Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

खोटाङ : केपिलासगढी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रभित्र पाइने भीर माहुरीको मह काढ्दा अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । लोपोन्मुख अवस्थामा पुगेको भीर माहुरीको मह पछिल्लो समय स्थानीयवासीले अवैध रुपमा काढ्ने र अन्यत्र निकासी गर्न थालेपछि नियन्त्रण र संरक्षण गर्न सो गाउँपालिकाले यस्तो व्यवस्था लागू गरेको हो । गाउँपालिकाभित्र पर्ने चारवटा वडामा मात्र पाइने भीर माहुरीको मह स्थानी केही व्यक्तिको समूहले मनपरी तरिकाले काढेर निकासी गर्न थालेपछि गाउँ कार्यपालिकाको बैठक बसेर नियन्त्रण गर्दै संरक्षण गर्ने अभियान शुरु गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो । “सामुदायिक र सार्वजनिकस्थलमा हुने भिर माहुरीको महबाट निश्चित व्यक्तिले मात्र फाइदा लिने र लापरवाही…

Read More

काठमाडौँ: सरकारले अब मातहतका निकायलाई लिखित रुपमा निर्देशन दिने र जवाफ पनि लिखितमै माग्ने भएको छ । कर्मचारी प्रशासनलाई क्रियाशील बनाउँदै लक्ष्यानुसारको वित्तीय प्रगति हासिल गर्न सरकारले मासिक रुपमै लिखित निर्देशन दिँदै कार्यक्रम कार्यान्वयनको अवस्था पनि लिखितमै माग्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सोमबार प्रथम चौमासिक प्रगति समीक्षा हुने र त्यसलगत्तै मासिक रुपमै प्रगति विवरण लिखितमा माग्ने प्रक्रिया शुरु हुने उहाँले जानकारी दिनुभयो । सञ्चार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री बाँस्कोटाले भन्नुभयो, “मन्त्रालयमा आज भएको जसरी मौखिक कुरा हुँदैन, अब निर्देशन लिखितमा आउँछ, हिसाब–किताबको जवाफ पनि लिखितमै आउनुपर्छ,…

Read More

दैलेख: दैलेखमा अप्टिकल फाइबर बिच्छ्याउने कामलाई तीव्र पारिएको छ । सदरमुकाम दैलेख बजार हुँदै खुर्सानीबारीसम्मको खण्डमा अप्टिकल फाइबर बिच्छ्याउने काम शुरु गरिएको हो । दैलेखलगायत विभिन्न छ जिल्लामा यो कार्य शुरु गरिएको छ । दैलेखमा २५ किलोमिटर क्षेत्रमा अहिले काम शुरु गर्न थालिएको कामको जिम्मा लिएको सेरोना कम्पनीका भरत शाहले जानकारी दिनुभयो । दशैँ अघिदेखि काम शुरु भएकाले अब २० दिनभित्र काम सम्पन्न हुने शाहले बताउनुभयो । नेपाल टेलिकमको निकै कम गतिमा सञ्चालन भएको इन्टरनेट सेवासमेत अप्टिकल फाइबर बिच्छ्याएपछि द्रुत गतिमा सञ्चालनहुने नेपाल टेलिकम दैलेखका प्रमुख जीतबहादुर त्यागीले जानकारी दिनुभएको छ । फाइबर बिच्छ्याउने काम अहिले द्रुत गतिमा भइरहेको छ…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल जानुभएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि केही समयअघि अस्पताल जानुभएको र उहाँ स्वास्थ्य परीक्षणपछि आजै निवास फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । यसअघि गत कात्तिक १४ गते सोही अस्पतालमा प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचार गराउनुभएको थियो ।

Read More

काठमाडौं : नागरिक लगानी कोषमा कार्यरत कर्मचारीलाई धितोपत्रको दोस्रो बजारबाट शेयर खरिद बिक्री गर्न बन्देज लगाइएको छ। नागरिक लगानी कोष कर्मचारी आचार संहिता निर्देशिका, २०७६ जारी गर्दै कोषले आफ्ना कर्मचारीलाई दोस्रो बजारबाट शेयर कारोबार गर्न रोक लगाएको हो। उक्त आचार संहिता अनुसार कोषका कर्मचारीको एकाघरको परिवारले दोस्रो बजारबाट शेयर खरिद बिक्री गर्न हुँदैन। तर विगतमा खरिद गरिएको शेयर बिक्री गर्न भने सकिने व्यवस्था छ। कर्मचारीहरुले दोस्रो बजारबाट शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था गरिएको उक्त आचार संहिता माथि असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरि पुँजी वृद्धि गर्ने…

