Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : साग महिला फुटबलको फाइनल खेल हारेपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकबाट हरि खड्काले राजिनामा दिने घोषणा गरेका छन् । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा सोमबार भारतसँग २–० ले पराजित भएको छ । अप्रत्यासित नतिजालाई स्विकार्दै नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका खड्काले आफू सबै जिम्मेवारीबाट राजीनामा पदने निर्णयमा पुगेको बताएका छन । उनको नेतृत्वमा नेपाली टोलीले ४ वटा फाइनल खेल्दा चारै पटक उप विजेता बनेको थियो । खड्काको प्रशिक्षणमा महिला टोलीले ओलम्पिक छनोटको पहिलो चरण पार गरेको थियो । मुख्य प्रशिक्षकबाट राजिनामा दिएपछि महिला फुटबलको…
काठमाडौँ :राष्ट्रियसभाका रिक्त सदस्य पदका लागि आगामी माघ ७ देखि ११ गतेभित्र निर्वाचन हुने भएको छ । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगद्वारा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त समयमा निर्वाचन गर्नका लागि आयोगले आजै सरकारलाई परामर्श पेश गर्न लागेको राजनीतिक दलका प्रतिनिधिलाई जानकारी दिए । निर्वाचन आयोगको परामर्शमा सरकारले राष्ट्रियसभाको निर्वाचनको मिति घोषणा गर्ने कानूनी व्यवस्था रहेको छ । ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सदस्यको आगामी फानुन २० गतेबाट पदावधि सकिँदैछ । तीमध्ये १८ जनाको निर्वाचनका माध्यमबाट चयन हुनेछ भने एक सदस्यको सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत गर्ने व्यवस्था छ । पदावधि सकिनु ३५…
काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक पाइएको छ । चालू आव २०७६र७७ को प्रथम चौमासिक प्रगति समीक्षा प्रतिवेदनअनुसार मन्त्रालयका पाँच राष्ट्रिय गौरवका आयोजनाको काम प्रगति उन्मुख पाइएको हो । मुलुकका राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत २२ वटा आयोजनामध्ये पर्यटन मन्त्रालय मातहत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोष रहेका छन् । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ८४ दशमलव २५ र वित्तीय प्रगति ५४ प्रतिशत रहेको छ । सन् २०२० को मार्च महिनाभित्रै सञ्चालनको तयारीमा रहेको टर्मिनल भवन फिनिसिङ, प्राविधिक…
पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले रजत पदकमै चित्त बुझाउनु परेको छ । पोखरा रंगशालामा आज सोमबार भएको फाइनलमा नेपाल भारतसँग २(० ले पराजित भएपछि नेपाल उपविजेता बनेको हो । भारतका लागि बाला देवीले २ गोल गरिन् । १६ औं मिनेटमा सावित्रा भण्डारीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार भारतकी डिफेन्डर स्विटी देवीले ब्लक गरिन् । उक्त ब्लकपछि काउन्टर अट्याकमा दाङमेइ ग्रेसको प्रहारले पोस्टको दिशा लिन सकेन । १८ औं मिनेटमा भारतले अग्रता लियो । डिफेन्स र गोलरक्षकबीच तालमेल नमिल्दा बालादेवीले गोल गर्दै भारतलाई अगाडि बढाइन् । ३४ औं मिनेटमा अमृता जैसीको…
काठमाडौँ: साताको दोस्रो दिन आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला रु ५०० ले घटेको सुनको मूल्य आज पनि प्रतितोला रु २०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार तोकेको छ । आइतबार छापावाला सुन प्रतितोला रु ७१ हजार २०० मा खरिदबिक्री भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ७० हजार ७०० कायम गरिएको छ । आइतबार तेजाबी सुनको प्रतितोला रु ७० हजार ९०० मा कारोवार भएको थियो । स्थानीय बजारमा चाँदीको मूल्य पनि ओरालो लागेको छ । महाससङ्घले चाँदीको मूल्य प्रतितोला रु…
