Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
- १०९ विद्यालयमा साढे ६ अर्ब लगानी, के के मा हुनेछ खर्च?
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनाका सबै मुद्दा खारेज गर्ने सहमति भएको बताएका छन्। आइतबार सुनसरीको झुम्कामा आयोजना गरिएको जितिया महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरुले प्रधानमन्त्री निवासमै छलफल गरेर मुद्दा खारेज गर्ने सहमति गरेको बताए। अध्यक्ष प्रचण्डले मुद्दा खारेज भएसँग जेलमा रहेका थारु नेता रेशम चौधरी छुट्न सक्ने संकेत गरे। ‘केही समयपछि सबै झुटा मुद्दाहरु खारेज हुन्छन् र बन्दी अवस्थामा रहेका थारुहरु मुक्त हुन्छन्’, उनले भने। उनले रेशम चौधरीको नाम उल्लेख नै नरी जनताको मतद्वारा चुनिएकाहरु ससम्मान आउने वातावरण बन्ने आफ्नो विश्वास रहेको बताए। उनले वर्तमान संविधान सहमतिको…
काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा ५–६ दिन बिराएर वितरण हुने पानी अहिले २ दिन बिराएर वितरण गर्न थालिएको छ । बाग्मतीमा पानीको बहाव बढेकाले अहिले काठमाडौंका विभिन्न ठाउँहरुमा पानीको आपूर्ति सहज बन्दै गएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले महांकाल, महाराजगञ्ज र बानेश्वरको मीनभवनस्थित पानी ट्यांकीमा जम्मा भएको पानी २ दिन बिराएर वितरण गर्न थालेको हो । खानेपानी मन्त्री बिना मगरको निर्देशनमा केयुकेएलले काठमाडौंका मुख्य ठाउँहरुमा पानीको वितरणलाई तीव्रता दिएको छ । वर्षातको समयमा बाग्मतीमा पानीको बहाव बढेकाले उक्त पानीलाई सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाएर प्रशोधन गरी वितरण गरिएको केयुकेएलका कम्पनी सचिव मिलन शाक्यले जानकारी…
काठमाडौँ: सरकारले पहिलो पटक ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई प्रदान गरेको छ । सरकारले राष्ट्रका निम्ति विशिष्ट योगदान पु¥याउने प्रतिभाका लागि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग दिने निर्णय गरी २०७५ साल मङ्सिर १७ गते रु दुई करोड २० लाखको कोष शुरु गर्ने निर्णय गरेको थियो । सो पुरस्कार पहिलो पटक आज डा रुइतलाई प्रदान गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा रुइतलाई रु पाँच लाखको राशिसहितको सो पुरस्कार प्रदान गर्नुभयो । त्यसैगरी राष्ट्रपति भण्डारीले कृषि क्षेत्रमा अत्याधुनिक प्रविधिको तथा उपकरणको आविष्कार गर्ने…
काठमाडौँ: शङ्खरापुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ । यहाँको पटाप र छापभञ्ज्याङ तामाङ बस्तीको बाहुल्यता रहेको बस्ती हो । यहाँका बासिन्दाले सहज रुपमा यातायात सेवा पाउन सकेका छैनन् । यस्तै साँखु, जरसिंह पौवा हँुदै मेलम्ची पुग्ने सडकखण्डमा बर्खाको समयमा गाडि चल्दैन । अरुबेला पनि यो सडको अवस्थता उस्तै छ । हिलो र खाल्टाखुल्टीले गाडी चलाउन मुश्किल छ । केराघारीका बासिन्दा सवारीसाधन प्रयोग गर्न एक घण्टा उकालो चढेर छापसम्म पुग्छन् । स्थानीय वीरबहादुर तामाङ यातायातसँगै विद्यालय र स्वास्थ्य चौकीबाट समेत सेवा लिन सहज नभएको बताउनुहुन्छ । जहरसिंहपौवाबाट एक घण्टा हिँडेपछि पुगिने बस्ती हो घट्टेकुलो । यहाँका…
विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले मुलुकमा एकता कायम गर्न र विकास कार्यलाई तीव्रता दिन सुशासन कायम गर्नुपर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले मुुलुकमा सुशासन कायम गर्न कमी कमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्ने कुरामा जोड दिए । अध्यक्ष दाहालले अहिले केही मात्रामा बढेको अराजक गतिविधि र उछृङ्खल क्रियाकलापप्रति सरकार र राजनीतिक दल गम्भीर भएको बताउँदै उनले यस्ता क्रियाकलापले वर्तमान प्रणालीमा कुनै खतरा नभएको टिप्पणी गरे । उनले अराजक गतिविधि र उछृङ्खल क्रियाकलापप्रति सदनमा भएका सबै राजनीतिक दलले प्रतिवाद गर्नुपर्ने कुरामा जोड दिँदै भ्रष्टाचारको विरुद्धमा सरकार अघि बढेको…
