काठमाडौँ: नक्कली धितोमा ऋण लिएको अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको हो ।
लुम्बिनी बैंकलाई मर्ज गर्नुअघि नै गएको ऋण दूरुपयोग भएको हो। हेटौंडाका सुरेन्द्र श्रेष्ठले झापाको जग्गा धितोमा राखेर बैंकबाट ऋण चलाएका थिए।
उनले ऋण लिँदा बैंकमा बुझाएको सबै कागजपत्र नक्कली भएको पुष्टी भएको छ। सुरेन्द्रले ऋण तिर्न छाडेपछि बैंकले सम्पति लिलामी गरेर उठाउन खोजेको थियो। उनले राखेको धितो खोज्दै जाँदा खोला बगेको भेटियो।
उनले राखेको कागजपत्र सबै नक्कली भएको पुष्टि भएपछि बैंकले ‘किर्ते’ कागजपत्र बनाएको भन्दै प्रहरीलाई अनुसन्धानका लागि आग्रह गरेको थियो। प्रहरीले यही बिषयमा अनुसन्धान गर्नका लागि अजय श्रेष्ठसहितलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बैंकका बहालवाला केही कर्मचारी छन् भने केही पूर्व कर्मचारीहरुसमेत छन्।
बैंक ब्यवस्थापनले भने अजयको यो मुद्दामा कुनै कसुर छैन। ‘हामीले ऋणीमाथि अनुसन्धान गर्न भनेका थियौं’ बैंक स्रोतले भन्यो, ‘ऋण पास गर्नेसम्म अनुसन्धान हुनसक्छ। भ्यालूएसन गर्ने भ्यालुएटरमाथि अनुसन्धान हुनु पर्नेमा सिधै उच्च ब्यवस्थापनको मान्छेलाई समाइयो। यो बद्नाम गर्ने नियोजित षड्यन्त्रजस्तो देखिएको छ।’