काठमाडौं : बिहानदेखि धुमलिएको राजधानी लगायतका स्थानहरुमा आज मौसममा आंशिक देखि सामान्य बदली रहने छ ।
आज देशभर आंशिकदेखि सामान्य बदली भइ केहि जिल्लामा पानी पर्ने र केहिस्थानमा हिमपात समेत हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको महाशाखाले जनाएको छ ।
मुलुकको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका केही भूभागमा कुहिरो लागेको अवस्थामा रहेको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकोछ ।
आज राति देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
Facebook Comments Box