Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

इनरुवा: जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थप तीन दिन निगरानीमा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । आफनै एक अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीको निगरानीमा मोरङको विराटनगरमा उपचार गराइ रहेका बाबालाई प्रहरीले आज जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो । आफूहरुले अनुसन्धानका लागि १० दिनको म्याद माग गरेकोमा जिल्ला अदालत सुनसरीले तीन दिनको मात्र म्याद दिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । थपिएको म्याद समाप्त भएपछि सिद्धबाबाको मिसिल अदालतमा बुझाइने प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो । दुई पटक गरेर ११ दिनको म्याद अस्पतालमै गुजारेका सिद्धबाबालाई पछिल्लो पटक तीन दिन म्याद थप गरी पुनः विराट नर्सिङ…

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सेवा प्रवेश गरेदेखि मिति २०७६ असार मसान्तसम्म समग्र आय र व्यय तथा लगानीको अनुसन्धान गर्दा निज बस्नेतले गैरकानूनी रुपमा १० करोड ५६ लाख ९१ हजार ६०९ रुपैयाँ ९१ पैसा बराबरको सम्पत्ति आर्जन गरेको अनुसन्धानका क्रममा खुलेको आयोगले जनाएको छ । भोजपुरको षडानन्द नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–४ धूम्रबाराही बस्दै आएका निज बस्ने २०४५ सालमा लेखापाल पदमा सार्वजनिक सेवामा प्रवेश गरेका थिए । सो अवधिमा उनको पारिश्रमिक बचत, घरजग्गा बिक्री, ऋण सापटी,…

Read More

काठमाडौँ : जापानले औद्योगिक प्रशिक्षार्थी आदानप्रदानमा नेपालसँग थप सहकार्य गर्न तयार रहेको बताएको छ । नेपालका लागि जापानी राजदूत मासामिची साइगो र नेपाल उद्योग परिसङ्घका पदाधिकारीबीच भएको छलफलमा राजदूत साइगोले द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले जापान र नेपालको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारलाई आफूले प्राथमिकतामा राखेको बताउनुभएको थियो । सो अवसरमा परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले नेपाल र जापानबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभएको थियो । जापानको आर्थिक तथा व्यावसायिक विकासबाट नेपालले सधै लाभ लिइरहेको र यसलाई थप विस्तार गर्न जापानको लगानी बढाउन सहजकर्ताको भूमिका निर्वाह गर्न परिसङ्घ तयार…

Read More

काठमाडौँ: सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले अधिवक्ताद्वय भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले हालेको उक्त रिट खारेज गर्ने निर्णय गरेको हो। सर्वोच्चको यो आदेशसँगै झन्डै २ वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेटको काम अघि बढाउने बाटो खुलेको छ। देवनागरीको सट्टा अंग्रेजीमा नम्बर प्लेट लेखेको भन्दै सर्वोच्चमा रिट हालिएको थियो। उनको रिटमाथि प्रथम सुनुवाई गर्दै तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले गत वर्षको फागुन १० गते ‘अर्को आदेश नभएसम्मका लागि इम्बोस्ड नम्बर प्लेट लागु नगर्न’ अन्तरिम आदेश दिएको थियो। सोही मुद्दाको अन्तिम निर्णय शुक्रबार…

Read More

तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रमा २३ मेगावाट विद्युत् कम उत्पादन हुँदै आएको छ । कात्तिक महिनाको दोस्रो सातादेखि नदीमा पानीको बहावमा कमी आएसँगै विद्युत् उत्पादन कम भएको हो । हिमालबाट बगेर आएको नदी भएको र जाडोको समयमा घामको तापक्रम घट्ने हुँदा हिमाल पनि कम पग्लने र वर्षा पनि कम हुँदा विद्युत् उत्पादनमा समेत असर पर्ने गरेको केन्द्रका विद्युत सहायक सन्तोषकुमार श्रेष्ठले बताउनुभयो । उक्त केन्द्रबाट २३÷२३ मेगावाट क्षमताका तीन वटा टवाईनबाट ६९ मेगावाट उत्पादन हुने गरे पनि पानीको बहाव घटेका कारण दिउँसो दुई वटाबाट ४६ मेगावाट मात्रै उत्पादन हुँदा २३ मेगावाट कम उत्पादन हुने गरेको केन्द्रका सहायक श्रेष्ठले…

