Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: दक्षिण एसियाली खेलकुद प्रतियोगिताको एथ्लेटिक्समा महिला तर्फ मध्यम दूरीमा पदकको संभावना बोकेकी खेलाडी तुलसा खत्री सागको मुखैमा विदेश पलायन भएकी छिन् । उनी सागको बन्द प्रशिक्षणमा रहेकै बेला प्रशिक्षण छोडेर कामका लागि कतार लागेकी हुन । ४ सय मिटर र ४ सय मिटर रिलेमा टिममा रहेकी तुलसाले अन्तिम समयमा कसैलाइ जानकारी नदिइ एकाएक कतार उडेकी हुन । बुधबारसम्म प्रशिक्षणमा रहेकी उनी बिहीबार बिहानबाट टिमबाट बाहिर भएकी थिइन् । अचानक प्रशिक्षणमा नआएपछि उनको खोजी गर्दा उनी कतार उडिसकेकी थिइन् । तुलसाले सागकाे मुखमै देश छाेडेपछि यतिबेला एथ्लेटिक्समा ठूलो अन्याेल छाएको छ । अब यो विधामा कसलाइ खेलाउने भनेर संघका…
कास्की: यही मङ्सिर १५ गतेदेखि शुरु हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)को धनुकाँण (आर्चरी)मा कम्तीमा तीन स्वर्ण पदकको लक्ष्यसहित नेपाली खेलाडी तथा प्रशिक्षकले मेहनत गरिरहेका छन् । श्रीलङ्कामा सम्पन्न दशौँ संस्करणदेखि नेपालले आर्चरीमा सहभागिता जनाउन शुरु गरेको थियो । पहिलो सहभागितामै मात्र सीमित रहेकामा बङ्गलादेशमा भएको ११औँ संस्करणमा टिम रिकर्भ विधामा कास्य तथा अघिल्लो पटक भारतमा भएको १२औँ संस्करणमा व्यक्तिगत विधामा कास्य पदक जितेको नेपाल घरेलु मैदानमा हुने प्रतियोगितामा भने कम्तीमा पनि तीन स्वर्ण हात पार्ने लक्ष्यमा छ । पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा ७० मिटर ‘कम्पाउन्ड’ र ५० मिटर ‘रिकर्भ’ गरी दुई इभेन्टमा महिला तथा पुरुषतर्फ १०…
पोखरा: कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । सो क्षेत्रका ८२ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु भएपछि अहिलेसम्म शान्तिपूर्ण ढङ्गले मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताउनुभयो । आज बिहान अर्मलाको शान्ति मावि मतदान केन्द्र, पोखरा–९ स्थित नवप्रभात मावि मतदान केन्द्र र पोखरा–३३ स्थित सरस्वती टीका माविस्थित मतदान केन्द्र नजिक पटाकाजस्तो आवाज भएको विष्फोटक पदार्थ पड्किएको थियो । त्यसबाट मतदानमा कुनै असर नपरेको र मतदाताहरु निर्भीक भएर मतदानमा सहभागी भएको प्रजिअ केसीले बताउनुभउयो । अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।
पर्वत: पर्वतको कुश्मा नगरपालिका–८ चुवामा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी १ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका कर्मचारी आन्दोलित बनेका छन् । यसअघि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै त्यहाँ आयोजना र कार्यरत कर्मचारीबीच विवाद उत्पन्न भएको छ । केही महिनाअघि पनि कर्मचारी र आयोजनाबीच विवाद भएपछि १२ प्रतिशतसम्म तलब वृद्धि गर्ने सहमतिसहित विवाद सुल्झिए पनि पुनः कर्मचारीले तलब वृद्धि नगरी भत्तामात्रै वृद्धि गरेको भन्दै आन्दोलित बनेका हुन् । आयोजनामा कार्यरत असन्तुष्ट ३५ कर्मचारीले आयोजनाले पटक–पटक आफूहरुलाई झुक्क्याएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतले आवश्यक न्याय दिलाउन माग गरेका छन् । “आयोजनाले हाम्रो माग कहिल्यै सुनुवाइ गरेन”, आन्दोलित कर्मचारी सङ्घर्ष…
कलैया : गढीमाई मेलामा बलि चढाउनका लागि भारतबाट ल्याउने पशुहरुलाई पशुअधिकारकर्मीले सीमामा रोक्ने गरेको कामले समस्या सिर्जना हुने भन्दै पाँच दिनका लागि नरोक्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका प्रमुखहरु, सांसद, प्रदेशसभा सदस्य, पालिका प्रमुखहरु, जिल्ला समन्वय समितिका पदाअधिकारीहरुले स्थानीय जनता र पशुअधिकारकर्मीबीच बलि रोक्ने विषयमा उग्ररुप लिई सुरक्षा चुनौती थप्न सकिने भन्दै कम्तीमा पनि भारतबाट ल्याइने राँगा, बोकालाई नरोक्न आग्रह गर्नुभयो । सर्वाेच्च अदालतले पशुबलिलाई निरुत्साहित गर्न निर्देशनात्मक आदेश गरे पनि धार्मिक आस्थासँग जोडिएको पशुबलिलाई एकाएक रोक्दा दुर्घटना हुने सम्भावना उत्तिकै रहेको सांसद रामसहाय यादवले बताउनुभयो । सीमामा गई पशुबलि रोक्न जाँदा अभियानकर्मीहरु थोरै हुने तर…
