काठमाडौँ: सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १६३ (२) अनुसार सोमनाथ अधिकारीलाई प्रदेश १, तिलक परियारलाई प्रदेश २, विष्णुप्रसाद प्रसाईंलाई प्रदेश ३ र अमिक शेरचनलाई गण्डकी प्रदेश प्रमुखमा सोमबार नियुक्त गरेकी हुन्।
त्यस्तै धर्मनाथ यादव प्रदेश ५, गोविन्दप्रसाद कलौनी कर्णली प्रदेश र सर्मिलाकुमारी पन्त सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।