Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
- १०९ विद्यालयमा साढे ६ अर्ब लगानी, के के मा हुनेछ खर्च?
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधन घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सवारी साधन विशेष जाँचका लागि ४३० जनशक्ति थप गरिएको जानकारी दिनुभयो । “हाल ३६८ स्थानमा नियमित जाँचका लागि ७५० जनशक्ति परिचालन गरेकामा चाडपर्वलाई लक्षित गरेर ४३० जनशक्ति थप गरेका छौँ”, उहाँले भन्नुभयो । ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ…
काठमाडौं: कृषि विकास बैंकको बैङ्किङ्ग प्रणालीमा अनधिकृत प्रवेश गरेर लुटिएको झन्डै एक करोड ५६ लाख रुपैयाँ सुरक्षित रहेको खुलेको छ। नेपाल प्रहरीले यस घटनामा जोडिएका हालसम्म ११ जनालाई पक्राउ गरिसकिएकोले लुटिएको रकम पनि सुरक्षित नै रहेको, अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकृतले पहिलोक्लिकलाई बताए। पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, रसुवाका लक्ष्मी तामाङ, निर्मला तामाङ, नीमा तामाङ सञ्जय घले, सर्लाहीका पुष्पराज खड्का, नुवाकोटका लेवाङ तामाङ र लमजुङका विद्या सागर लगायत छन् । कृषि विकास बैंकको लाहान शाखाबाट बैंकिङ प्रणालीमा प्रवेश गरेको अज्ञात व्यक्तिबाट परिचालित समूहले स्टेटमेन्टभित्रै आक्रमण गरेर उक्त रकम ट्रान्सफर गराएर निकाल्न सफल भएको अनुसन्धानमा संलग्न…
काठमाडौं: कृषि विकास बैंकले सिस्टम ह्याक गरी बैंकको रकम चाेरी भएकाे सवालमा नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको छ। राष्ट्र बैंक आज बिहानैदेखि सोही विषयमा छलफलमा जुटेको छ। कृषि विकास बैंकले चार करण रकमसम्म तलमाथि भएको जनाए पनि राष्ट्र बैंकलाई मौखिक रुपमा दुई करोड भन्दा बढी रकम सारिएको जानकारी गराएको थियो। तर बैंकले राष्ट्र बैंकलाई लेखेको पत्रमा भने ५० लाख रुपैयाँ सारिएको उल्लेख गरेर पत्र पठाएको छ। लाहान कार्यलयको इनकमबाट डेविट गरेर ५० लाख बिभिन्न खातामा ट्रान्सफर गरेर निकालेको भन्ने पत्र हामीकोमा आएको छ’ राष्ट्र बैंक भुक्तानी विभाग प्रमुख बमबहादुर मिश्रले थाहाखबरसँग भने। नेपाल प्रहरील झण्डै दुई करोड…
काठमाडौं: कृषि विकास बैंकको ५३ लाख भन्दा बढी रुपैयाँ बढी रकम चोरी भएकोको सवालमा ब्यालेन्स सिट नै ह्याक गरेको आशंका गरिएको छ। यस विषयमा कृषि विकास बैंकले राष्ट्र बैंकलाई जानकारी गराइसेको छ। बैकले साढे २ करोड ह्याक भईसकेकाे पुष्टि गरेको छ। चार कराेड रकम चाेरी भएकाे कृषि विकास बैंक स्रोतले जनाएकाे छ। बैककाे पाँच वटा शाखाबाट पैसा निकालिए बताएकाे छ। ‘अहिलेसम्म बैकका चार/पाँचवटा शाखा मार्फत ह्याकिङ गरिएकाे सूचना आएको छ’ कृषि विकास बैक स्राेत भन्छ, ‘झण्डै चार करोड रकम तलमाथि भएकाे हुन सक्ने देखिएको छ, साढे २ करोड पुष्टि भइसकेकाे छ।’ बैंककाे नाफा नाेक्सान खाताबाट साे…
काठमाडौँ: राष्ट्र बैंकका अनुसार कूल ७५३ स्थानीय तहमध्ये ७३७ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । प्रदेश नं १ मा कूल १३७ स्थानीय तहमध्ये १३६ मा बैंकका शाखा खुलेका छन् । प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये १३४, प्रदेश नं ३ का ११९ स्थानीय तहमध्ये ११७, गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ८४ मा ‘क’ वर्गका वाणिज्य बैंकको उपस्थिति देखिएको छ । यस्तै प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । कर्णाली प्रदेशको ७९ स्थानीय तहमध्ये ७५ र सुदूरपश्चिम प्रदेशको कूल ८८ स्थानीय तहमध्ये ८२ मा बैंकको शाखा खुलेको केन्द्रीय बैंकले जनाएको…
