Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: बेलायती संसद्मा नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवद्र्धन गरिने भएको छ । बेलायतस्थित हाउस अफ लर्ड्स (बेलायतको माथिल्लो सदन)मा भ्रमण वर्षको प्रचार प्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । बेलायतको हाउस अफ लर्ड्समा भ्रमण वर्ष घोषणाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई बेलायत पुगिसक्नुभएको छ । मन्त्री भट्टराईसँगै भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्डका पदाधिकारीको पनि सहभागिता रहेको छ । प्रत्येक वर्ष हुने वल्र्ड ट्राभल मार्केट (डब्लूटीएम) को अवसरमा बेलायतमा आउँदो यही कात्तिक २१ गते हुने नेपाल भ्रमण वर्ष प्रवद्र्धनका लागि विशेष कार्यक्रम राखिएको सचिवालयले जनाएको छ । विश्वकै ठूलो ‘ट्राभल सो’ मानिएको…

Read More

काठमाडौँ: चालू आर्थिक वर्ष २०७६ /७७ को पहिलो तीन महिनामा नेपालको व्यापार घाटा ३ खर्ब ७ अर्ब पुगेको छ । समीक्षा अवधिमा नेपालबाट २७ अर्ब १६ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा ३ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । भन्सार विभागको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार आर्थिक वर्ष २०७५ /७६ को पहिलो तीन महिनाको तुलनामा आर्थिक वर्ष २०७६ /७७ को तीन महिनामा नेपालको ब्यापार घाटा १२ दशमलब ०२ प्रतिशतले कमि आएको छ । समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयात १० दशमलब ३७ प्रतिशतले घटेको छ भने निर्यात १४ दशमलब ४१ प्रतिशतले बृद्दि भएको छ ।…

Read More

जाजरकोट: त्रिपुरासुन्दरी नगरपालिका–२ रसी डोल्पाका जुनराज रोकायले खानेपानीको समस्या भएको गुनासो सुनाउन लागेको १५ वर्ष बित्यो । स्थानीय सिमखोलाको पानी खाइ रहनुभएका रोकाय अहिले त्यहाँ पानी सुक्न थालेपछि चिन्तित हुनुभएको छ । स्थानीय सरकारदेखि सबै नेतासँग पानीको गुहार माग्दासम्म पानीको लागि सुनुवाइ नभएपछि रोकायलाई सबैदेखि दिक्क लागिसकेको छ । सुक्खाडाँडामा रहेको तीन गाउँका करीब ११५ घरधुरी दैनिक खानेपानीको समस्यामा रहेका उहाँले बताउनुभयो । बढ्दो वन विनास र भिरालो जमीन भएको रसीगाउँमा स्थानीय सिमखोलीबाट आधा घण्टा हिँडेर पानी ल्याएर पिउनुपर्ने बाध्यता छ । अहिले सोही खोलाको पानीसमेत सुक्दा तीन गाउँका स्थानीयवासी पानीको चरम समस्यामा परेका अर्का स्थानीय दत्ते रोकायले बताउनुभयो ।…

Read More

काठमाडौँ: सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १६३ (२) अनुसार सोमनाथ अधिकारीलाई प्रदेश १, तिलक परियारलाई प्रदेश २, विष्णुप्रसाद प्रसाईंलाई प्रदेश ३ र अमिक शेरचनलाई गण्डकी प्रदेश प्रमुखमा सोमबार नियुक्त गरेकी हुन्। त्यस्तै धर्मनाथ यादव प्रदेश ५, गोविन्दप्रसाद कलौनी कर्णली प्रदेश र सर्मिलाकुमारी पन्त सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।

Read More

काभ्रेपलाञ्चोक: पाँचखाल नगरपालिकाले मापदण्डविपरीतका इँटा उद्योग यथास्थितिमिा सञ्चालन नगर्न व्ययसायीलाई पत्राचार गरेको छ । नगरपालिकाले उद्योगीलाई पत्राचार गरी इँटाभट्टा व्यवस्थित गरी वातावरणमैत्री बनाउन आग्रह गरेको हो । इँटा उद्योग मापदण्ड तथा नगरपालिकाद्वारा निर्माण वातावरण ऐनअनुसार उद्योग सञ्चालन गर्न उद्योगीलाई पत्राचार गरेको नगरप्रमुख महेश खरेलले बताउनुभयो । “पाँचखालमा मापदण्डविपरीतका इँटा उद्योग यथास्थितिमा सञ्चालन नगर्न व्ययसायीलाई पत्राचार गरेका छौँ, पाँचखाल उपत्यकाको वातावरण स्वच्छ बनाउन वातावरण ऐन पनि पास गरिसकेका छौँ, सोहीअनुसार उद्योग सञ्चालन गर्न अनुरोध गरिसकेको छौँ, सोहीअनुसार नभए चल्न दिँदैनौँ”, उहाँले भन्नुभयो । पाँचखालका वडा नं ७, ८, ९ र १२ मा मापदण्डविपरीतका हाल सात इँटा उद्योग र एक प्लाइउड कारखाना…

