Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

पर्वत : पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ । लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बलजस्तै उफ्रिएपछि लामिछाने परिवारले प्लास्टिकको चामल भएको आशङ्का गर्दै सशङ्कित भएका छन् । गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले उत्पादन गरेको जीरा मसिनो चामलको भात बल जसरी उफ्रिएपछि स्थानीयवासी सशङ्कित बनेका हुन् । लामिछानेले केही समय पहिले स्थानीय व्यापारी लेखनाथ शर्माको उमानन्द किराना स्टोर्सबाट चामल किनेर ल्याएको र पकाएर हेर्दा भातको डल्ला परेको र प्लास्टिक जस्तो गरी उफ्रिन थालेको उनले बताए । उनका अनुसार…

Read More

मेलम्ची: मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा आज बिहान अगलागी हुँदा करिब रु २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताउनुभएको छ । ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको छ । त्यस्तै पसलको सामान नष्ट भएको पीडित तामाङले जानकारी दिनुभयो । आगो प्रहरी र स्थानीयवासीको सहयोगबाट नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

Read More

काठमाडौँ: ‘प्राकृतिक सम्पदा कला र संस्कृति, पर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ पर्यटन वर्ष २०२० लाई सफल बनाउन दोस्रो नगरकोट महोत्सव हुने भएको छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिको संयोजनमा यही माघ १०, ११ र १२ गते बतासे डाँडामा हुने महोत्सवको तयारी पूरा भएको समितिका अध्यक्ष नवीन गुरुङले जानकारी दिनुभयो । यहाँबाट गणेश, लाङ्टाङ गौरीशङ्कर हिमशृङ्खलाको आनन्द लिन सकिन्छ । सर्वाेच्च हिमशिखर सगरमाथालगायतका ११ शृङ्खला र सूर्योदय एवं सूर्यास्तको मनोरम दृश्यको आनन्दलिन यहाँ आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण हुने गरेको छ । पर्यटकीयस्थल नगरकोटमा बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्यका साथ हुन लागेको महोत्सवमा…

Read More

काठमाडौ ः राष्ट्रियसभा सदस्यको माघ ९ गते बिहीबार हुने निर्वाचनको आज सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । निर्वाचन आचारसंहिता बमोजिम ४८ घण्टा अगाडी अर्थात माघ ६ गते सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन मौन अवधि र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहलगायत सरोकारवालाको ध्यानाकर्षण गराइएको छ । मुलुकका सातवटा प्रदेशका उच्च अदालत रहेका जिल्ला मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन केन्द्र कायम गरिएको छ । मौन अवधिमा कुनै पनि…

Read More

काठमाडौं : त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा आज सोमबार विहानै एक्कासी दुई वटा विमान ठोक्किए । जनकपुर जान लागेको बुद्ध एयरको विमान रोकिराखेको यति एयरलायन्सको विमानसंग ठोक्किन पुगेको थियो । आज सोमबार विहान ठोक्किएका दुइवटै विमानमा सामान्य क्षति पुगेको विमानस्थल श्रोतले जनाएको छ । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द छ ।

Read More

काठमाडौं : उपसभामुख डा. शिबमाया तुम्बाहाङफेले आज पदबाट राजीनामा दिँदैछिन । खाली रहेको सभामुख पदमा आफ्नो दाबेदारी रहने बताउँदै आएकी तुम्बाहाङफे एकाएक नेकपाले सभामुखका लागि उम्मेदवारको नाम तोकेलगत्तै आफ्नौ अडानबाट पछि हट्दै यस्तो निर्णयमा पुगेकी छिन । एक नेताका अनुसार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको आग्रह मानेर उनी राजीनामा दिन तयार भएकी हुन । उपसभामुख तुम्बाहाङ्फेले सभामुखलाई सम्बोधन गर्दै आजै संसदमा राजीनामा पेस गर्दैछिन । उपसभामुख तुम्बाहाङफेले सोमबार प्रतिनिधिसभा बैठक बस्नु अगाडि नै राजीनामा दिने तयारी भएको संसद् सचिवालयका सन्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए । संसद् बैठकपछि उपसभामुख तुम्बाहाङ्फेले संसद् भवनमै पत्रकार सम्मेलन गरेर…

Read More

डोल्पा: उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९, पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिए । ‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको र केहीमात्रामा हिउँ पर्न रोकिएको उनले बताए । हिमपहिरो खस्दा अन्नबाली तथा जनधनको समेत क्षति हुने गर्दछ । हिमपातका कारण उपल्लो डोल्पामा पाँच फिटसम्म हिउँ जमेको र घरबाहिर निष्कनसमेत कठिन भएको स्थानीयले जनाएका छन् ।

Read More

पोखरा : कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को हिमालय र देउरालीको बीचमा पर्ने हिङ्कुखोलामा गएको हिमपहिरोमा हराएका ४ कोरियाली र ३ नेपाली पर्यटकको सिम्रिक एयरको हेलिकप्टरले आइतबार उद्धार टोलीसहित खोजी गरेको छ। रेक्को डिभाइसले हराएकाहरूको मेटल सिग्नल पाएको उद्धार टोली कोअर्डिनेटर सुरज पौडेलले जानकारी दिए। सिम्रिक एयरका पाइलट आनन्द थापा उद्धार टोलीका प्राविधिक छिरिङ डेन्डुप भोटे, आङतासी शेर्पा र पौडेलसहितको टोलीले आइतबार दिउँसो ३ बजेदेखि हिमपहिरो गएको हिङ्कु खोलामा मानिसको सिग्नल पाएको उनले जानकारी दिए। रेक्को हराएका मानिस खोजी गर्ने विशेष यन्त्र हो। स्विट्जरल्यान्डमा तालिम लिएका सिम्रिक एयरका पाइलट थापासहितको टोलीले दिउँसो ३ बजेदेखि ५ बजेसम्म खोजी गरेको थियो। हिङ्कु खोला क्षेत्रमा…

Read More

एजेन्सी: चीनको सिञ्जियाङ प्रान्तमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ विभागका अनुसार आइतबार राती ९ बजेर २७ मिनेटमा ६.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सिञ्जियाङको प्रचिन रेशममार्गसँग जोडिएको शहर काशगरबाट सय किलोमिटर पूर्वोउत्तर क्षेत्रमा रहेको जनाइएको छ । भूकम्पबाट जनधनको के कति क्षति भयो त्यसबारे विस्तृत विवरण आइसकेको छैन ।

Read More

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस काउन्सिलमा अथाह शक्ति केन्द्रित गर्न नहुने बताउनुभएको छ । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक २०७५ माथिको दफावार छलफलमा उहाँले काउन्सिलले मध्यस्तताको भूमिका निर्वाह गरे पनि समाचारकै कारण पीडित बनेकालाई अदालतले न्याय दिनुपर्ने धारणा राख्नुभयो । उहाँले काउन्सिलले क्षतिपूर्ति दिलाउन नसक्ने बताउँदै दण्ड, जरिवाना अदालतले भराउनुपर्ने बताउनुभयो । “यसो गर्दा न्याय पनि मर्दैन र उपभोक्ताको अधिकार पनि हनन हुँदैन”, उहाँले भन्नुभयो । उहाँले पत्रकारले जथाभावी कलम चलाउन नहुने भन्दै पत्रकारिताको विश्वसनीयतालाई कायम राख्न पनि जटिल विषयलाई अदालती पक्रियाबाटै टुङ्गो लगाउनुपर्ने औँल्याउनुभयो । “सम्पूर्ण न्यायिक निरुपणको विषय…

Read More