लहान: पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित चोकमा आज बिहान एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.६प ८०६२ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स.१च ६९३ नंको एम्बुलेन्स आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नगरपालिका–१२ सारस्वर निवासी ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । महराको घटनास्थलमै र मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए । मृतक दुवैको शवपरीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको जनाइएको छ ।
काठमाडौं : बुटवल पावर कम्पनीले आफ्ना शेयरधनीलाई २८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको मंसिर २२ गते सम्पन्न बैठकले आर्थिक वर्ष ०७५ र ०७६ को मुनाफाबाट १० प्रतिशत बोनस र बोनसमा लाग्ने करका लागि १८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। यसअनुसार कम्पनीले २४ करोड ४० लाख ५५ हजार ५०० रुपैयाँ बोनस र ४३ करोड ९२ लाख ९९ हजार ९०० रुपैयाँ नगद गरि कूल ६८ करोड ३३ लाख ५५ हजार ४०० रुपैयाँ लाभांश वितरण गर्नेछ। बुटवल पावर कम्पनीले गत आर्थिक वर्ष २०७५र७६ मा ८० करोड ९४ लाख ३४ हजार खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा अहिले सचिवालय बैठक बसिरहेको छ । पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि उनले सचिवालय बैठक बोलाएका हुन । केहीबेर अघिबाट नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरुसचिवालय बैठकमा प्रधानमन्त्री ओली भने सहभागी भएका छैनन् । स्वास्थ्यका कारण धेरै दौडधूप गर्न नमिल्ने चिकित्सकको सल्लाहपछि ओलीसंगको परामर्शमा नै अध्यक्ष प्रचण्डले बैठक बोलाएको एक नेताले बताएका छन । कार्यकारी अधिकारसहितको अध्यक्ष भएपछि प्रचण्डले पहिलो बैठक पनि धुम्बाराहीमै राखेका थिए । त्यसबेला ओली अस्पतालमै थिए । नेकपा स्रोतका अनुसार, बैठकको अध्यक्षता गरे पनि प्रचण्डले एजेण्डाहरु ओलीलाई जानकारी गराइसकेका छन् । प्रचण्डले पार्टी…
वालिङ: ‘एकदिन एक दाता’ अभियानले वृद्धाश्रम सञ्चालन सहज भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ रामनदीधाममा रहेको शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थामा आश्रय लिनुभएका वृद्धवृद्धाको भोजन व्यवस्थापन सहज भएको शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाकी अध्यक्ष कविता गैह्रेले बताए । “संस्थाले शिवपुराण महायज्ञ लगाएर थालनी गरेको वृद्धाश्रम निर्माण कार्यका लागि विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगले निर्माण गरेका हौँ”, अध्यक्ष गैह्रेले बताए, “देशभरका वृद्धाश्रमको अवस्था हेर्दा निर्माण गर्नुभन्दा पनि सञ्चालनमा कठिनाइ देखिएकाले सहज बनाउन ‘एकदिन एक दाता’ अभियानको शुरुआत गरेका हौँ जसले सञ्चालन कार्य सहज बनाएको छ ।” सोह्र कोठाको सुविधासम्पन्न भवन निर्माण भए पनि वृद्धवृद्धाका लागि आवश्यक पर्ने…
काठमडौँ: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियुले बाँकेको कोहलपुरमा आइतबार कलिला बालबालिकामाथि निर्मम दमन भएको भन्दै घटनामा सङ्लग्न दोषीलाई कानूनी कारवाही गर्न माग गरेको छ । सो सङ्गठनका सहसंयोजक रञ्जीत तामाङले आज विज्ञप्ति जारी गरी स्थानीय त्रिभुवन माविको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द विद्यालय हातामा प्रवेश गर्नै लाग्दा हुइँकिएर आएको ना२ख ९४५९ नंको ट्रकले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थी आक्रोशित भएर विरोधमा उत्रनु स्वाभाविक भएको जनाएका छन् । घटनालाई संयमीत बनाउनतिर लाग्नुभन्दा आगोमा घीउ थप्ने काम सुरक्षाकर्मीबाट भएको भन्दै सो सङ्गठनले दोषीलाई कारवाही र घाइतेको स्वास्थ्योपचारको माग पनि गरेको छ ।