Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

तम्घास: गुल्मीबाट बागलुङको निसिखोलाको लागि छुटेको जीप बागलुङ बडीगाड– ७ को कोप्चेमा आज दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमध्ये दश जनाको पहिचान भएको छ भने चार जनाको अझै पहिचान खुल्न सकेको छैन । दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकाशं गुल्मीको इस्मा गाउँपालिकाका रहेका छन् । इस्मा गाउँपालिका–५ का २६ वर्षीय सवारी चालक रेशम थापा, सोही वडाको दोबाट बस्ने ४० वर्षीया बसुन्धरा कार्की, ढाडुङा बस्ने माया थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ । त्यस्तै नवलपरासी जिल्ला बर्दघाट– २ बस्ने ६०…

Read More

काठमाडौँ: मासुका लागि प्रयोग गरिने जनावरबाट निस्कने दिसाजन्य फोहरबाट बायोग्यास उत्पादन गर्न सके काठमाडौँ उपत्यकामा वातावरण प्रदूषण कम गर्न सकिने विज्ञको सुझाव छ । काठमाडौँ उपत्यकालाई प्रदूषण पार्ने तत्वमध्ये मासुजन्य वस्तुबाट निस्कने फोहर पनि मुख्यरूपमा रहेकाले यसको व्यवस्थितरूपमा व्यवस्थापन गर्नुपर्ने विज्ञ बताउँछन् । काठमाडौँ उपत्यकामा मात्रै दैनिक ८०० राँगाभैँसी बध गर्ने गरिएको छ । यहाँ एउटा राँगाभैँसीबाट १०० किलो फोहर निस्कने गरेको छ । त्यसको व्यवस्थापन पक्ष भने प्रभावकारी छैन, न त पशुबध गर्ने स्थान नै व्यवस्थित छ । हालसम्म राति नदी किनारामा पशुबध गरिँदै आएको छ । मासुजन्य वस्तुबाट निस्कने फोहरमध्ये खसी, बोका र कुखुराभन्दा पनि भैँसी र राँगाबाट…

Read More

आकाठमाडौं : १३ औं साग अन्तर्गत उसुको थाउलोतर्फ थानछ्वानको महिलातर्फ सुस्मिता तामाङले स्वर्ण पदक जितेकी हुन् । नेपाली सेनाको कभर्ड हलमा भएको प्रतिस्पर्धामा सुस्मिताले ९.४४ अंक जोड्दै पहिलो स्थान प्राप्त गरेकी हुन् । यो स्पर्धामा श्रीलंकी खेलाडीले रजत र बंगलादेशी खेलाडीले कास्य पदक जितिन् । श्रीलंकाकी खेलाडीले ८.८५ र बंगलादेशकी खेलाडीले ७.७३ स्कोर गरेकी थिइन्। त्यसअघि विजय सिन्जालीले पुरुष थाउलुतर्फ थानछ्वानमा स्वर्ण पदक जितेका छन् । विजयले ९.४८ अंक प्राप्त गर्दै स्वर्ण पदक प्राप्त गरेका हुन् । यसैबीच कराँतेमा पनि आज अर्को स्वर्ण पदक थप भएको छ । नविन रसाइलीले ६७ केजीमा स्वर्ण पदक जितेका छन्। मंगलबार सातदोबाटोस्थित कराते…

Read More

हेटौँडा: मकवानपुरगढी गाउँपालिका–४ स्थित जङ्गलमा एक महिलाको शव फेला परेको छ । आज बिहान मनकामना सामुदायिक वनको जङ्गलमा फेला परेको शव मकवानपुरगढी –४ बस्ने सोमबहादुर पाख्रिनकी श्रीमती अन्दाजी ३९÷४० वर्षीया प्रीतिमायाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यही मङ्सिर १४ गते बेलुका घरबाट हराई बेपत्ता भएकी उनको आफन्तले खोजतलास गर्ने क्रममा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

Read More

बुटवल: नेपाल सरकारले आउँदो अङ्ग्रेजी वर्षको शुरुआतसँगै शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नं ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने विश्वास गरिएको छ । लुम्बिनी भ्रमण वर्ष २०७६ र आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको सरोकारसँगको छलफल एवं अन्तक्र्रियामा सहभागीले बुद्ध परिपथलाई गतिशील बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीले लुम्बिनी र बुद्धकालीन सभ्यताका नेपालका सबै क्षेत्र तथा प्रमुख हिन्दू धर्मका क्षेत्रलाई जोडेर तयार पारिएको बृहत् परिपथ नै पर्यटन विकासको खास आधार हुने बताउँदै लुम्बिनीको…

