Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
पोखरा : १३ औं साग भारोत्तोलनअन्तर्गत नेपालले पदक तालिकामा थप एक एक रजत र कास्य थपेको छ । चार दिनसम्म पोखरामा चलेको सो प्रतियोगिताको अन्तिम दिन आज नेपालका लागि सागर भण्डारीले पुरुष १०९ तौल समूहमा रजत पदक जित्न सफल भए । यस्तै १०९ प्लस तौल पुरुष १०९ तौल समूहमा पाकिस्तानी खेलाडी हन्जाला दस्तगीर वुटले स्वर्ण जितेका छन । उनले स्न्याचतर्फ १५० र क्लीन एण्ड जर्कमा १८१ सहित कुल ३३१ किलो भार बहन गरेका थिए । नेपालका लागि रजत जितेका भण्डारीले राष्ट्रिय रेकर्डसहित रजत जितेका हुन । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १५५ गरी कुल २७५…
काठमाडौँ: साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.४५ विन्दुले बढेर एक हजार १३५.३७ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७५ विन्दुले बढेर २५०.५२ मा पुगेको छ । नेप्से बढ्दा कारोवार रकम पनि केही बढेको छ । कूल १७१ कम्पनीका नौ लाख ८७ हजार ७३९ कित्ता शेयर रु २८ करोड ७५ लाख २७ हजार ८२५ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपममूहमध्ये छ उपसमूहका शेयर उकालो लागेका छन् भने छ उपसमूहका शेयर ओरालो लागेका छन् । बैंकिङ ०.४८, व्यापार ८.९७, होटल ८.९५,…
बाँके: कोहलपुरमा एक बालिकालाई ट्रकले ठक्कर दिएपछि भएको आन्दोलनले उग्ररूप लिएको छ । आन्दोलनकारीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको चमेनागृहमा आगजनी गरेपछि निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रहरी कार्यालय तोडफोड हुन थालेपछि प्रहरीले इलाका प्रहरी कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो । सहपाठीलाई ट्रकले किचेपछि आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले दमन गरेको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा तोडफोड तथा चमेनागृहमा आगजनी गरिएको हो । निषेधित क्षेत्र घोषणापछि आन्दोलन केही मत्थर बनेको छ । आन्दोलनमा एक दर्जनबढी विद्यार्थी र प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा लागेर इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख एवं…
बुटवल: भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले समयमा सम्पन्न हुन नसकेर रुग्ण अवस्थामा रहेका आयोजनाको पहिचान गरेर काम नसकी अलपत्र पार्नेलाई कारवाही गरिने बताएका छन् । उनले कुनै पनि आयोजना निर्माणको जिम्मेवारी लिने र समयमै काम नसकी अलपत्र पार्नेलाई कारवाही स्वरुप ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियाअनुसार काम अघि बढाइने बताएको छ । रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा निर्माणाधीन विभिन्न सडक तथा पुलको अनुगमनपछि प्रेस सङ्गठन नेपाल, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले आयोजनाका काममा लापरवाही गर्ने, अलपत्र पार्ने, समयमा नसक्ने निर्माण कम्पनी जो कसैलाई पनि कारबाहीको दायरामा ल्याइनेछ बताए । उनले सरकारले घोषणा गरेको नेपाल…
काठमाडौँ: राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा यही मङ्सिर २३ गतेदेखि चीनको राजधानी बेइजिङमा आयोजना हुने वरिष्ठ सञ्चारकर्मीहरूको बैठकमा सहभागी हुन आज अपराह्न त्यसतर्फ प्रस्थान गरे । बेइजिङ मिडिया नेटवर्क र अल चाइना जर्नलिस्टस् एशोशिएशनले चाइना पब्लिक डिप्लोमेसीलगायत संस्थासँगको साझेदारीमा आयोजना गरेको उक्त बैठकमा ब्राजिल, क्युबा, इथियोपिया, इरान, जापान, रुसी महासङ्घ, युक्रेन, टर्की, गणतन्त्र लाओ र भियतनामका समाचार समिति तथा मूलधारका सञ्चारमाध्यमका प्रमुख सहभागी हुने कार्यक्रम छ । चीनले विश्वका विभिन्न राष्ट्रसँग सञ्चारक्षेत्रका माध्यमबाट पारस्परिक लाभ र हित प्रवद्र्धनका निम्ति उक्त बैठक आयोजना गरेको बताएको छ ।