काठमाडौँ: नक्कली धितोमा ऋण लिएको अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको हो । लुम्बिनी बैंकलाई मर्ज गर्नुअघि नै गएको ऋण दूरुपयोग भएको हो। हेटौंडाका सुरेन्द्र श्रेष्ठले झापाको जग्गा धितोमा राखेर बैंकबाट ऋण चलाएका थिए। उनले ऋण लिँदा बैंकमा बुझाएको सबै कागजपत्र नक्कली भएको पुष्टी भएको छ। सुरेन्द्रले ऋण तिर्न छाडेपछि बैंकले सम्पति लिलामी गरेर उठाउन खोजेको थियो। उनले राखेको धितो खोज्दै जाँदा खोला बगेको भेटियो। उनले राखेको कागजपत्र सबै नक्कली भएको पुष्टि भएपछि बैंकले ‘किर्ते’ कागजपत्र बनाएको भन्दै प्रहरीलाई अनुसन्धानका लागि…
काठमाडौं : सुनको भाउ आइतबार फेरि बढेको छ । पछिल्लो समय सुनको मूल्यमा तीब्र उतारचढाव हुँदै आएको छ । शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ बढेर ७१ हजार ३ सय रुपैयाँ पुगेको हो । यस्तै, तेजाबी सुन पनि प्रतितोला ३ सय रुपैयाँले नै बढेर ७१ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । यता, चाँदीको मूल्य पनि ५ रुपैयाँ वृद्धि भएर तोलाको ८६५ रुपैयाँ पुगेको छ । अहिले चाडवार्डको सिजन हो । चार्डवार्ड नजिकिएसँगै सुनको माग बढ्ने गर्छ । तर, यो वर्ष सुनको मूल्यमा भारी वृद्धि भएकाले पर्वमा समेत सुनको माग…
काठमाडौं: राष्ट्रिय बीमा संस्थानले दिने जीवन बीमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै प्राप्त हुन् भएको छ । पूर्णसरकारी स्वामित्वको नेपालकै पुरानो सो जीवन बीमा कम्पनीले बीमक र बीमितहरुका लागि उपयोगी हुने मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो । संस्थानले संविधान दिवसको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘राष्ट्रिय बीमा संस्थान’ नामक मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो । मोबाइल एप्सको सार्वजनिक गर्दै संस्थानका अध्यक्ष धनीराम शर्माले मोबाइल एप्लिकेशन सुरुवात मात्र रहेको बताउँदै भने – ‘यो एप सुरुवात मात्र हो । यसमा प्रयोगकर्ता, बीमित तथा बीमकको आवश्यकता र माग अनुसार नयाँ नयाँ सुविधाहरू पनि थप्दै लैजाने छौ ।’ मोबाइल…
भक्तपुर: सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको छ । भोजपुरको षडानन्द नगरपालिका–४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ः०० बजे सल्किएको आगो फैलिएर पुराना कपडाबाट रुवा बनाउने उक्त उद्योगमा आगो लागेको कामदारले बताएका छन् । के कारणले आगलागी भयो भन्ने यकिन नभए पनि आगलागीका क्रममा उद्योगमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएपछि कारखानामा आगो फैलिएको थियो । काठमाडौँ र भक्तपुरको वारूणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिएको छ । आगलागीबाट कारखानामा रहेका कपडा, कपडा पेलेर बनाइएको कालो कपास, मेशिन, औजार…
काठमाडौं : सुन्दा गर्वै लाग्छ- नेपाल एयरलाइन्स सीधै जापान उड्न थालेको छ। यसको व्यापारिक हालत भने पीडादायी छ। अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तै आउँछ। अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए। अहिलेसम्मको औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ। २ सय ७६ सिट क्षमताको वाडइबडी विमान अगस्ट ३१ मा त काठमाडौंबाट १८ जना बोकेर उड्यो। ‘ओसाका सेक्टर अत्यधिक घाटाको उडान हो’, निगमका उच्च अधिकारीहरू भन्छन्, ‘भाडा, दूरी र खर्च हेर्दा यस रुटको अकुपेन्सी ८० प्रतिशतभन्दा माथि पुगे मात्र नाफामा जान्छ।’ लामो गन्तव्य नपाएर एक वर्ष अलमलिएको वाइडबडी ओसाका उडाउने तयारी भइरहेको थियो। निगम दिवस जुलाई…