Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

कास्की: पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पीपीएल) टी २० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले आफ्नो अविजित यात्रालाई कायमै राखेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज आफ्नो तेस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजलाई ५२ रनले पराजित गर्दै चितवनले लगातार तीन खेलमा जीत हासिल गरेर अङ्क तालिकामा छ अङ्क जोडेर शीर्ष स्थानमा रहन सफल भयो । खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभर पूरै खेल्दै पाँच विकेटको नोक्सानीमा १८१ रनको विशाल योगफल तयार गरेको थियो । अघिल्लो दिनको खेलमा पराजित धनगढी आजको खेल जित्नका लागि १८२ रनको लक्ष्य पछ्याउने क्रममा पूरै ओभर खेलेर आठ विकेट गुमाउँदै १२९ रनमा…

Read More

काठमाडौँ: सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को पाँचौँ अधिवेशन नयाँ बानेश्वरस्थित संसद् भवनमा आजदेखि शुरु भएको छ । प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्दै उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सांसदलाई स्वागत गरी हिउँदे अधिवेशन प्रारम्भ भएको घोषणा गरे । अपराह्न ४ बजे तोकिएको बैठक ४ः१५ बजे प्रारम्भ भएको थियो । नेपालको संसदीय इतिहासमा उपसभामुखले अध्यक्षता गरेर अधिवेशनको प्रारम्भ गरेको सम्भवतः यो पहिलो घटना हो । विधेयक अधिवेशनलाई यस पटक सभामुख चयन गर्नेुपर्ने दायित्वसमेत थपिएको छ । सङ्घीय संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुव्र्यवहार गरेको अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि हाल सभामुख पद खाली छ । सभामुख रिक्त…

Read More

काभ्रेपलाञ्चोक: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षभित्र गरीबी दर तीन प्रतिशतले घटाएर १५ प्रतिशतमा झारिने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काभ्रेपलाञ्चोकद्वारा आयोजित ‘गुणस्तरीय शिक्षा ः आजको आवश्यकता’ विषयको एकदिने प्राध्यापक गोष्ठीलाई आज बनेपामा सम्बोधन गर्दै उहाँले १८ प्रतिशतको गरीबी पाँच वर्षभित्र १३ प्रतिशतमा झारिने बताए । सरकारका प्रवक्ताले भने, “पाँच वर्षभित्र गरीबीलाई १५ प्रतिशतमा झार्छौँ, जनशक्तिलाई उत्पादनसँग जोडेपछि यो सम्भव छ ।” नेपालको व्यापार घाटा घटाउन कृषिमा व्यापकरूपले आधुनिकीकरण गर्दै तीव्रता दिइने र अनुसन्धानतर्फ स्रोत र सीमालाई प्रवद्र्धन गर्दै लैजाने उनको धारणा थियो । मन्त्री बाँस्कोटाले शिक्षामार्फत श्रमलाई उत्पादनको सम्बन्धसँग जोडेपछि मात्रै राष्ट्रिय पूँजी निर्माण…

Read More

काठमाडौँ: सरकारले लोकसेवा आयोगका लागि विनियोजन गरेको रकम प्रचलित कानूनबमोजिम आयोगले खर्च गर्न सक्ने विषयमा बहस शुरु भएको छ । ‘लोकसेवा आयोग विधेयक, २०७५ को’ दफा ४७ माथिको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा समितिका सदस्यले पक्ष र विपक्षमा तर्क राखे । समितिका सदस्य दिलेन्द्रप्रसाद बडूले आयोग ऐन २०६६ मा व्यवस्था भएअनुसार छुट्याएको बजेट आफैँ विधि बनाएर खर्च गर्न पाउनुपर्ने संशोधन प्रस्ताव दर्ता गराएको थियो । उनले आयोगको निष्पक्षतामै आघात पुग्ने गरी आएको व्यवस्था संशोधन हुनुपर्ने माग बैठकमा गरे । समितिका सदस्य नवराज सिलवालले संवैधानिक निकायको स्वायत्ततामा असर गर्ने गरी कसरी विधेयक आयो ? भन्ने प्रश्न…

Read More

काठमाडौँ: प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘अन्तरराष्ट्रिय खेलाडी कसलाई मान्ने’ भन्नेमा सहमति जुट्न सकेन । ‘खेलकूद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको आजको दफावार छलफलमा समितिका सदस्यका वीचमा सहमति जुट्न नसकेको हो । सो विषयमा समितिको बैठकमा गत मङ्गलबारदेखि छलफल हुँदै आएको छ । समितिका सदस्यले अन्तरराष्ट्रिय खेलमा सहभागी हुने सबै खेलाडीलाई अन्तराष्ट्रिय खेलाडी मान्नुपर्ने धारणा राखेको थियो । युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तरराष्ट्रिय खेलमा पदक जितेकालाई मात्र अन्तरराष्ट्रिय खेलाडी मान्नुपर्छ भने । बैठकमा सहमति जुट्न नसकेपछि मन्त्रालयले सो विषयमा पुनःलेखन गरेर ल्याउने जनाएको छ । “अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडी मान्ने हो…

