Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टोलीले इङ्ग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई पाँच विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा एमसीसीले दिएको २०२ रनको विजय लक्ष्यलाई नेपालले ३७.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा विनोद भण्डारीले ५२ रनको अविजित अर्धशतकीय इनिङ खेले । अर्धशतकीय इनिङ खेलेका भण्डारीले चार चौका र दुई छक्का प्रहार गरेका थिए । त्यस्तै पवन सरार्फ ३८ रनमा अविजित रहे भने शरद भेषवाकर २४, दीपेन्द्र सिंह ऐरी २३, कप्तान ज्ञानेन्द्र मल्ल १० तथा इशान पाण्डे चार रन बनाएर पेभिलिएन फर्किए । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको एमसीसी ३९ दशमवल दुई…
काठमाडौँ: नेपाल सरकारले सातै प्रदेशका प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष नाम सिफारिस गरेको छ । राष्ट्रपति कार्यालयले प्रदेश प्रमुखहरुको सपथ मंगलबार विहानका लागि तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखका लागि नाम सिफारिस गरेको हो । मन्त्रिपरिषद्का एक सदस्यका अनुसार, प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाई, गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा शर्मिला त्रिपाठीको नाम सिफारिस गरिएको छ । मन्त्रिपरिषद् बैठकअघि बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले सातै प्रदेश प्रमुखका लागि नाम टुङ्गो लगाएको हो…
काठमाडौँ: त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले व्यवस्थापनमा पारदर्शिता र निष्पक्षता अपनाउँदै शैक्षिक गुणस्तर मापनका लागि स्पष्ट मादपण्ड तर्जुमा गर्ने सङ्कल्प गर्नुभएको छ । आर्थिक अनियमितता, दलीय राजनीतीकरण र आन्तरिक किचलोले वार्षिक पात्रोसमेत प्रभावित हुँदै आएको त्रिविलाई पुनःजीवन दिने सन्दर्भमा आफूले सम्पूर्ण जानकारी लिएपछि स्पष्ट कार्ययोजनाका साथ आफ्नो विवेकले भ्याएसम्म राम्रो काम गर्ने उपकुलपति डा बाँस्कोटाको भनाइ छ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष हुँदा त्यस क्षेत्रका सुधारमा भूमिका खेल्नुभएका डा बाँस्कोटाले कीर्तिपुरस्थित त्रिवि उपकुलपतिको कार्यालयमा १९औँ उपकुलपतिका रुपमा आज पदबहालीपछि रासससँग कुरा गर्दै निष्पक्षता, सामूहिक कार्य, अनुशासन, जवाफदेहिता र कर्तव्यपरायणता आफ्नो कार्यशैली भएकाले पहिला आफूले पालना गरी…
काठमाडौं: उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र जर्मनीका राजदूत रोलान्ड शेफरबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रायमा आईतबार भएको भेटमा द्धिपक्षिय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो । मन्त्री पुनले जर्मन सरकारले उर्जा,प्रशारण लाइन र वैकल्पिक उर्जाको क्षेत्रमा गरेको सहयोगको लागी धन्यवाद दिएका थिए । त्यसका साथै उनले सोलार र मिनि ग्रिड सरकारको प्राथमिकतामा रहेको भन्दै ३ वर्षभित्र करिब १२ प्रतिशत जनतामा नवीकरणीय उर्जाको माध्यमबाट स्वच्छ उर्जामा पहुंच पुर्याउने योजनामा सरकार रहेको जानकारी दिए । मन्त्री पुनले भने ‘सरकारले पुर्ण विद्युतीकरणको कार्यक्रम अघि सारेको छ,त्यसमा जर्मन सरकारले उपलव्ध गराउने सहयोग हामीलाई उपयोगी हुुन्छ । मन्त्री…
काठमाडौँ: सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो । बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस भएको एक मन्त्रीले बताए । यसअघि नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखका लागि यी नाम सिफारिस गरे पनि प्रदेश तोकेको थिएन ।
काठमाडौँ: साताको पहिलो दिन करिब सात अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ०.९७ बिन्दुले बढेर एक हजार १४०.२६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.०४ अङ्कले बढेर २५०.५१ मा पुगेको छ । नेप्से झिनो अङ्कले बढ्दा कारोबार रकम भने आइतबारको तुलनामा केही वृद्धि भएको छ । कुल १६३ कम्पनीको सात लाख ५९ हजार ७१२ कित्ता शेयर रु १९ करोड १८ लाख ५४ हजार ३३३ मा खरिदबिक्री भए । आइतबार १६१ कम्पनीको सात लाख ८४ हजार ७४० कित्ता शेयर रु १७ करोड…
काठमाडौं: बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सोमबार थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । यससँगै यो मुद्धाको टुंगो नलागेसम्म महरा जेलमा रहेनछन् । उनलाई डिल्लीबजार कारागार चलन गरिने छ। हाल उनी बिरामी भएको भन्दै ग्रंडी अन्तर्राष्ट्रिय अस्पतालमा बस्दै आएका छन् ।
चितवन: भ्रष्टाचारविरोधी अभियान गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो अभियोगमा भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय अविरल पोख्रेल पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार पोख्रेलललाई आइतबार साँझ पक्राउ गरिएको हो । पक्राउ परेका पोख्रेलमाथि अनुसन्धान शुरु गरिएको छ । अन्यको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । गत असोज ११ गते भरतपुरस्थित चौबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम शुरू हुनै लाग्दा शाहीमाथि आक्रमण भएको थियो । कार्यक्रम स्थगन भएपछि ग्लोबल होटलबाट बा३ख ८४५८ नम्बरको माइक्रोमा फर्कने क्रममा होटल परिसरमा…
काठमाडौँ: बम विस्फोटनमा घाइते भएका व्यक्तिलाई इटा भठ्ठामा जिउँदै जलाएर मारेको अभियोगमा जन्मकैदको मागसहित पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहम्मद आफताव आलमलगायत ११ जनाविरुद्ध सोमबार रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । पूर्वमन्त्री आलमसहितका अभियुक्तउपर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोट पदार्थ ऐनअनुसारको कसुर अपराध गरेको अभियोगमा तीन छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको हो । नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले मुद्दा दर्ता गराउनुभएको हो । सोमबार मुद्दा दर्तासँगै आलमलाई अदालतमा प्रस्तुत गरिए पनि समय अभावले गर्दा बयान हुन सकेन । आलमलाई मङगलबार बयानका लागि उपस्थित गराउने गरी पुनः प्रहरी हिरासतमा पठाइएको छ । कुल…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा प्रदेश प्रमुखको नियुक्तिबारे छलफल भइरहेको नेकपाका एक नेताले बताएका छन । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो आइतबार सातै प्रदेशका प्रमुखहरुलाई बर्खास्त गरेकी थिइन्। सरकारले आज सोमबार नै सातै प्रदेशका प्रमुख नियुक्त गर्ने तयारी गरेको छ। सचिवालयको बैठकले सातै प्रदेशका प्रस्तावित प्रदेश प्रमुखहरुका बारेमा टुंगो लगाएपछि आजै बस्ने भनिएको मन्त्रीपरिषदको बैठकले त्यसलाई अनुमोदन गर्ने तयारी भएको एक नेताले बताएका छन ।