Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले विज्ञान र प्रविधिका क्षेत्रमा प्रतिभाको सम्मानका लागि रु दुई लाख राशिको ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’ लगायत चार नयाँ पुरस्कार स्थापना गरेको छ । नास्टले रु २५ हजार राशिको ‘महिला विज्ञान तथा प्रविधि पुरस्कार’ रु २५ हजार राशिको ‘विज्ञान शिक्षक पुरस्कार’(प्लस टु सम्म), रु २५ हजार राशिको उत्कृष्ट विद्यार्थी पुरस्कार (प्लस टु सम्म छात्र–१, छात्रा–१) पनि स्थापना गरेको सो संस्थाका सचिव डा महेशकुमार अधिकारीले जानकारी दिनुभयो । ती पुरस्कार यही मङ्सिर २० गते प्रदान गरिनेछ । यसअघि स्थापना गरिएका सहित विभिन्न १६ पुरस्कारबाट २७ जना वैज्ञानिक तथा प्रतिभालाई पुरस्कार गर्न लागिएको…
काठमाडौँ: तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोर्कणस्थित शहीद पार्कमा आज भएको डाउनहिलको पुरुषतर्फ राजेश मगर र महिलामा निश्मा श्रेष्ठले नेपाललाइ स्वर्ण दिलाएका हुन् । सोही स्पर्धामा पुरुषतर्फ नेपालका निरभ श्रेष्ठले रजत पदक जित्नुभयो भने महिलातर्फ नेपालकी जमुना थापाले रजतपदक हात पारे । दक्षिण एशियाली खेलकूदको साइक्लिङमा नेपालले पहिलोपटक स्वर्ण पदक जितेको हो ।
काठमाडौँ: मौलिक जरोकिलो पार्टीले सर्वसाधारणलाई सडक सुरक्षाको प्रत्याभूति गराउन र प्रत्येक सडक दुर्घटनालाई गम्भीरतापूर्वक लिएर भविष्यका लागि पाठ सिक्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । सडक यातायात असुरक्षित हुँदै गए पनि सर्वसाधारणको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने सुरक्षाको विषयमा सरकार गम्भीर नभएको पार्टी प्रवक्ता लीलाबहादुर बानियाँले आज जारी भएको विज्ञप्तिमा उल्लेख छ । बागलुङ्गको बडिगाडमा मङ्गलबार भएको जीप दुर्घटनामा मृत्यु भएका यात्रुप्रति पार्टीले श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । गत हप्तामात्र अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा बस दुर्घटना हुँदा १९ को मृत्यु भएको घटना नसेलाउँदै फेरि बागलुङमा जीप दुर्घटना भएको हो । यसअघि दशैँ र…
चितवन: भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा आज बिहान गैँडा मृत अवस्थामा भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सिसुवारमा गैंँडा मृत अवस्थामा भेटिएको हो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार बिहान ९ः३० बजेको समयमा खाग र खुरसहितको गैँडा भेटिएको खबर प्राप्त भएको हो । सो स्थानमा नदीले बगाएको अवस्थामा गैँडा भेटिएको थियो । गैँडालाई बग्न नसक्ने गरी निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले बाहिर निकालेको जनाइएको छ । घिमिरेले सो स्थलमा निकुञ्जका चिकित्सकको टोली पुगेपछि यथार्थ विवरण भन्न सकिने बताए । बुढो गैँडा पानी खान जाने क्रममा नदीमा डुबेर बगाएको अनुमान गरिएको घिमिरेको भनाइ छ…
काठमाडौँ: सरकारले झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहेको छ । दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ प्रयोगमा नआउँदा विभागमा छाप्न बाँकी चालक अनुमतिपत्र गत महिनाभन्दा बढेका हुन् । गत कात्तिक मसान्तसम्ममा झण्डै सात लाख ८६ हजार चालक अनुमतिपत्र छाप्न बाँकी रहेका यातायात व्यवस्था विभागले जनाएको छ । अहिले विभागमा रहेका पुराना ‘प्रिन्टर’ बाट छपाइ भइरहेको विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए । उनका अनुसार पुराना उपकरणको क्षमताभन्दा बढी चालक अनुमतिपत्र छाप्नुपर्ने बाध्यता रहेकाले छाप्नुपर्ने चालक अनुमतिपत्र बढिरहेका हुन् । ‘मास प्रिन्टर’ सञ्चालनका लागि दक्षजनशक्ति नहुँदा अहिल यहाँ कार्यरत जनशक्तिलाई तालीम दिइरहेको उनले बताए । ‘मास…