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन परिणामसहितको प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष प्रमुख आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम उक्त प्रतिवेदन आज पेश गरेका हुन् । त्यस अवसरमा निर्वाचन आयोगका आयुक्तहरुको उपस्थिति थियो ।
भद्रपुर : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले ठूलालाई कानून नलाग्ने पुरानो मान्यतालाई बदल्न चाहेको बताएका छन् । झापाको चन्द्रगढीमा जिल्ला सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन कार्यक्रममा उनले कानूनका दृष्टिमा सबै नागरिक समान हुन् भन्ने मूल्यमान्यताका आधारमा लोकतन्त्रको अनुभूति दिलाउने गरी न्यायिक क्षेत्रमा काम भइरहेको बताए । गलत काम गरेपछि शक्तिशाली, ठूलो ओहोदा भएका र प्रतिष्ठित भनिएका व्यक्तिहरुसमेत प्रमाणका आधारमा कानूनी कार्वाहीको दायरमा आइरहेको चर्चा गर्दै उनले भने, “हामी अभियुक्तलाई उसको पद र शक्तिका आधारमा होइन, प्रमाणका आधारमा हेर्छौं ।” उनले समाजमा अपराध नियन्त्रण र कानूनीराज स्थापनाका लागि राज्यका सबै संयन्त्र निष्पक्षतापूर्वक अघि बढिरहेको उल्लेख गर्दै जनप्रतिनिधिहरुले व्यक्ति पक्राउ…
चिप्लेढुङ्गा: तेह्राँै दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को महिला ह्याण्डबलमा बङ्गलादेशले कास्य पदक जितेको छ । पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज बिहान भएको तेस्रो स्थानको खेलमा पाकिस्तानमाथि ३१–१५ गोलको नतिजा निकाल्दै बङ्गलादेशले कास्य पदक जितेको हो । भारतको गुहावटीमा भएको १२ औंँ सागको उपविजेता बङ्गलादेशले पाकिस्तानमाथि सहज जित निकालेको हो । बाह्रौँ सागमा पाकिस्तान कास्य पदक विजेता हो । पहिलो हाफमा १७–५ ले अगाडि रहेको बङ्गलादेशले दोस्रो हाफमा १४ गोल गर्न सकेको थियो । पाकिस्तानले दोस्रो हाफमा १० गोल गर्न सकेको थियो । बङ्गलादेशका लागि मोसम्मत रुबिना वेगमले सर्वाधिक नौ गोलको योगदान दिइन । त्यसपछि अल्पोना अख्तरले टोलीका लागि ६…
काभ्रेपलाञ्चोक: ‘भ्रमण वर्ष–२०२०’ लक्षित पर्यटकीयस्थल प्रवद्र्धन एवं बुद्ध धर्मावलम्बीको पवित्रस्थलका रूपमा विकास गर्न चौँरीदेउराली गाउँपालिका–८ विर्तादेउरालीमा अग्लो बुद्धमूर्ति निर्माण गरिएको छ । एक्काइस फिट अग्लो उक्त मूर्ति साङ्गे च्योम्दान्दे ह्युल्सा सेवा समाजले निर्माण गरेको हो । बुद्ध प्रतिमाले स्थानीय पर्यटन प्रवद्र्धन एवं कला, धर्म–संस्कारलाई जगेर्ना गर्दै ‘शान्ति’को प्रतीकका रूपमा स्थापित हुने अपेक्षा गरिएको समाजका अध्यक्ष स्थानीयवासी राम घिसिङले बताए । उनले भने, “आउँदो भ्रमण वर्षमा पर्यटक लक्षित गर्दै अगावै बुद्धमूर्ति बनाएका हौँ।” मूर्ति निर्माणपछि समाजले हाल प्रचारप्रसार गर्दै पर्यटकलाई घुमाउने, स्थानीय कलासंस्कृति प्रदर्शन गर्ने तयारी गर्ने, घरबास (होमस्टे) व्यवस्थापनमा लाग्ने योजना बनाएको छ । पर्यटकलाई विर्तादेउराली पु¥याउन सडक…
काठमाडौँ: राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत जुडो खेलमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र सञ्जीत डङ्गोल आ–आफ्नो तौल समूहमा फाइनलमा पुगेका छन् । लगनखेलस्थित आर्मीको कभर्डहलमा आज भएको खेलमा इन्द्रबहादुर ६६ केजी तौल समूहकोे सेमिफाइनल खेलमा पाकिस्तानका हसनलाई १–० ले हराउँदै फाइनमा पुगेको हो । इन्द्रले अब स्वर्ण पदकका लागि भारतका जस्लिन सिंहसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै पुरुषतर्फ सञ्जीत ७३ केजीमुनिको तौल समूहमा बङ्गलादेशका अमिरुल इस्लामलाई पराजित गर्दै फाइनलमा पुगेको हो । सन्जित अब स्वर्ण पदकका लागि श्रीलङ्काका चामरा नुवसँग भिड्नेछ ।