार उसले मन्त्रिपरिषद्मा निवेदन दिएको थियो। उक्त निवेदनपछि मन्त्रिपरिषद्को वैठकले सुमार्गीको पक्षमा…
पर्वत : पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ । लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बलजस्तै उफ्रिएपछि लामिछाने परिवारले प्लास्टिकको चामल भएको आशङ्का गर्दै सशङ्कित भएका छन् । गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले उत्पादन गरेको जीरा मसिनो चामलको भात बल जसरी उफ्रिएपछि स्थानीयवासी सशङ्कित बनेका हुन् । लामिछानेले केही समय पहिले स्थानीय व्यापारी लेखनाथ शर्माको उमानन्द किराना स्टोर्सबाट चामल किनेर ल्याएको र पकाएर हेर्दा भातको डल्ला परेको र प्लास्टिक जस्तो गरी उफ्रिन थालेको उनले बताए । उनका अनुसार…
मेलम्ची: मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा आज बिहान अगलागी हुँदा करिब रु २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताउनुभएको छ । ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको छ । त्यस्तै पसलको सामान नष्ट भएको पीडित तामाङले जानकारी दिनुभयो । आगो प्रहरी र स्थानीयवासीको सहयोगबाट नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।
काठमाडौँ: ‘प्राकृतिक सम्पदा कला र संस्कृति, पर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ पर्यटन वर्ष २०२० लाई सफल बनाउन दोस्रो नगरकोट महोत्सव हुने भएको छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिको संयोजनमा यही माघ १०, ११ र १२ गते बतासे डाँडामा हुने महोत्सवको तयारी पूरा भएको समितिका अध्यक्ष नवीन गुरुङले जानकारी दिनुभयो । यहाँबाट गणेश, लाङ्टाङ गौरीशङ्कर हिमशृङ्खलाको आनन्द लिन सकिन्छ । सर्वाेच्च हिमशिखर सगरमाथालगायतका ११ शृङ्खला र सूर्योदय एवं सूर्यास्तको मनोरम दृश्यको आनन्दलिन यहाँ आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण हुने गरेको छ । पर्यटकीयस्थल नगरकोटमा बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्यका साथ हुन लागेको महोत्सवमा…
काठमाडौ ः राष्ट्रियसभा सदस्यको माघ ९ गते बिहीबार हुने निर्वाचनको आज सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । निर्वाचन आचारसंहिता बमोजिम ४८ घण्टा अगाडी अर्थात माघ ६ गते सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन मौन अवधि र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहलगायत सरोकारवालाको ध्यानाकर्षण गराइएको छ । मुलुकका सातवटा प्रदेशका उच्च अदालत रहेका जिल्ला मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन केन्द्र कायम गरिएको छ । मौन अवधिमा कुनै पनि…
काठमाडौं : त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा आज सोमबार विहानै एक्कासी दुई वटा विमान ठोक्किए । जनकपुर जान लागेको बुद्ध एयरको विमान रोकिराखेको यति एयरलायन्सको विमानसंग ठोक्किन पुगेको थियो । आज सोमबार विहान ठोक्किएका दुइवटै विमानमा सामान्य क्षति पुगेको विमानस्थल श्रोतले जनाएको छ । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द छ ।
काठमाडौं : उपसभामुख डा. शिबमाया तुम्बाहाङफेले आज पदबाट राजीनामा दिँदैछिन । खाली रहेको सभामुख पदमा आफ्नो दाबेदारी रहने बताउँदै आएकी तुम्बाहाङफे एकाएक नेकपाले सभामुखका लागि उम्मेदवारको नाम तोकेलगत्तै आफ्नौ अडानबाट पछि हट्दै यस्तो निर्णयमा पुगेकी छिन । एक नेताका अनुसार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको आग्रह मानेर उनी राजीनामा दिन तयार भएकी हुन । उपसभामुख तुम्बाहाङ्फेले सभामुखलाई सम्बोधन गर्दै आजै संसदमा राजीनामा पेस गर्दैछिन । उपसभामुख तुम्बाहाङफेले सोमबार प्रतिनिधिसभा बैठक बस्नु अगाडि नै राजीनामा दिने तयारी भएको संसद् सचिवालयका सन्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए । संसद् बैठकपछि उपसभामुख तुम्बाहाङ्फेले संसद् भवनमै पत्रकार सम्मेलन गरेर…