बाँके: बाँकेमा साना तथा ठूला पूर्वाधार निर्माणका काम अघि बढिरहेका छन् । तर ती आयोजनाहरु नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवाको अभावमा काम गर्न नसक्ने अवस्थामा पुगेका छन् । चालू आर्थिक वर्षको पाँच महिना बितिसक्दासमेत नदीजन्य पदार्थको अभाव भएको छ । हरेक वर्षजस्तै यस वर्ष पनि जिल्लामा नदीजन्य पदार्थको अभाव देखिएपछि आयोजनाहरु सञ्चालनमा समस्या देखिएको छ । नदीजन्य पदार्थको सबैभन्दा ठूलो स्रोत रहेको राप्तीसोनारी गाउँपालिकाले समयमै ठेक्काको टुङ्गो नलगाउँदा जिल्लामा सञ्चालित आयोजनाहरु प्रभावित हुने भएका छन् । गत वर्ष वातावरणीय प्रभाव मूल्याङ्कनका कारणले फागुनबाट मात्रै नदीजन्य पदार्थको ठेक्का सम्झौता भई निकासा शुरु भएको थियो । यस वर्ष…
तम्घास: मङ्गलबार बागलुङको बडिगाड गाउँपालिका–७ अल्छीबाङमा जीप दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार गरिएको छ। इस्मा गाउँपालिका–४ दोहोली र पाँच रजस्थलका १० जनाको सामूहिक दाहसंस्कार गरिएको हो । दुर्घटनामा मृत्यु भएका इस्मा–४ का ४० वर्षीय महेन्द्र कार्की, २५ वर्षीया सूचना कार्की, ४० वर्षीया सीता कार्की, ६५ वर्षीय झवि कार्की, ४५ वर्षीय भुमि कार्की, २५ वर्षीया मीना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की र दुई वर्षीया अनुस्का कार्कीको दाहसंस्कार गरिएको छ । त्यस्तै सोही गाउँपालिका वडा नं ५ की ४० वर्षीया बवसुन्धरा कार्की र २३ वर्षीया माया थापाको पनि सामूहिक दाहसंस्कार गरिएको स्थानीय लङ्कबहादुर बस्नेतले बताए ।
काठमाडौं ः हालै सम्पन्न उपनिर्वाचनको समीक्षा गर्दै नेकपाले कुनै पनि अन्तर्घात नभएको निष्कर्ष निकालेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले उपनिर्वाचनमा अन्तर्घात नभएको निष्कर्ष निकालेको हो । यद्यपि निर्वाचनका विषयमा औपचारिक समिक्षाको जिम्मा भने निर्वाचन भएका सम्बन्धित कमिटीहरुलाई दिइएको जानकारी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन । ‘बैठकमा उपनिर्वाचनका विषयमा जानकारी गराइएको थियो। हामीलाई भएको सामान्य जानकारी अनुसार कहीँ अन्तर्घात भएको छैन,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। तर, सचिवालयले यस विषयमा औपचारिक निर्णय गर्न सम्बन्धित वडा, नगर, प्रदेश र जिल्ला कमिटीहरुको समिक्षा कुर्ने भएको छ। दाङको एक वडामा विद्रोही…
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा भएको उसु प्रतियोगितामा नेपालका दीपक हमालले स्वर्ण पदक जितेका छन् । उनले उसुको पुरुष अलराण्डतर्फ च्वाङक्वानमा स्वर्ण पदक जितेका हुन् । यो संगैं नेपालले २५ स्वर्ण, १० रजत र १६ कास्य आफ्नो पोल्टामा पार्दै पहिलो स्थानमा कायमै छ ।
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते कुमुतेमा अनुपमा मगरले आज बुधबार स्वर्ण पदक जितेकी छन। उनले ६८ केजी तौल समूहको फाइनलमा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराउँदै स्वर्ण पदक पक्का गरेकी हुने । नर्गिस इन्डोनेसियामा गत वर्ष भएको एसियाली खेलकुदकी कास्य पदक विजेता हुन् । उनले अर्की नेपाली खेलाडी रिता कार्कीलाई हराएर कास्य जितेकी थिइन् । त्यसअघि अनुपमाले श्रीलंकाकी विजेकुन माथिमोहमदमाथि ७–४ को जितका साथ अन्तिम दुईको यात्रा तय गरेकी थिइन् । यो संगैं करातेमा नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ । करातेमा नेपाल अहिले सम्म कुनै पनि इभेन्टमा पदक विहिन…