Read More

काठमाडौँ: विगतमा चरम बेथिति भएको क्षेत्रका रुपमा चर्चा हुने वैदेशिक रोजगार पछिल्ला दिनमा भने निरन्तर सुधारको प्रक्रियामा देखिएको छ । अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसको सन्दर्भ पारेर सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डको कार्य सञ्चालन प्रभावकारिता’सम्बन्धी छलफलमा सहभागी सरोकारवालाले सकारात्मक सुधारलाई निरन्तरता दिँदै अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण कामलाई अनलाइन प्रणालीमा लैजाने तयारी भइरहेको बताए । “आजदेखि हामीले मलेशिया, बहराइनलगायत मुलुकबाट माग प्रमाणीकरणलाई अनलाइन बनाउँदैछौँ”, उनले भने, “अब वैदेशिक रोजगारीमा जान चाहने युवा पासपोर्ट बोकेर ‘एजेन्ट’…

Read More

बलेवा: सरकारले राष्ट्रिय योजना आयोगमार्फत बागलुङमा समपुरक र विषेश अनुदानअन्तर्गत १३ योजनालाई बजेट उपलब्ध गराएको छ । समपुरक बजेटअन्र्तगत छ योजना र विशेष अनुदानअन्र्तगत सात योजनाका लागि बजेट विनियोजन गरिएको हो । समपुरक अनुदान र विशेष अनुदानमा जिल्लाभर समावेशी हिसाबले योजना छनोट भएका सांसद डा सूर्य पाठकले जानकारी दिए । योजना आयोगले साझेदारी गर्न सक्ने योजनाको छनोट गरी समपुरक अनुदानका लागि प्रस्ताव आह्वान गरेको थियो । स्थानीय तह तथा प्रदेश सरकारले साझेदारी गर्नुपर्ने समपुरक अनुदानअन्तर्गत बरेङ गाउँपालिकाको परिवाङ–बरेङ सडक निर्माणका लागि रु एक करोड ३७ लाख बजेट विनियोजन गरेको छ । जैमिनी नगरपालिकाको कुश्मीशेरा बजारदेखि जैमिनीधामसम्मको सडकका लागि…

Read More

काठमाडौँ: तारकेश्वर नगरपालिकाले ६० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचका लागि घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको छ। स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने व्यक्तिलाई घरमै सुविधा दिने उद्देश्यले कार्यक्रम शुरु गरिएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताए । उनका अनुसार उक्त कार्यक्रम हरेक महिना नगरपालिकका ११ वटै वडामा सञ्चालन भइरहेको छ । घरदैलौ कार्यक्रमका लागि स्वास्थ्यचौकी प्रमुखको नेतृत्वमा टोली बनाइएको छ । सो स्वास्थ्य परीक्षणका लागि नगरपालिकाबाट प्रत्येक वडालाई रु पाँच लाखका दरले बजेट छुट्याएको छ । हरेक वडामा स्वास्थ्य जाँचका लागि आवश्यक उपकरण र औषधिको थप व्यवस्थापनसमेत गरिएको बताइएको छ । नगरपालिकाले स्वास्थ्य सुविधालाई नागरिकको पहुँचसम्म पु¥याउन चार…

Read More

ललितपुर ः ललितपुरको ज्वागल १० पुल्चोकस्थित एक घरमा ग्याँस सिलिण्डर पड्कीएर आगलागी भएको छ । आज दिउँसो साढे २ बजे लक्ष्मी शाहीको घरमा भाँडामा बस्ने शान्ता परियारको कोठामा भएको ग्याँस सिलिण्डर पड्किएको हो । ललितपुर वारुणयन्त्रका राजकुमार ठकुरीका अनुसार सिलिण्डर पड्कीएर घर पुरै जलेको भएपनि मानवीय क्षति भने भएको छैन । यतिवेला आगो नियन्त्रणमा आइसकेको ठकुरीले जानकारी दिएका छन । कोठा पुरै जलेकाले त्यहाँका सामानहरु जलेको ठकुरीले बताए । यद्यपि आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

Read More

दार्चुला: मालिकार्जुन गाउँपालिका–६ उकुकी लीला तिरुवा दिनभर काम गरेर रु २५० मुस्किलले कमाउछिन । उनले गाउँमा धान रोप्दा होस् या योजना निर्माणका काम जहाँ गरे पनि उक्त रकम पाउछन् । रोपाइँ लगाउने बेला हलो जोत्ने पुरुषले रु ८०० पाउँदा त्यही खेतमा काम गर्ने महिलाले भने रु २५० पाउने गरेका हलिया बस्तीका महिलाले बताएका छन् । “महिलाले काम गर्दा पनि ज्याला थोरै पाउने गरेका छौँ”, स्थानीय सरिता टमटाले भने । भारी बोक्दा, घर निर्माण गर्दा पनि महिलाले थोरै ज्याला पाउने गरेका उनले गुनासो गरे । सकेसम्म योजनाको काममा महिला सहभागी हुँदैनन् । काम नगरी नहुने अवस्थामा न्यून ज्यालामा काम…

Read More