Read More

भद्रपुर: अर्थमन्त्री युवराज खतिवडाले नेपाल अहिले सबैभन्दा छिटो विकास भइरहेका विश्वका दश मुलुकको सूचीमा पर्ने जनाउँदै आर्थिक समृद्धिका लागि यो सकारात्मक सूचक भएको बताउनुभएको छ । मेची बहुमुखी क्याम्पसको प्रशासनिक भवनको आज उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले दक्षिण एशियामा नेपाल र बङ्गलादेशको आर्थिक वृद्धि दर अरूको भन्दा माथि भएको बताउनुभयो । वर्तमान सरकारले मुलुकको आर्थिक क्षेत्रमा लिएका नीतिको सकारात्मक नतिजा विस्तारै देखिने उल्लेख गर्दै उहाँले अघिल्लो सरकारले शुरु गरेका अधुरा विकासका आयोजनालाई समेत पूर्णता दिन बजेट छुट्याइएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रियस्तरमा बिक्ने र प्रतिस्पर्धा गर्नसक्ने शिक्षाको विकास गर्न सरकारले प्राविधिक, वैज्ञानिक र व्यावसायिक शिक्षामा लगानी गर्ने नीति लिएको बताउँदै अर्थमन्त्री…

Read More

काठमाडौँ: प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न र भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्नसमेत नेपाल सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । सांसदहरुले भारतीय अतिक्रमणमा परेका नेपाली भूभागमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक र कूटनीतिक तहमा अविलम्ब वार्ता गरी समस्या समाधान गर्न सुझाव दिएको थियो । समितिले गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, परराष्ट्र…

Read More

रुपन्देही: पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोतको अभाव नहुने बताएका छन् । बुटवल–११ मा अवस्थित नहरपुर माध्यमिक विद्यायलको स्वर्णमहोत्सवका अवसरमा उनले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता भएकाले शिक्षाको गुणस्तर व्यवस्थापन गर्ने विद्यालयलाई सरकारले पर्याप्त सहयोग गर्ने बताए। उनले नहरपुर माविलाई नमूना विद्यालय बनाउने गरी शिक्षाका कार्यक्रम तय गर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरे । “विद्यालयले एउटा विषयमा प्रतिबद्धता गरोस् हामी जनप्रतिनिधि अर्को प्रतिबद्धता गर्छौंं । यो विद्यालयको विकासका लागि आवश्यक स्रोतको व्यवस्थापन हामी गर्छौं तर कक्षा १ देखि अङ्ग्रेजी माध्यममा अध्यापनको व्यवस्था गरी विद्यार्थीलाई अङ्ग्रेजी र नेपाली विषयमा दक्ष…

Read More

काठमाडौँ: काठमाडौँ उपत्यकामा चार वर्ष पहिले विस्तार शुरु भएका सडकमध्ये त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । सडकमा आवश्यक पूर्वाधार निर्माण र एक तहको कालोपत्र सकिएकाले अहिले अर्काे तहको कालोपत्र भइरहेको छ । बाइस मिटर चौडाइ कायम गर्ने गरी सडक निर्माणका लागि ठेक्का सम्झौता भए पनि सडकसँगैका घरधनीले घर भत्काउन र जग्गा छाड्न नमान्दा सडक निर्माणको काम लामो समयसम्म ठप्प थियो । गत वर्ष मन्त्रिपरिषद्को बैठकले ‘उपलब्ध चौडाइमा सडक निर्माण गर्ने’ भनी निर्णय गरेसँगै सडक निर्माण अघि बढेको सडक विभाग, काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । गत कात्तिक मसान्तसम्म सडकको भौतिक प्रगति ९० प्रतिशत रहेको…

Read More

भद्रपुर: प्रवीणता प्रमाणपत्र तह हटाइएपछि विद्यार्थी घटेर सात सयमा खुम्चिएको पूर्वकै पुरानो मेची बहुमुखी क्याम्पसमा अहिले विद्यार्थी बढेर तीन हजार हाराहारी पुगेको छ । शैक्षिक उन्नयनमा क्याम्पसको चमक बढिरहेको यो दरिलो प्रमाण हो । पचपन्न वर्षअघि स्थापित झापाको पहिलो उच्चशिक्षा प्रदायक संस्था मेची बहुमुखी क्याम्पसमा समयानुकूल शैक्षिक र भौतिक सुधार गर्ने कार्य सफलतापूर्वक अघि बढेपछि विद्यार्थी आकर्षण वृद्धि भएको क्याम्पसका प्रमुख कमलप्रसाद गुरागाईं बताउछन् । गुरागार्इंका अनुसार भद्रपुर हाइस्कुलको एउटा कोठामा सन्ध्याकालीन पठनपाठन गराएर विसं २०२१ असोज १२ गते सञ्चालित मेची इन्टरकलेज नै त्रिभुवन विश्वविद्यालयसँग आङ्गिक क्याम्पसका रुपमा सम्बन्धन प्राप्त हालको मेची बहुमुखी क्याम्पस हो । पछिल्लो समयमा विश्वभर…

Read More