Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

हेटौँडा : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं– ३ को राजधानी र नामाङ्कनको विषय छिटो टुङ्ग्याउन मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह गरेका छन । अध्यक्ष दाहालले अब यही विषयमा अड्केर बस्ने समय नरहेको उल्लेख गर्दै राजधानी र नामको विषय सकेर विकास निर्माणमा केन्द्रित हुनुपर्ने अवस्था रहेको बताएका छन । वर्तमान सरकारलाई विकास निर्माण गरेर आमूल परिवर्तन गर्ने अवसरसँगै सबै संरचना नयाँ बनाउँदा आएका जटिलताका विषयमा चुनौती पनि रहेको अध्यक्ष दाहालको भनाइ छ । उनले कतिपय कानून बनिसकेको र कतिपय बन्न बाँकी रहेकाले अब विकास निर्माणले छलाङ मार्ने बताउँदै नेपालको विकासको गति सन्तोषजनक…

Read More

काठमाडौं : नयाँ बानेश्वरस्थित सडकमा एक चिकित्सकलाई ठक्कर दिएर भाग्ने बस प्रहरीले रामेछापमा नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बा३ख ६१४ नम्बरको उक्त यात्रुबाहक बस रामेछापमा पक्राउ गरिएको हो । बिहान करीब ६ बजेको समयमा पैदलयात्रामा निस्किएका बेला गाडीले ठक्कर दिँदा चिकित्सक डा प्रभु जोशीको निधन भएको थियो । उनी वसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत रहेका थिए । प्रहरीले सिसी टिभी फुटेजका आधारमा गाडीको खोजी गरिरहेको थियो । दुर्घटना क्षेत्रको सिसिटिभी फुटेज अनुसन्धानबाट डाक्टरलाई ठक्कर दिने सवारीसाधन त्यही भएको किटान गरिएको छ। तर, बस चालकले सो कुरा स्वीकार गरेका छैनन् ।…

Read More

काठमाडौँः उत्तरपुस्तिका सच्च्याएर र अनुत्तीर्णलाई उत्तीर्ण गरेर बदनाम राष्ट्रकै जेठो प्राज्ञिक प्रतिष्ठान त्रिभुवन विश्वविद्यालयले आफूलाई सुधारको बाटोमा अघि बढाएको छ । विश्वविद्यालयले आफूलाई सुधार्ने सिलसिलामा विगतका अनुभवबाट पाठ सिक्दै परीक्षा प्रणालीमा सुधारका काम थालेको छ भने सेवा आयोगले पनि ‘डबल कोडिङ’ परीक्षा प्रणाली शुरु गरेको हो । आयोगले हाल सञ्चालन गरिरहेको उपप्राध्यापकको परीक्षामा पहिलो पटक ‘सिङ्गल कोडिङ’ हटाएर ‘डबल कोडिङ’ शुरु गरेको हो । आयोगले कुनै पनि विषयको प्रश्नपत्र तयार गर्दा कम्तीमा तीनचार जनालाई पहिलो प्रश्न लगाउन थालेको आयोगका अध्यक्ष प्रा डा लालुप्रसाद पौडेलले बताए । ‘डबल कोडिङ’ मा उम्मेदवारले पहिले एउटा कोड नम्बर लेखेको हुन्छ…

Read More

काठमाडौं : मानवअधिकारको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्थाहरुले सरकारले द्धन्द्धकालका अपराध लुकाउन चाल चलेको भन्दै विरोध जनाएका छन् । आईसीजे, एम्नेष्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले आज संयुक्त विज्ञप्ति जारी गर्दै द्वन्द्वकालका गम्भीर अपराधलाई छिपाउने मनसायसहित पर्याप्त परामर्शविना सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगहरु पुनर्गठन गर्न खोजिएको आरोप लगाएका हुन् । दुवै आयोगमा पारदर्शीता बिना पदाधिकारी नियुक्त गर्न खोजेर नेपाल सरकार अपराधमा जिम्मेवार व्यक्तिलाई संरक्षण गर्न प्रतिबद्ध रहेकोजस्तो देखिएको उनीहरुको भनाइ छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा आयुक्त नियुक्तिका लागि नाम सिफारिस गर्न गठित पाँच सदस्यीय समितिले…

Read More

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अप्रेसन सफल भएको छ । ‘त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जमा एपेन्डिसाइटिसको अपरेसन १२ः४५ बजे सफलतापूर्वक सम्पन्न भएको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । गएराति पेट दुखेपछि प्रधानमनत्री ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो । चिकित्सकहरुको परीक्षणपछि प्रधानमन्त्रीलाई ‘एपेन्डिसाइटिस भएको भन्दै शल्यक्रिया गर्नुपर्ने बताएका थिए । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, यता ओलीको चारपटक डायलासिस भैसकेको छ । पछिल्लो पटक गत आइतबारमात्रै उनको मृगौलाको डायलासिस गरिएको थियो ।