Read More

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई साढे २८ प्रतिशत लाभांश दिने भएको छ। गत आर्थिक वर्ष २०७५ र ७६ को मुनाफाबाट लघुवित्तले लाभांश दिने घोषणा गरेको हो ।, लघुवित्त सञ्चालक समितिको हिजो मंसिर ७ गते सम्पन्न ३६१ औँ बैठकले २७.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.४३४ प्रतिशत नगद गरि कूल २८.६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् मात्र शेयरधनीले पाउनेछन् । साना किसान विकास लघुवित्त संस्थाले गत आर्थिक वर्ष २०७५।०७६…

Read More

सुर्खेत : कर्णाली प्रदेश सरकारले आयोजनास्थलमै अस्थायी प्रकृतिका क्रसर उद्योग स्थापना तथा सञ्चालन गर्न सकिने गरी नयाँ नीति ल्याएको छ । पुरानो कार्यविधिलाई संशोधन गर्दै सरकारले राष्ट्रिय र प्रदेश गौरवका आयोजनाका लागि आवश्यकताअनुसार आयोजनास्थलमै अस्थायी प्रकृतिका क्रसर उद्योग सञ्चालन गर्ने नीति ल्याएको हो । सरकारले ‘ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, क्रसिङ, बिक्री, वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि, २०७५’ लाई संशोधन गरेको छ । संशोधित कार्यविधिमा प्रदेशमा सञ्चालन भएका रु १० करोडभन्दा बढी लागतका राष्ट्रिय प्राथमिकता प्राप्त र प्रदेश महत्वका विकास आयोजना सञ्चालन अवधिसम्मका लागि स्थानीय कच्चा पदार्थ प्रशोधन गर्ने प्रयोजनका…

Read More

काठमाडौं : विभिन्न मेडिकल कलेजहरुमा शुल्कको विषयमा भइरहेको आन्दोलनमा सत्तारुढ दल नेकपा निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले ऐक्यवद्धता जनाएको छ । नेकपा निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियूले विज्ञप्ती निकाल्दै नेशनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज चितवन मेडिकल कलेजमा आन्दोलन गर्ने विद्यार्थीमाथि दमन, षडयन्त्र र ज्यान मार्ने धम्की आएको भन्दै आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियूले शुल्क फिर्ताको माग गर्ने विद्यार्थीलाई कलेज प्रशासनले हातपात गरेको र होस्टलमा बस्न रोक लगाएको भन्दै विरोध जनाएको छ । अनेरास्ववियूले बढी शुल्क लिएका मेडिकल कलेजलाई सरकारले तोकेको मितिभित्र शुल्क फिर्ता गर्न आग्रह समेत गरेको…

Read More

काभ्रेपलाञ्चोक : पाँचखाल नगरपालिकाले कृषकलाई जैविक विषादी तथा जैविक मल बनाउने प्रविधि सिकाएपछि विषादीको प्रयोगमा कमी आउन थालेको छ । नगरपालिकाले प्रशिक्षक कृषक उत्पादन गर्ने समेत उद्देश्यले ‘लभ ग्रिन नेपाल’को सहकार्यमा ६०० कृषकलाई एकीकृत शत्रुजीव व्यवस्थान प्रविधि (आइपीएम) कक्षा सञ्चालन गरी उक्त प्रविधि सिकाइको हो । नगरप्रमुख महेश खरेलले ‘पाँचखाल नगर, कृषि नगर’ भन्ने उद्देश्यअनुरुप कृषिमा थप परिवर्तन ल्याउन यस्तो योजना ल्याइएको जनाउँदै उहाँले माटो परीक्षण गरी सुधार गर्न प्रदेश नं ३ सरकारबाट प्राप्त माटो परीक्षण ल्याव सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “अब प्रत्येक वडामा मोबाइल माटो परीक्षण गर्ने योजनामा छौँ”, नगरप्रमुख खरेलले भन्नुभयो । माटो सुधारका लागि कृषकलाई सहुलियत…

Read More

काठमाडौं : अस्पताल व्यवस्थापनको विषयलाई लिएर भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ । पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि झडप भएको हो । झडपलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अस्पतालमा अनियमितता भएको भन्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षमा नयाँ व्यवस्थापन समिति गठन गरिएको थियो । तर पुरानो व्यवस्थापन समिति र प्रमुख राजनीतिक दल नेकपा र कांग्रेसले भने विरोध जनाउँदै आएको छ । अस्पताल सञ्चालन गर्दै आएको नेपाल अर्बुद रोग निवारण संस्थाका पदाधिकारीले नगरपालिकाले स्वायत्त संस्थामाथि अनधिकृत हस्तक्षेप गरी आफूहरूलाई पाखा लगाएको आरोप लगाउँदै आएको छ । अस्पताल व्यवस्थापन समितिको नेतृत्वमा…

Read More