Read More

काठमाडौँ: जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको बाँकी मुआब्जा वितरण प्रक्रिया सरकारले अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय, गोरखाले १०३२ र धादिङले १७१६ जग्गाधनीहरूको थाती मुआब्जा वितरण प्रक्रिया मंगलबार सार्वजनिक सूचना जारी गर्दै अघि बढाएको हो । गोरखातर्फ साविक आरूचनौटे र थुमी गाविस तथा धादिङतर्फ साविक सल्यानटार गाविसको मुआब्जा वितरण प्रक्रिया राेकिएकाे थियाे । अन्य स्थानमा वितरण भए पनि यो क्षेत्रमा भने जग्गाको वर्गीकरणलगायत विवादले राेकिएकाे थियो । विवाद समाधानपछि मुआब्जा वितरण प्रक्रिया अघि बढाइएको हो । जिल्ला प्रशासन कार्यालय गोरखा र धादिङले कूल २ हजार ८०० रोपनी क्षेत्रको मुआब्जा निर्धारण गरेको हो । जिल्ला प्रशासन कार्यालय गोरखाले आइतबार राती…

Read More

काठमाडौं : प्रधानमन्त्री केपी ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ।एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ। अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजान चिकित्सक र नेकपा शीर्ष नेताबीच छुट्टाछुट्टै छलफल भएको छ। ‘मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआउँदै एकपटक विदेश लैजाने तयारी छ’, उपचारमा संलग्न एक चिकित्सकले भने।प्रधानमन्त्री ओलीको एक सातामै दुईपटक डायलासिस गरिसकिएको छ। नेकपाका एक सचिवालय सदस्यले प्रधानमन्त्री ओलीलाई उपचारका लागि विदेश लैजान आन्तरिक छलफल भइरहेको बताए। ‘अमेरिका नै लैजाने कि अमेरिकी चिकित्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा छलफल भइरहेको छ’, ती नेताले भने, ‘अमेरिका लैजाने सम्भावना बलियो छ।’ केही साताअघि प्रधानमन्त्री ओलीका निजी…

Read More

काठमाडौं : १३औं सागको दोस्रो दिन सोमबार नेपालले १५ स्वर्ण पदक जितेको छ । नेपालले कराँतेमा सात र तेक्वान्दोमा सात स्वर्ण पदक हात पारेको हो । सोमबार नै सुरु भएका यी दुवै खेलबाट नेपालले बढी पदकको आशा गरेको छ ।अर्को एक पदक पोखरामा सम्पन्न ट्रायथलनमा सोनु गुरुङले जितिन् । कराँतेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयषा शाक्यले दुई/दुई स्वर्ण पदक हात पारे । मन्डेकाजीले पुरुष एकल काता र टिम कातामा स्वर्ण जितेका हुन् । टिम कातामा उनलाई महसुस मोक्तान र प्रवीण मानन्धरले साथ दिएका थिए । तेक्वान्दोमा आयषाले महिला एकल पुम्से २९ वर्षभन्दा माथि र पेयर पुम्सेमा स्वर्ण पदक जितिन् ।…

Read More

काठमाडौं: राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प पीडितको ४२ हजार ७४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको छ । प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो । कार्यकारी समितिले ४१० लाई सम्भावित लाभग्राही र दुई हजार ६०९ लाई प्रबलीकरण लाभग्राही कायम गरेको छ । ३५ हजार ७९ जना गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो । प्राधिकरणले बाँकी गुनासोहरुको शीघ्र विश्लेषण गरी नतिजा निकाल्ने जनाएको छ । छुट तथा पुनःजाँच सर्भेक्षणअन्तर्गत दर्ता भएका बाँकी गुनासो प्राधिकरण केन्द्रीय कार्यालयमा खटिएका चार दर्जन इञ्जिनीयरले विश्लेषण गरिरहेका…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताउनुभएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेण्टरको सघन उपचार कक्षबाट भिडियो कन्फरेन्समार्फत आज उहाँले मुख्य शल्यक्रियापछि पनि आफू उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने तथा समाचारहरु हेर्न सक्ने अवस्थामा रहेको जानकारी दिनुभयो । “एपेण्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन, यो अचानक आइलाग्छ, मलाई पनि अप्रत्याशित रुपमा त्यसैगरी आइलाग्यो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसमा इन्फेक्सन भएछ, त्यो बाहिर पनि फैलियो, त्यसमा मात्रै इन्फेक्सन सीमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो, बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनुप¥यो ।” प्रधानमन्त्री ओलीले उपचारका लागि…

Read More