Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- १०९ विद्यालयमा साढे ६ अर्ब लगानी, के के मा हुनेछ खर्च?
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट अनसन बस्ने चेतावनी दिएका छन्। उनले माग पूरा गर्न सरकारलाई कात्तिक ८ गतेसम्म अल्टिमेटम समेत दिएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. केसीले हालसम्मको आन्दोलनको उपलब्धी संस्थागत गर्न सत्याग्रहसहित आन्दोलनको विकल्प नभएको बताएका छन्। डा. केसीले चिकित्सा शिक्षामा सुधारको माग राखेर आन्दोलन गर्न थालेको सात वर्ष भएको छ। चारबुँदे माग राखेर ०६९ असार २१ मा उनी पहिलो पटक अनशन सुरु गरेका थिए। पछिल्लो पटक उनले १६ औं चरणको अनशन इलाममा बसेका थिए। अवकाश पाएपछि पनि डा. केसीले चिकित्सा शिक्षा सुधारको आन्दोलनलाई जारी…
काठमाडौँ: कंलकी, थानकोट, नागढुङ्गा – नौबिसे सडकखण्डमा आजदेखि एकतर्फी मात्र सवारी सञ्चालन हुने भएको छ । सडक विभागद्धारा सडक मर्मत कार्य गर्ने हुनाले उक्त सडक खण्डमा एकतर्फी मात्र सवारी सञ्चालन हुने ट्राफिक प्रहरी माहासाखले जनाएको छ । महाशाखाले उक्त सडकखण्डमा जथाभावी ओभरटेक नगरी लेन अनुशासन पालना गरी सवारी व्यवस्थापन कार्यमा सहयोग गर्न सवारी चालकलाई अनुरोध गरेको छ । कंलकी – थानकोट सडकखण्ड (ढुङ्गेअड्डामा) बिहान नौ बजेदेखि र नागढुङ्गा – नौबिसे सडकखण्डमा दिउसॊ एक बजेदेखि एकतर्फी मात्र सवारी सञ्चालन हुने जनाएको छ ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । केन्द्रीय बैंकले १ हजार रुपैयाँ दरको ३१ करोड थान नोट छाप्ने जिम्मा ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशन’ लाई दिएको हो । नयाँ नोट डिजाइन, छपाई तथा आपूर्तिको काम उक्त चिनियाँ कम्पनीले गर्नेछ । कम्पनीले ९१ लाख ९० हजार अमेरिकी डलरमा नोट छापाई तथा डिजाइन गरी नेपाल पठाउनेछ ।
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृतवका लागि आज काठमाडौंको हायात होटलमा मतदान हुँदैछ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ४२ जना पदाधिकारीको निर्वाचन हुन लागेको हो । गैर आवासीय नेपाली संघ ८० भन्दा बढी मुलुकमा फैलिएको दावी गरिए पनि ४९ देशबाट आएका झण्डै २६ सय प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदानमा भाग लिँदैछन् । निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली पनि आजै प्रकाशित गर्ने जनाएको छ । साँझ ५ बजे देखि राति १० सम्म एनआरएनए महाधिवेशन प्रतिनिधिहरुले विद्युतीय मतदान गर्नेछन् । मतदान सम्पन्न भएको एक घण्टाभित्रमा नै मतगणना सुरु हुने निर्वाचन समितिले जानकारी गराएको…
काठमाडौँ: लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा बुधबार विज्ञापन खुलाएको छ। निजामति सेवाको प्रशासनतर्फ एक सय ८१ सहसचिव र तीन सय ९३ उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ उपसचिवका लागि विज्ञापन गरिएको हो। स्वास्थ्य सेवामा नवौं र एघारौं तहमा विज्ञापन खुलेका हुन्। आयोगले प्राविधिक र अप्राविधिक पदका लागि एकैपटक ठूलो संख्यामा विज्ञापन गरेको छ। योग्यता पुगेकाहरूले मंसीर ३ गतेसम्म दरखास्त दिन सक्ने आयोगले निकालेको सूचनामा उल्लेख छ। दरखास्त फारम आयोगको वेवसाइट http://psc.gov.np बाट डाउनलोड गर्न सकिन्छ। दरखास्त काठमाडौंस्थित केन्द्रीय कार्यालय र उपत्यका बाहिरका आयोगका कार्यालयमा पेश गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। दरखास्त शुल्क प्रथम…