काठमाडौं:प्रहरीले कृषि विकास बैंकको रकम ट्रान्सफरगरी लुटापाट गरेको आरोपमा १० जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार राती अबेरसम्म प्रहरीले उनीहरलाई काठमाडौ र काठमाडौ बाहिरबाट नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार कृषि विकाश बैंकको केन्द्रीय शाखाबाट करिब ५३ लाख रुपैयाँ रकम टान्सफर गरी एटिएमबाट निकालेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । कृषि विकास बैंकको विभिन्न शाखामात्र ट्रान्सफर गरेर केन्द्रीय शाखाबाट सो रकम निकालेको देखिएको प्रहरीले जनाएपनि कसरी निकालियो भन्ने बारेमा प्रहरी आफै अन्यौलमा परेको छ । यसरी ट्रान्सफर भएको रकम निकाल्ने १० जनामध्ये तीन जनालाई आइतबार काठमाडौंबाट र अन्यलाई काठमाडौं बाहिरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंका…
काठमाडौं : दूधको मूल्य अस्वाविक रुपमा बढाउने दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय, लैनचौरका तत्कालीन महाप्रबन्धक गंगा तिमसिनालाई भ्रष्टाचार मुद्दा चलाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौने ४७ लाख विगोसहित उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। २०६९ माघ २२ मा महाप्रबन्धक तिमसिनाले प्रतिलिटर ढुवानी मूल्यमा आफूखुसी पाँच प्रतिशत मूल्यवृद्धि गर्ने निर्णय गराएका थिए। उनले अस्वाभाविक बढी भुक्तानी दिई आफूहरुलाई फाइदा पुर्याउने र दुग्ध विकास संस्थानलाई हानिनोक्सानी पुर्याएका थिए। यो मुल्यबृद्धि सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४, दुग्ध विकास संस्थान आर्थिक प्रशासन सम्बन्धी विनियमावली, २०६६ को साथै दुग्ध विकास संस्थान खरिद व्यवस्थापन शाखा, प्रशासन व्यवस्थापन विभाग र आर्थिक…
गुल्मी: तीन दिनको अवधिमा जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा आइतबारदेखि लगातार रुपमा घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको गुल्मी दरबारका अध्यक्ष अशोककुमार थापाले जानकारी दिनुभयो । यसरी चोरी भएका स्थानमा गुल्मीदरबार–१ अन्तर्गत बलीथुममा आठ र वडा नं २ अन्तर्गत जुभुङको झिरबासमा २१ गरी २९ घरमा चोरी भएको छ भने रेसुङ्गा–१३ अन्तर्गत दुबीचौरमा १५ घरमा चोरी भएको वडाध्यक्ष खुमबहादुर खत्रीले बताउनुभयो । रातिको समयमा चोरी गर्दै आइरहेका व्यक्तिहरुले कतिपय घरमा मानिस सुतिरहेको अवस्थामा ढोका फोडी घरभित्र पसेर दराज र अटेजी फुटाइ नगद, गरगहाना र सुनलगायतका सामग्री चोरी गरी…
काठमाडौँ: शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा निर्माण शुरु गरेको दीर्घकालीन फोहर सङ्कलनस्थल निर्माणको काम दुई सातादेखि रोकिएको छ । बञ्चरेडाँडा जाने बाटो सिसडोलमा पहिरो गएपछि नुवाकोट र धादिङको सिमानामा निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापनको काममा समस्या आएको मन्त्रालयले जनाएको छ । लगातारको वर्षाका कारण निर्माणस्थलसम्म जाने बाटोमा पहिरो गएपछि निर्माणको काममा समस्या आएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ । उक्त काम सकेपछि निर्माणको काम अघि बढ्नेछ । डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम सकी दुई साताअघि निर्माणकार्यअन्तर्गत माटो मिलाउने काम भइरहेको थियो । हाल निर्माण भइरहेको दीर्घकालीन फोहर…
काठमाडौं : विमानस्थलभरि नेपाली ध्वजावाहक जहाज देखेपछि एकपटक प्रधानमन्त्रीले सहयात्री साथीलाई सोधेछन्, ‘नेपाल वायुसेवा निगमसँग निकै धेरै जहाज पो रहेछन्।’ ती साथीले भनेछन्, ‘ठीक भन्नुभयो प्रधानमन्त्रीज्यू, जहाज थुप्रै छन्। उड्दैनन् र यहाँ धेरै देखिएका छन्। मैदानभरि छन्। वाइडबडी पनि छन्। तर, जमिनमा छन्। आकाशमा छैनन्।’ प्रधानमन्त्री केपी शर्मा ओलीले निगम दिवसमा यो प्रसंग सुनाउँदा त्यही संस्थाका कर्मचारीले परर्र ताली बजाए। जुलाई १ मा त्यसो भनेको तीन महिना बित्न लाग्यो, थन्किएका जहाज उडेनन्। बरु उडिरहेका थप थन्किए। सुन्दै अचम्म ! निगमसँग १४ जहाज छन्, उड्छन् ६ वटा। बाँकी सबै प्रधानमन्त्रीले भनेजस्तै ‘जमिनमा छन्।’ प्रायः ग्राउन्डेड बेलामा मर्मत नगरी ठूलो समस्या निम्त्याएर…