Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले मुलुकमा एकता कायम गर्न र विकास कार्यलाई तीव्रता दिन सुशासन कायम गर्नुपर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले मुुलुकमा सुशासन कायम गर्न कमी कमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्ने कुरामा जोड दिए । अध्यक्ष दाहालले अहिले केही मात्रामा बढेको अराजक गतिविधि र उछृङ्खल क्रियाकलापप्रति सरकार र राजनीतिक दल गम्भीर भएको बताउँदै उनले यस्ता क्रियाकलापले वर्तमान प्रणालीमा कुनै खतरा नभएको टिप्पणी गरे । उनले अराजक गतिविधि र उछृङ्खल क्रियाकलापप्रति सदनमा भएका सबै राजनीतिक दलले प्रतिवाद गर्नुपर्ने कुरामा जोड दिँदै भ्रष्टाचारको विरुद्धमा सरकार अघि बढेको…

Read More

काठमाडौँ: नक्कली धितोमा ऋण लिएको अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको हो । लुम्बिनी बैंकलाई मर्ज गर्नुअघि नै गएको ऋण दूरुपयोग भएको हो। हेटौंडाका सुरेन्द्र श्रेष्ठले झापाको जग्गा धितोमा राखेर बैंकबाट ऋण चलाएका थिए। उनले ऋण लिँदा बैंकमा बुझाएको सबै कागजपत्र नक्कली भएको पुष्टी भएको छ। सुरेन्द्रले ऋण तिर्न छाडेपछि बैंकले सम्पति लिलामी गरेर उठाउन खोजेको थियो। उनले राखेको धितो खोज्दै जाँदा खोला बगेको भेटियो। उनले राखेको कागजपत्र सबै नक्कली भएको पुष्टि भएपछि बैंकले ‘किर्ते’ कागजपत्र बनाएको भन्दै प्रहरीलाई अनुसन्धानका लागि…

Read More

काठमाडौं : सुनको भाउ आइतबार फेरि बढेको छ । पछिल्लो समय सुनको मूल्यमा तीब्र उतारचढाव हुँदै आएको छ । शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ बढेर ७१ हजार ३ सय रुपैयाँ पुगेको हो । यस्तै, तेजाबी सुन पनि प्रतितोला ३ सय रुपैयाँले नै बढेर ७१ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । यता, चाँदीको मूल्य पनि ५ रुपैयाँ वृद्धि भएर तोलाको ८६५ रुपैयाँ पुगेको छ । अहिले चाडवार्डको सिजन हो । चार्डवार्ड नजिकिएसँगै सुनको माग बढ्ने गर्छ । तर, यो वर्ष सुनको मूल्यमा भारी वृद्धि भएकाले पर्वमा समेत सुनको माग…

Read More

काठमाडौं: राष्ट्रिय बीमा संस्थानले दिने जीवन बीमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै प्राप्त हुन् भएको छ । पूर्णसरकारी स्वामित्वको नेपालकै पुरानो सो जीवन बीमा कम्पनीले बीमक र बीमितहरुका लागि उपयोगी हुने मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो । संस्थानले संविधान दिवसको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘राष्ट्रिय बीमा संस्थान’ नामक मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो । मोबाइल एप्सको सार्वजनिक गर्दै संस्थानका अध्यक्ष धनीराम शर्माले मोबाइल एप्लिकेशन सुरुवात मात्र रहेको बताउँदै भने – ‘यो एप सुरुवात मात्र हो । यसमा प्रयोगकर्ता, बीमित तथा बीमकको आवश्यकता र माग अनुसार नयाँ नयाँ सुविधाहरू पनि थप्दै लैजाने छौ ।’ मोबाइल…

Read More

भक्तपुर: सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको छ । भोजपुरको षडानन्द नगरपालिका–४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ः०० बजे सल्किएको आगो फैलिएर पुराना कपडाबाट रुवा बनाउने उक्त उद्योगमा आगो लागेको कामदारले बताएका छन् । के कारणले आगलागी भयो भन्ने यकिन नभए पनि आगलागीका क्रममा उद्योगमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएपछि कारखानामा आगो फैलिएको थियो । काठमाडौँ र भक्तपुरको वारूणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिएको छ । आगलागीबाट कारखानामा रहेका कपडा, कपडा पेलेर बनाइएको कालो कपास, मेशिन, औजार…

Read More

काठमाडौं : सुन्दा गर्वै लाग्छ- नेपाल एयरलाइन्स सीधै जापान उड्न थालेको छ। यसको व्यापारिक हालत भने पीडादायी छ। अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तै आउँछ। अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए। अहिलेसम्मको औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ। २ सय ७६ सिट क्षमताको वाडइबडी विमान अगस्ट ३१ मा त काठमाडौंबाट १८ जना बोकेर उड्यो। ‘ओसाका सेक्टर अत्यधिक घाटाको उडान हो’, निगमका उच्च अधिकारीहरू भन्छन्, ‘भाडा, दूरी र खर्च हेर्दा यस रुटको अकुपेन्सी ८० प्रतिशतभन्दा माथि पुगे मात्र नाफामा जान्छ।’ लामो गन्तव्य नपाएर एक वर्ष अलमलिएको वाइडबडी ओसाका उडाउने तयारी भइरहेको थियो। निगम दिवस जुलाई…

Read More

चितवन : भरतपुर महानगरपालिका–२९ जुगेडीस्थित नारायणगण–मुग्लिन सडकखण्डमा बसको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट रोल्पाका लागि जाँदै गरेको ना४ख २६०७ नंको बसले अन्दाजी २८ वर्षीय पुरुष व्यक्तिलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन ।दुर्घटना राति १२ः३० बजे भएको हो । शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौँ :  नेपाल प्रहरीले रु ९७ हजार नगदसहित १४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार साँझ गोङ्गबुको छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले टोखा नगरपालिका–९ म्याग्दीचोकस्थित प्रेम गौचनको घरमा रु ८७ हजारसहित नौ जनालाई र टोखा नगरपालिका–९ कल्पना लिम्बूले सञ्चालन गरेको पूर्वेली खाजा घरबाट रु ११ हजार नगदसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा १० पुरुष र चार महिला जुवाडे रहेका छन् । यसैगरी, शनिबारै गोङ्गबुका विभिन्न होटल, लज र रेष्टुरेन्टमा बसेर…

Read More

काठमाडौं : दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आज आइतबारबाट बसको टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले टिकट बुकिङ सुरु गर्न लागिएको हो । आज आइतबारबाट लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ सुरु हुन लागेको हो । नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । आजबाट कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेल लगयतका स्थानमा अग्रिम बुकिङ सुरु हुनेछ । दशैंमा करिब ३० देखि ३५ लाखले काठमाडौं छाड्ने अनुमान छ…

Read More

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण पक्का भएको पार्टी नेताहरुलाई जानकारी गराएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीको भ्रमण हुने भएको जानकारी गराएका हुन् । यद्यपि उनले भ्रमणबारे धेरै बताएनन्, ‘एजेण्डा नै बनाएर फेरि छलफल गरौंला’ भनेको सचिवालयका एक नेताले जानकारी दिए । राष्ट्रपति सी जिनपिङ दशैं लगतै भारत हुँदै नेपाल आउने छन् । सी भारत९चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन दिन अनौपचारिक छलफल गरेर उनी नेपाल आउनेछन् । …

Read More