Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: माघे संक्रान्ति नजिकिएसंगै नेपाली तरकारी बजारमा तरुल ब्यापारीहरु ह्वात्तै बढेका छन् । ठेलामा होस् या तरकारी पसलमा होस् अहिले तरुल देखा पर्न थालेको छ । हरेक चाडपर्वको आआफ्नै मान्यता रहेको र सोही अनुरुप खाने परिकार पनि विशेष हुने गर्दछ नेपाली समाजमा । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ जसको कारण नेपाली समाजमा प्रसिद्ध उखान नै छ ‘पुसमा पाके माघमा जाके’ । तरुल सबै भन्दा धेरै सर्लाही जिल्लाबाट काठमाडौँ भित्रिने गरेको पाइन्छ । अन्य जिल्ला जस्तै पाल्पा, अर्घाखाँची, चितवन, नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, झापा, नुवाकोट लगायतबाट पनि काठमाडौं उपत्यकामा तरुल भित्रिने…

Read More

काठमाडौँ: प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल आफ्नो ३० वर्षे सेवा अवधि पूरा गरेर यही माघ २७ गतेबाट अनिवार्य अवकाशमा जाँदै छन्। उनाले आफुले प्रहरीको नेतृत्व सम्हालेपछि गरेका मूख्य मुख्य कार्य प्रगतिको फेहरिस्त सार्वजनिक गरेका छन्। यस्ता छन् २०७५/०१/०१ देखी २०७६/०९/२५ सम्म उनले गरेका मुख्य कामहरुको प्रगति विवरण। १. नेपाल प्रहरीको रणनीतिक नीति तथा कार्यक्रम • तालुक गृह मन्त्रालयको गृह प्रशासन सुधार कार्य योजना २०७४ कार्यान्वयन । • प्रहरी महानिरीक्षकका सांगठनिक १० बुँदे प्राथमिकता जारी गरी कार्यन्यवन गरेको । • अपराध कार्य योजना (CAP)२०७५-७८ लागु गरी अपराध अनुसन्धानको क्षमता विकास । • नेपाल प्रहरीको लैङ्गिक नीति, २०७५ जारी गरिएको । •…

Read More

काठमाडौं : साँखुस्थित माधव नारायण मेलामा उठ्ने दक्षिणावापतको रकमको लेखाजोखा अहिलेसम्म भएको छैन । शाली नदी अवधिभर यसअघिका वर्षहरुमा लाखौं तिर्थालु मेला भर्न आउने र तिनले माधव नारायणको मुर्ति दर्शनका बेला चढाउने दक्षिणा, दान लगायतका आर्थिक हिसाबकितावको अभिलेख अहिलेसम्म राखेको पाइदैन । गत साल तिर्थ भर्न आएका १६ लाख भक्तजनबाट दानपेटिका र त्यहाँको महादेव मन्दिरमा चढाइएको रकमका आधारमा एक महिनामा करीब एक करोड रुपैयाँ उठेको थियो । यो साल दान र चन्दाको रकममा पनि बढोत्तरी हुने अपेक्षा श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितीको छ । मेलाको व्यवस्थापन हेर्दै आएको समितीले दानपेटिकामा उठेको रकम र चन्दाको…

Read More

सिमकोट: लामा समुदायको जीवनशैली र रहनसहन फरक छ । सानै उमेरदेखि लामा समुदायका युवतीले आनी अर्थात् टोपेनी बनेर जिन्दगी गुम्बा अथवा गुफामै बिताउने गरेका छन् । नाम्खा गाउँपालिका वडा ४ याङ्गगारस्थित नाम्ख्वुँङ्ग पेमा होत्साल छ्योलिङ गुम्बामा १४० आनी अध्ययन गर्दै बसिरहेका छन् । सिमकोट र नाम्खा गाउँपालिकाका ७० भन्दा बढी आनी गुम्बाभन्दा बाहिर रहेर गुफामा बस्दै आइरहेका छन् । जिल्लाभरि जम्मा २१० आनीले लामा पुस्तक (छ्यो) अध्ययन गरिरहेका छन् । सिमकोट गाउँपालिका –३ की ७० वर्षीया आनी छिरिङ्ग डोमा लामाले ‘बौद्धधर्ममा पाप गर्नु हुँदैन, पाप गरे अर्को जुनीमा नराम्रो हुने भएका’ले आफ्नो जीवनकाल नै आनी बनेर बिताउने गरेको…

Read More

हेटौँडा: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले धेरै नीति योजना र कार्यक्रम बनाउने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्ने बताएका छन् । “हामी नीति, योजना, कार्यक्रम बनाउँछौँ तर कार्यान्वयन गर्न पछि पर्छौ, यो समस्या सबै क्षेत्रको समस्या र सधँैको समस्या भएको छ”, पौडेलले भने । ठूला, भद्धा र गर्न नसकिने योजना बनाउनुभन्दा पनि कार्यान्वयन गर्नसकिने खालका योजना बनाउनुपर्ने उनको धारणा थियो । उनले परिणाम नआउने खालका काम गर्न नहुने बताए । आज प्रदेश नं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित प्रदेश विपद् व्यवस्थापन नीति तथा रणनीति कार्ययोजना तर्जुमासम्बन्धी कार्यशालामा मुख्यमन्त्री पौडेलले विपद् बाजा बजाएर आउँदैन…