काठमाडौँ: गर्भवती र सुत्केरीका लागि लक्षित हवार्ई उद्धार कार्यक्रमअन्तर्गत साउनदेखि कात्तिकसम्ममा ३० महिलाको उद्धार भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालू आर्थिक वर्षमा ५० सुत्केरी महिलाको उद्धारलक्ष्य राखेकामा पहिलो चार महिनामै सो सङ्ख्या पुगेको हो । मन्त्रालयले गत वर्ष कात्तिक ३० देखि दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवार्र्ई उद्धारलाई तीव्रता दिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको सो कार्यक्रम दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले तयार गरेको उद्धारसम्बन्धी कार्यविधि, २०७५ अनुसार २९ जिल्ला पूर्णरूपमा र विभिन्न जिल्लामा आंशिकरुपमा सो कार्यक्रम लागू भएको छ । गत आवमा…
काठमाडौँ: पछिल्लो ६ वर्षको अवधिमा त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थल तथा चीन र भारतसँग जोडिएका नाकाबाट ५ सय ६७ केजी सुन बरामद भएको छ । जुन अहिलेको दरअनुसार करिब ३ अर्ब ५० करोड रुपैयाँ मूल्य बराबारको हो । तस्करीमा संलग्न ४५५ जना नेपाली र विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ परेका केहीबाहेक अधिकांश भरिया रहेको प्रहरी अधिकारीले बताएका छन् । चीन, भारत, नेपाल, दुबई, हङकङ, सिंगापुर,थाइल्याण्डलगायत मुलुमा बसेर सुन अवैध रुपमा ओहोरदोहोर गराउन गिरोह सक्रिय रहेपनि निस्तेज पार्न सरकारले सकेको छैन । यो समाचार कान्तिपुर दैनिकमा रहेको छ ।
भक्तपुर: भक्तपुर क्षेत्र नं १ प्रदेश (क)मा आज हुन गइरहेको उपनिर्वाचनको दिन पेप्सिकोला, मध्यपुरथिमि राधेराधेदेखि काभ्रे नाकासम्म सवारी साधन प्रवेशमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज विज्ञप्तिमार्फत भोलि हुने उपनिर्वाचनको सुरक्षालाई दृष्टिगत गरी बिहिबार राति १२ देखि आज राति ९ बजेसम्मका लागि सार्वजनिक तथा निजी सवारी साधन प्रवेशमा रोक लगाएको जनाएको छ । एम्बुलेन्स, शववाहन, दमकल र निर्वाचन आयोगका सम्बन्धित अधिकृत एवं स्वीकृत सवारी पास प्राप्त गरेका सवारी साधन बाहेकका सम्पूर्ण सवारी साधनलाई प्रवेशमा रोक लगाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । प्रहरीले अरनिको राजमार्ग काभ्रेको साँगादेखि मध्यपुरथिमिको राधेराधेसम्मको सडक…
काठमाडौँ: प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ । मतदानका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आह्वान गर्नुभएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित भरपर्दाे एकीकृत सुरक्षा योजना बनाइएको छ । प्रतिनिधिसभातर्पm २१, प्रदेशसभा सदस्य तर्पm ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस…
काठमाडौँ: सञ्चार क्षेत्रका विज्ञहरुले प्रेस काउन्सिल नेपालले पछिल्लो पटक सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरण निष्पक्ष नभएको भन्दै पुनः वर्गीकरण गर्नुपर्ने माग गरेका छन् । नेपाल पत्रकार महासङ्घ, काठमाडौँ, ललितपुर र भक्तपुर शाखाको प्रतिनिधि टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई भेटेर आर्थिक वर्ष २०७४÷७५ को पत्रपत्रिकाको नतिजा मनोमानी, पूर्वाग्रही, विभेदपूर्ण र अवैज्ञानिक ढङ्गबाट गरिएको भन्दै पुनः वर्गीकरण गर्न माग गरेको हो । ती शाखाले पत्रकार आचारसंहिता जागरणका नाममा प्रेस काउन्सिलभित्र गरिने खर्च र त्यसले प्राप्त गरेको उपलब्धि तथा प्रतिफलको वैज्ञानिक अनुसन्धान गरी त्यसको बिल तथा सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्नेमा समेत जोड दिएका छन् । सरकारले हाल पत्रकारका लागि लागू गरेको…