काठमाडौँ: म्यानमारको राजकिय भ्रमणमा निस्किएकी राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट विमानस्थल जान हेलिकप्टर चढेकी छन्।
सडक हुँदै विमानस्थल जाँदा सवारीका कारण सडक जाम हुने भएकाले राष्ट्रपतिले हेलिकप्टर प्रयोग गरेको बताइएको छ। सवारीका कारण सडक जाम हुँदा राष्ट्रपतिको आलोचना हुँदै आएको थियो।
उनी म्यानमारमा पाँच दिने राजकिय भ्रमणका लागि जानका लागेकी हुन्।
म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा भण्डारी म्यानमार जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
Facebook Comments Box