Read More

काभ्रेपलाञ्चोक : नमोबुद्ध नगरपालिकाले नयाँ इँटा नपार्न दिएको निर्देशन अवज्ञा गर्ने इँटा उद्योगहरु अदालतबाट सोही आदेश जारी भएपछि उत्पादनको काम रोकिएको छ । जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटन, ललिपतपुर पुगेका व्यवसायीबारे उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरी इँटा उद्योगको नवीकरण नगर्न, कर लगाउने तथा उद्योग सञ्चालन गर्ने लगायतका कुनै पनि कार्य नगर्न आदेश दिएपछि उनीहरुले काम रोकेका छन । उच्च अदालतका न्यायाधीश श्रीमणकुमार गौतमको एकल इजलासले यही मङ्सिर १५ गते ‘अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा निकास दिन उपयुक्त देखिएकाले’ दुवै पक्षलाई छलफलमा बोलाएको छ । यसअघि गत महिना जिल्ला अदालत काभ्रेपलाञ्चोकले नगरमा…

Read More

काठमाडौं : सरकारले नेपाली महिला भलिबल टिमका सदस्यलाई जनही ३ लाख रुपैयाँ पुरस्कारबाट सम्मान गरेको छ । आज मंगलबार प्रज्ञाभवन कमलादीमा आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले खेलाडीलाई ३ लाख र व्यवस्थापकलाई १ लाख प्रदान गरेका हुन्। यसअघि बंगलादेशको राजधानी ढाकामा बिहीबार सम्पन्न प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेर नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको थियो। सो टोलाीले राष्ट्रिय खेलकुद परिषद्ले ऐतिहासिक उपाधि जितेको भन्दै नेपाली खेलाडीलाई नगद पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको थियो। पुरस्कार वितरण गर्न यसअघि प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने भनिए पनि स्वास्थ्यमा समस्या भएपछि उनको सट्टामा अर्थमन्त्री खतिवडा…

Read More

काठमाडौँ: प्राइम बैंकले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी रु नौ अर्ब ६८ करोड ६८ लाख ५१ हजार ७०० को १६ प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो । बैंकको उक्त लाभांश प्रस्ताव आगामी साधारणसभा एवम् नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिनेछ । शेयर लाभांश वितरणपछि बैंकको कूल चुक्ता पूँजी रु ११ अर्ब २३ करोड ६७ लाख ४७ हजार ९७२ पुग्नेछ ।

Read More

विदुर– नुवाकोटको विदुर नगरपालिका–२ दरबार क्षेत्रको कुवापानीस्थित भगवती मन्दिर परिसरमा ‘पृथ्वीनारायण शाह सङ्ग्रहालय’ निर्माण थालिएको छ । विशाल नेपालको एकीकरणको शुरुआत नुवाकोटबाट गरेका शाहसँग सम्बन्धित सामग्री र जीवनसँग जोडिएका विषयवस्तुको सचित्र उतार्ने प्रयासस्वरुप सङ्ग्रहालय निर्माण शुरु गरिएको वडा नं २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले जानकारी दिए । वडाध्यक्ष शाहीका अनुसार ७ रोपनी जग्गामा ५ करोड २८ लाख लगानीमा निर्माण थालिएको सङ्ग्रहालय २ वर्षभित्र पूरा गर्न निर्माणको जिम्मेवारी शृङ्खला निर्माण सेवा बट्टारलाई दिइएको छ । शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धादिङमार्फत ठेक्का लगाएर निर्माण थालिएको सङ्ग्रहालय ४ तलाको हुने छ ।…

Read More

ठिनी : मुस्ताङस्थित चिनीयाँ सिमा कोरला नाकामा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ (बिओपी) स्थापना हुने भएको छ । कोरला नाकाको सीमा सुरक्षाका लागि लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बिओपी स्थापना गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले मङ्सिर महिनाभित्र नेचुङमा बिओपी स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए । प्रहरी निरीक्षकको नेतृत्वमा ३५ सशस्त्र प्रहरीको टाली खटिनेछ । स्थायी पूर्वाधार तयार नहुँदासम्म सशस्त्र प्रहरीको टोली नेचुङ भन्सार कार्यालयको भवनमा बस्नेछन् । बिओपीको भवन निर्माणका लागि ३३ रोपनी जग्गा व्यवस्थापन गरेर भवन निर्माणका लागि बजेट विनियोजन भएको छ । भवन मर्मत गर्न लोमान्थाङ गाउँपालिकाले…

Read More