Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

राँझा  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रमुख परिवर्तन हुनु स्वभाविक प्रक्रिया भएको बताएका छन । प्रेस सङ्गठन बाँके शाखाले आज नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो पटक देशमा भएको विकासक्रमका बारेमा यस्तो बताएका हुन । “प्रदेश प्रमुख केन्द्रीय सरकारको प्रतिनिधि भएकाले सरकार परिवर्तन हुनासाथ फेर्ने प्रचलन सामान्य हो, सरकारले दुई वर्षपछि मात्र यो परिवर्तन गरेको छ”, उनले भने,“यसलाई ठूलो ठान्नु पर्दैन ।” नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई दुई वर्षसम्म परिवर्तन नगर्नु नै सरकारले उहाँहरुमाथिको सम्मान भएको जानकारी दिँदै अध्यक्ष दाहालले भने “अन्य देशमा…

Read More

बुटवल : गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई सरकारले समाधान गर्न सफल भएको बताएका छन । गृहमन्त्रालय र प्रदेश नंं ५, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले मुलुकको शान्ति र स्थिरता सुदृढ बन्दै गएको तथा देशलाई अस्थिरता र विघटनतर्फ धकेल्ने कतिपय समस्याको मूलरुपमा समाधान गरिसकिएको बताए । गृहमन्त्री थापाले भने , “देशमा शान्ति सुव्यवस्था र आर्थिक प्रगतिको अवस्था सकारात्मक रुपमा अघि बढेको छ ।” पछिल्लो समय कानून र सङ्घीयता कार्यान्वयनका सन्दर्भमा सरकारले महत्वपूर्ण रुपमा ठोस् कदम उठाएको उल्लेख गर्दै उनले नेपाल प्रहरीको…

Read More

काठमाडौं : बिहानदेखि धुमलिएको राजधानी लगायतका स्थानहरुमा आज मौसममा आंशिक देखि सामान्य बदली रहने छ । आज देशभर आंशिकदेखि सामान्य बदली भइ केहि जिल्लामा पानी पर्ने र केहिस्थानमा हिमपात समेत हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको महाशाखाले जनाएको छ । मुलुकको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका केही भूभागमा कुहिरो लागेको अवस्थामा रहेको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकोछ । आज राति देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

Read More

काठमाडौँ: बेलायती संसद्मा नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवद्र्धन गरिने भएको छ । बेलायतस्थित हाउस अफ लर्ड्स (बेलायतको माथिल्लो सदन)मा भ्रमण वर्षको प्रचार प्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । बेलायतको हाउस अफ लर्ड्समा भ्रमण वर्ष घोषणाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई बेलायत पुगिसक्नुभएको छ । मन्त्री भट्टराईसँगै भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्डका पदाधिकारीको पनि सहभागिता रहेको छ । प्रत्येक वर्ष हुने वल्र्ड ट्राभल मार्केट (डब्लूटीएम) को अवसरमा बेलायतमा आउँदो यही कात्तिक २१ गते हुने नेपाल भ्रमण वर्ष प्रवद्र्धनका लागि विशेष कार्यक्रम राखिएको सचिवालयले जनाएको छ । विश्वकै ठूलो ‘ट्राभल सो’ मानिएको…

Read More

काठमाडौँ: चालू आर्थिक वर्ष २०७६ /७७ को पहिलो तीन महिनामा नेपालको व्यापार घाटा ३ खर्ब ७ अर्ब पुगेको छ । समीक्षा अवधिमा नेपालबाट २७ अर्ब १६ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा ३ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । भन्सार विभागको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार आर्थिक वर्ष २०७५ /७६ को पहिलो तीन महिनाको तुलनामा आर्थिक वर्ष २०७६ /७७ को तीन महिनामा नेपालको ब्यापार घाटा १२ दशमलब ०२ प्रतिशतले कमि आएको छ । समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयात १० दशमलब ३७ प्रतिशतले घटेको छ भने निर्यात १४ दशमलब ४१ प्रतिशतले बृद्दि भएको छ ।…

Read More

जाजरकोट: त्रिपुरासुन्दरी नगरपालिका–२ रसी डोल्पाका जुनराज रोकायले खानेपानीको समस्या भएको गुनासो सुनाउन लागेको १५ वर्ष बित्यो । स्थानीय सिमखोलाको पानी खाइ रहनुभएका रोकाय अहिले त्यहाँ पानी सुक्न थालेपछि चिन्तित हुनुभएको छ । स्थानीय सरकारदेखि सबै नेतासँग पानीको गुहार माग्दासम्म पानीको लागि सुनुवाइ नभएपछि रोकायलाई सबैदेखि दिक्क लागिसकेको छ । सुक्खाडाँडामा रहेको तीन गाउँका करीब ११५ घरधुरी दैनिक खानेपानीको समस्यामा रहेका उहाँले बताउनुभयो । बढ्दो वन विनास र भिरालो जमीन भएको रसीगाउँमा स्थानीय सिमखोलीबाट आधा घण्टा हिँडेर पानी ल्याएर पिउनुपर्ने बाध्यता छ । अहिले सोही खोलाको पानीसमेत सुक्दा तीन गाउँका स्थानीयवासी पानीको चरम समस्यामा परेका अर्का स्थानीय दत्ते रोकायले बताउनुभयो ।…