Read More

बेइजिङ, (एएफपी) ः चीन र संयुक्तराज्य अमेरिकाबीचको व्यापारमा कमी आएको बताइएको छ । यी दुई देशबीचको व्यापारमा यस वर्षको नोभेम्बर महिनामा कमी आएको बताइएको हो । यी दुई देशबीच विगतका केही समयदेखि व्यापार युद्ध नै जारी रहेको बताएको थियो । यसैकारण चीन र अमेरिकाबीच गत महिनाको व्यापारमा मन्दी आएको हो । विश्लेषकहरुले अघिल्लो वर्षको तुलनामा नोभेम्बरमा चीनबाट संयुक्तराज्य अमेरिकातर्फको व्यापारमा कमी आएको बताएका हुन् । उनीहरुका अनुसार यो व्यापारमा २३ प्रतिशतले कमी आई ३५ अर्ब ६० करोड अमेरिकी डलरमा सीमित भएको बताइएको छ । अमेरिकाबाट चीनतर्फ हुने आयातमा पनि २.८ प्रतिशतले कमी आएको उनीहरुको भनाई छ…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले बंैकिङ् अत्यावश्यक क्षेत्र भएकाले कुनै पनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासले बुधबार कार्यालयको काममा कुनै पनि किसिमको हड्तालजन्य कार्य नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्र हो, कुनै पनि कार्यालयमा कुनै किसिमको हड्तालजन्य कार्य नगर्नु नगराउनु तथा संस्थाका सम्पूर्ण कार्यालयको काममा कुनै पनि बाधा अवरोध नगर्नु नगराउनु ।” सर्वसाधारण नागरिकको सुविधासँग बैंकिङ सेवा सम्बन्धित रहेको हुँदा विसं २०७६ असोज २७ गते प्रकाशित राजपत्रअनुसार यस्तो अतिआवश्यक सेवामा सङ्लग्न कर्मचारीहरुलाई हड्ताल गर्न निषेध गरेको र हड्ताल गर्ने कार्य अत्यावश्यक…

Read More

काठमाडौँ: शाखा अधिकृतभन्दा माथिका करिब सात सय कर्मचारीको दरबन्दी रिक्त रहेको छ । दरबन्दी रिक्त हुँदा सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव देखिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले प्रशासन सेवाका सहसचिवदेखि शाखा अधिकृतसम्म करिब ७०० कर्मचारी दरबन्दीअनुसार नभएको बताए । उनले दरबन्दीअनुसार कर्मचारी नहुँदा काम प्रभावित भएका छन् । उनका अनुसार सहसचिव १००, उपसचिव २०० र शाखा अधिकृत ४०० पद रिक्त छन् । सचिव रिक्त हुँदा भने मन्त्रिपरिषद्ले रिक्त भएको १५ दिनभित्र नियुक्त गर्ने गर्दछ । तर सो पद भने लोक सेवा आयोगबाट मात्र नियुक्त भएर आउने भएकाले नियुक्तिमा ढिलाइ हुने भएको…

Read More

गलकोट: बागलुङ नगरलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले परम्परागत बाली छाडेर सुन्तला खेती गर्नेलाई उब्जनी बराबरको रकम प्रदान गरेको छ । परम्परागत रुपमा गरिँदै आएको खाद्य बालीबाट राम्रो प्रतिफल प्राप्त हुन नसक्ने ठाउँमा सुन्तला खेती गर्न इच्छुक किसानलाई उत्पादन बराबरको रकम प्रदान गरिएको हो । नगरपालिकाले यसवर्ष परम्परागत बाली त्यागेर सुन्तला खेती गरेका १२ जना किसानलाई एकमुष्ठ रु दुई लाख ६२ हजार रकम हस्तान्तरण गरेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । पौडेलले बागलुङ नगरपालिका–८ सिगानामा आयोजित सुन्तला महोत्सवको समापनका अवसरमा १२ जना किसानलाई सामूहिक रुपमा रकम हस्तान्तरण गरेका थिए । नगरभित्रका जमीनको वर्गीकरण…

Read More

काठमाडौँ: इमाडोल–लामाटार सडक विस्तारको काम शुरु भएको तीन वर्ष नाँघिसक्दा झण्डै ६० प्रतिशत मात्रै सम्पन्न भएको छ । सडक विस्तार गरी आवश्यक संरचना निर्माण र कालोपत्र तीन वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि निर्माण कार्य सुस्त रहेको छ । काठमाडौँ उपत्यकाका अरु स्थानमा जस्तै सडक छेउमा घर भएका स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरिरहेकाले निर्माण कार्य सम्पन्न हुन नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडकको अधिकार क्षेत्रमा रहेका रुख र बिजुलीका खम्बा हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए । उनले भने, “खाली भएको सडकमा मात्रै पूर्वाधार निर्माणको काम अघि…

Read More