काठमाडौँ: म्यानमारको राजकिय भ्रमणमा निस्किएकी राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट विमानस्थल जान हेलिकप्टर चढेकी छन्। सडक हुँदै विमानस्थल जाँदा सवारीका कारण सडक जाम हुने भएकाले राष्ट्रपतिले हेलिकप्टर प्रयोग गरेको बताइएको छ। सवारीका कारण सडक जाम हुँदा राष्ट्रपतिको आलोचना हुँदै आएको थियो। उनी म्यानमारमा पाँच दिने राजकिय भ्रमणका लागि जानका लागेकी हुन्। म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा भण्डारी म्यानमार जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्न आग्रह गरेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असाधारण रुपले सफल रहेको उल्लेख गर्दै त्यसलाई तत्काल हुने लाभहानीको रुपमा हेर्न नहुने पनि स्पष्ट पारे । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले दुई मुलुकको बीचको सम्बन्धलाई सगरमाथाको उचाईमा पु¥याएको पनि बताए । त्यसबाट सिंगो नेपाल र नेपाली जनता अत्यन्तै खुसी भएको मन्त्री बास्कोटाको भनाई छ । मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपति र चीनको उचाईबाट भएको यो भ्रमणले नेपालको अन्तर्राष्ट्रिय स्तरमा ईज्जत,…
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल संघीय व्यवस्थामा प्रवेस गरेसँगै लगानीको वातावरण बन्दै गएको भन्दै यहाँ लगानी गरेर मुनाफा कमाउन गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । गैर आवासीय नेपाली संघको नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले हाल लगानी गर्न उद्यमीहरुलाई उत्साहित गरेको र तीन तहको सरकार बनेपछि त लगानी भित्र्याउन एक किसीमले प्रतिश्पर्धा नै भएको बताए । उनले प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले व्यक्तिगत रुपमा भेटेर या फोन नै गरेर पनि आफ्नो प्रदेशमा पनि चन्द्रागिरिजस्तै केबलकार बनाउन आउन आग्रह गरेका छन् । ‘लगानी गर्न आउनुहोस् वातावरण हामी बनाइदिन्छौँ’– ढकालले भने ।…
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडा संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डीसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तर्गत नेपाल दक्षिण पूर्व एशियाली मतदान समूहको सदस्य रहेको सन्दर्भमा सो समूहद्वारा आयोजना हुने संयुक्त बैठकमा अर्थमन्त्री डा. खतिवडा सहभागी हुनु हुने कार्यक्रम छ। उनले विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका वरिष्ठ अधिकारीहरुसँग द्विपक्षीय छलफल गर्नेछन्। खतिवडाले अन्तर्राष्ट्रिय विकास संस्थाबाट नेपालको नीतिगत सुधारको लागि प्राप्त हुँदै आएको सहायतालाई थप प्रभावकारी बनाउने उपायलगायत सहायताका थप क्षेत्र र सम्भावनाबारे विस्तृत छलफल गर्ने कार्यक्रम…
काठमाडौं : जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ भएको मितिले १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश दीपककुमार दाहालको इजलासले महरालाई पक्राउ परेको मितिले १३ दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो। असोज १९ गते पक्राउ परेका महरा अदालतको आदेशअनुसार अब तीन दिन प्रहरी हिरासतमा बस्नुपर्नेछ। महरा असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए। जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जीको अनुमति दिएपछि उनलाई हिरासतमा लिइएको थियो। उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। अब तीन दिन (पहिलेकोसहित १३ दिन) को म्याद सकिएपछि प्रहरीले पुनः म्याद थपका लागि अदालतमा पेश गर्न सक्नेछ।…