Read More

काठमाडौँ: सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १६३ (२) अनुसार सोमनाथ अधिकारीलाई प्रदेश १, तिलक परियारलाई प्रदेश २, विष्णुप्रसाद प्रसाईंलाई प्रदेश ३ र अमिक शेरचनलाई गण्डकी प्रदेश प्रमुखमा सोमबार नियुक्त गरेकी हुन्। त्यस्तै धर्मनाथ यादव प्रदेश ५, गोविन्दप्रसाद कलौनी कर्णली प्रदेश र सर्मिलाकुमारी पन्त सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।

Read More

काभ्रेपलाञ्चोक: पाँचखाल नगरपालिकाले मापदण्डविपरीतका इँटा उद्योग यथास्थितिमिा सञ्चालन नगर्न व्ययसायीलाई पत्राचार गरेको छ । नगरपालिकाले उद्योगीलाई पत्राचार गरी इँटाभट्टा व्यवस्थित गरी वातावरणमैत्री बनाउन आग्रह गरेको हो । इँटा उद्योग मापदण्ड तथा नगरपालिकाद्वारा निर्माण वातावरण ऐनअनुसार उद्योग सञ्चालन गर्न उद्योगीलाई पत्राचार गरेको नगरप्रमुख महेश खरेलले बताउनुभयो । “पाँचखालमा मापदण्डविपरीतका इँटा उद्योग यथास्थितिमा सञ्चालन नगर्न व्ययसायीलाई पत्राचार गरेका छौँ, पाँचखाल उपत्यकाको वातावरण स्वच्छ बनाउन वातावरण ऐन पनि पास गरिसकेका छौँ, सोहीअनुसार उद्योग सञ्चालन गर्न अनुरोध गरिसकेको छौँ, सोहीअनुसार नभए चल्न दिँदैनौँ”, उहाँले भन्नुभयो । पाँचखालका वडा नं ७, ८, ९ र १२ मा मापदण्डविपरीतका हाल सात इँटा उद्योग र एक प्लाइउड कारखाना…

Read More

खोटाङ : जिल्लामा एकैसाथ सात ठाउँमा प्रहरी भवन निर्माण भइरहेका छन् । जिल्ला प्रहरी कार्यालयको आवासगृह, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क, मात्तिमबिर्ता, प्रहरी चौकी देवीस्थान, रतन्छा, च्यास्मिटार र बुइपाको कार्यालय भवन निर्माणाधीन अवस्थामा छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता आमोदकुमार खेरवारका अनुसार जिल्ला प्रहरी कार्यालयको आवासगृह ४८ प्रतिशत, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क ६५ प्रतिशत, मात्तिमबिर्ता ७५ प्रतिशत, देवीस्थान ९५ प्रतिशत र रतन्छा, च्यास्मिटार र बुइपाको २०र२० प्रतिशत निर्माण सम्पन्न भएको छ । आवासगृह नेपाल सरकारको नियमित बजेट ३ करोड ९० लाख ७ हजार ६ सय ७२ रुपैयाँको लगानीमा निर्माण शुरु गरिएको हो । …

Read More

पर्वत: जिल्लाको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी करिडोरको फलेवासदेखि अर्मादीसम्मको काम लामो समयदेखि अलपत्र परेको छ । दुई वर्षअघि नै ट्र्याक खुलिसक्नुपर्ने सडक अलपत्र परेपछि कालोपत्र गर्ने कार्यसमेत पछि धकेलिने भएको छ । निर्माणको काम गर्ने जिम्मा लिएको सूर्य कन्स्ट्रक्सन कम्पनीले काम अलपत्र छाडेर हिँडेको छ । विसं २०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि सडकको जिम्मा लिएको सूर्य कन्स्ट्रक्सनले काम बीचैमा छाडेर सम्पर्कविहीन भएको लामो समय बितेको छ । कन्स्ट्रक्सनले जिम्मा लिएको १४ किमी सडक सबैभन्दा धेरै बिग्रिएको कालीगण्डकी करिडोरको कार्यालयले जनाएको छ । कन्स्ट्रक्सनले फलेवास नगरपालिकाको लमायदेखि कुश्मा नगरपालिकाको अर्मादीसम्मको १४ किमी ठेक्का…

Read More