Read More

खोटाङ : जिल्लामा एकैसाथ सात ठाउँमा प्रहरी भवन निर्माण भइरहेका छन् । जिल्ला प्रहरी कार्यालयको आवासगृह, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क, मात्तिमबिर्ता, प्रहरी चौकी देवीस्थान, रतन्छा, च्यास्मिटार र बुइपाको कार्यालय भवन निर्माणाधीन अवस्थामा छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता आमोदकुमार खेरवारका अनुसार जिल्ला प्रहरी कार्यालयको आवासगृह ४८ प्रतिशत, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क ६५ प्रतिशत, मात्तिमबिर्ता ७५ प्रतिशत, देवीस्थान ९५ प्रतिशत र रतन्छा, च्यास्मिटार र बुइपाको २०र२० प्रतिशत निर्माण सम्पन्न भएको छ । आवासगृह नेपाल सरकारको नियमित बजेट ३ करोड ९० लाख ७ हजार ६ सय ७२ रुपैयाँको लगानीमा निर्माण शुरु गरिएको हो । …

Read More

पर्वत: जिल्लाको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी करिडोरको फलेवासदेखि अर्मादीसम्मको काम लामो समयदेखि अलपत्र परेको छ । दुई वर्षअघि नै ट्र्याक खुलिसक्नुपर्ने सडक अलपत्र परेपछि कालोपत्र गर्ने कार्यसमेत पछि धकेलिने भएको छ । निर्माणको काम गर्ने जिम्मा लिएको सूर्य कन्स्ट्रक्सन कम्पनीले काम अलपत्र छाडेर हिँडेको छ । विसं २०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि सडकको जिम्मा लिएको सूर्य कन्स्ट्रक्सनले काम बीचैमा छाडेर सम्पर्कविहीन भएको लामो समय बितेको छ । कन्स्ट्रक्सनले जिम्मा लिएको १४ किमी सडक सबैभन्दा धेरै बिग्रिएको कालीगण्डकी करिडोरको कार्यालयले जनाएको छ । कन्स्ट्रक्सनले फलेवास नगरपालिकाको लमायदेखि कुश्मा नगरपालिकाको अर्मादीसम्मको १४ किमी ठेक्का…

Read More

काठमाडौँ : सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो आधुनिक रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक यातायातमै कोशेढुङ्गा साबित हुने भएको छ । सुरुङमार्ग मात्र नभइ सो स्थानमा ‘फ्लाई ओभर’ पनि बन्ने भएकाले सो संरचना इतिहासमा पहिलो बन्ने भएको छ । दुई सुरुङ र एउटा ‘फ्लाई ओभर’ बन्ने उक्त सुरुङमार्गले सडकमा जाम हटाउने मात्र नभइ नेपालकै समृद्धिमा विशेष योगदान गर्नसक्ने देखिएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा सुरुङमार्गको लगानी आगामी सात वर्षमा उठ्ने उल्लेख छ । नेपालको पहिलो आधुनिक सुरुङमार्ग र पहिलो ‘फ्लाई ओभर’ लाई काठमाडौँ प्रवेशमार्गमा हुने सवारी जाम हटाउने समाधानका रुपमा…

Read More

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १६३ (२) अनुसार सोमनाथ अधिकारीलाई प्रदेश १, तिलक परियारलाई प्रदेश २, विष्णुप्रसाद प्रसाईंलाई प्रदेश ३ र अमिक शेरचनलाई गण्डकी प्रदेश प्रमुखमा सोमबार नियुक्त गरेकी हुन्। त्यस्तै धर्मनाथ यादव प्रदेश ५, गोविन्दप्रसाद कलौनी कर्णली प्रदेश र सर्मिलाकुमारी पन्त सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नवनियुक्त प्रदेश प्रमुखले मंगलबार पद तथा गोपनीयताको शपथ लिने राष्ट्रपतिका स्वकीय सचिव जीवछ साहले जानकारी दिए। ‘मंगलबार फस्टआवरमा उहाँहरूको शपथ हुन्छ’, उनले भने।

Read More

चैनपुर: बझाङको बुङ्गल नगारपालिका–१ मा निर्माणाधीन अवस्थामा रहेको ६५ मेगावाटको कालङ्गा हाइड्रपावरको सुरुङमा चार मजदूरको मृत्यु भएको छ । आइबार दिउसो करीब ३ः०० बजेतिर बुङ्गल नगरपालिकाको सानिगाढको दारिमगाढ भन्ने स्थानमा सुरुङभित्र काम गर्न जाने क्रममा उनीहरु बेपत्ता भएका थिए । बेपत्ता भएका मजदूर आज सुरुङमार्गमै मृतावस्थामा भेटिएका छन् । मृत्यु हुनेमा दैलेखका कर्णबहादुर शाही र महेन्द्र शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी रहेका इलाका प्रहरी कार्यालय बुङ्गल झापाका प्रहरी सहायक निरीक्षक अम्मर भण्डारीले जानकारी दिनुभयो । सुरुङभित्र काम गर्ने क्रममा एक्कासि गाडी बन्द भएपछि काम गरिहरेका उनीहरु बाहिर आउन नसकेका हुनसक्ने आशङ्का गरिएको छ । आइतबार उनीहरुको…

Read More