Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026

    होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’

    November 25, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    • अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग
    • भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव
    • नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत
    • नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल
    • सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 27
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » उपप्राध्यापकको परीक्षामा डबल कोडिङको नियम, सुधारको बाटोमा त्रिवि सेवा आयोग

    उपप्राध्यापकको परीक्षामा डबल कोडिङको नियम, सुधारको बाटोमा त्रिवि सेवा आयोग

    पहिलोक्लिकपहिलोक्लिकNovember 26, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँः उत्तरपुस्तिका सच्च्याएर र अनुत्तीर्णलाई उत्तीर्ण गरेर बदनाम राष्ट्रकै जेठो प्राज्ञिक प्रतिष्ठान त्रिभुवन विश्वविद्यालयले आफूलाई सुधारको बाटोमा अघि बढाएको छ ।

     

     

    विश्वविद्यालयले आफूलाई सुधार्ने सिलसिलामा विगतका अनुभवबाट पाठ सिक्दै परीक्षा प्रणालीमा सुधारका काम थालेको छ भने सेवा आयोगले पनि ‘डबल कोडिङ’ परीक्षा प्रणाली शुरु गरेको हो ।

     

    आयोगले हाल सञ्चालन गरिरहेको उपप्राध्यापकको परीक्षामा पहिलो पटक ‘सिङ्गल कोडिङ’ हटाएर ‘डबल कोडिङ’ शुरु गरेको हो ।

    आयोगले कुनै पनि विषयको प्रश्नपत्र तयार गर्दा कम्तीमा तीनचार जनालाई पहिलो प्रश्न लगाउन थालेको आयोगका अध्यक्ष प्रा डा लालुप्रसाद पौडेलले बताए ।

     

    ‘डबल कोडिङ’ मा उम्मेदवारले पहिले एउटा कोड नम्बर लेखेको हुन्छ । परीक्षार्थीले लेखेको त्यो नम्बर च्यातेर नयाँ कोड नम्बर दिइन्छ ।

    यो प्रणालीमा कापी जाँच गर्ने व्यक्तिलाई आफूले कसको कापी जाँच गरिरहेको छु भन्नेसमेत पत्तो हुँदैन ।

    पहिलो र दोस्रो पत्रका लागि उत्तरपुस्तीका पनि फरक–फरक हुने उनले बताए ।

     

    दुबै पत्रको कापी फरक–फरक व्यक्तिले जाँच गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । उनले भने , “फरकफरक व्यक्तिबाट कापी जाँच गर्दा निष्पक्ष हुन सहयोग पुग्ने देखिएको छ ।”

     

    आयोगले लिने परीक्षा लोकसेवा आयोगकै ढाँचामा लिन शुरु गरिएको अध्यक्ष पौडेलले बताए ।

     

    यसअघिका सबै परीक्षामा ‘सब्जेक्टिभ’ प्रश्न मात्रै सोधिने गरिएकामा अहिले एउटा पत्रमा ‘सब्जेक्टिभ’ र एउटा पत्रमा ‘अब्जेक्टिभ’ प्रश्न सोध्न थालिएको हो ।

     

    लिखित परीक्षासँगै अन्तरवार्तालाई पनि व्यवस्थित बनाउन प्रयास गरिएको उनले बताए ।

     

    अन्तरवार्ता लिने दुई जना विज्ञले एक सय पूर्णाङ्कमा घटीमा ४० र बढीमा ७० अङ्क दिनुपर्ने व्यवस्था मिलाइएको छ । दुवै विज्ञले कारण खुलाएर ७० भन्दा बढी अङ्क दिँदा मात्रै त्यो मान्य हुने उनले जानकारी दिए ।

    उनले भने, “कुनै एक जना व्यक्तिले चाहेर मात्रै बढी अङ्क दिन मिल्दैन ।”

    परीक्षा प्रणाली सुधार गर्नकै लागि अनलाईन पद्दतिबाटै फारम भर्ने व्यवस्था मिलाइएको अध्यक्ष पौडेलले बताए ।

     

    आवेदन दिन चाहने व्यक्तिले घण्टौँसम्म लाममा बसेर फारम बुझाउनुपर्ने बाध्यताको अन्त्य गर्नका लागि अनलाइन पद्धति शुरु गरिएको हो ।

    पहिले पहिले फारम भर्नका लागि देशभरबाट काठमाडौँ नै आइपुग्नुपर्ने बाध्यता थियो ।

    अहिले देशका जुनसुकै स्थानबाट फारम भर्न सकिन्छ । यसले गर्दा आवेदन दिनेको सङ्ख्या बढी हुने उनको भनाइ छ ।

     

    कार्यालयलाई डिजिटल प्रणालीमा जानका लागि सफ्टवेयर राख्नेसँगै दक्षप्राविधिक चाहिने हुँदा केही खर्चिलो देखिएको छ । उनले भने, “त्यति हुँदाहुँदै धेरैभन्दा धेरै व्यक्ति परीक्षा प्रणालीमा सहभागी हुने हामीले अपेक्षा गरेका छौँ ।”

    सेवा आयोगले नाम जस्तो स्वायत्त निकाय नहुँदा स्वायत्त रुपमा काम गर्ने वातावरण भने नभएको अध्यक्ष पौडेलले बताए ।

     

    विश्वविद्यालयका अरु शाखा जस्तै यो पनि एउटा शाखाका रुपमा रहेको छ । विश्वविद्यालयका नियमले आयोगलाई बाँधिराखेको उनले बताए ।

    कति पूर्णाङ्कको परीक्षा लिनेदेखि पास नम्बर कति राख्नेसम्म विश्वविद्यालयकै कार्यकारीले निर्णय गर्दै आएका छन् । विश्वविद्यालय बाहेक कतिपय अवस्थामा स्थानीयवासीको चाहनासमेत सम्बोधन गर्नुपर्ने उनले बताए ।

     

    आयोगले गतवर्ष पुसमा १६६ विषयका लागि ५५५ जना सह–प्राध्यापकको लागि विज्ञापन गरेको थियो । झण्डै एघार महिनापछि कात्तिक २८ देखि त्यही विज्ञापनका आधारमा परीक्षा सञ्चालन भइरहेको छ ।

     

    अघिल्लो नेतृत्वले गरेको विज्ञापनका आधारमा नयाँ नेतृत्वले परीक्षा सञ्चालन गरिरहेको हो । झण्डै नौ सय जना कर्मचारीका लागि केही समयपछि नै विज्ञापन हुने आयोगले जनाएको छ । जसमध्ये झण्डै ५५० जना खुल्लातर्फ माग हुने छ । विश्वविद्यालयमा अहिले दरबन्दीभन्दा आधा मात्रै कर्मचारी कार्यरत रहेका छन् ।

     

    त्रिवि सेवा आयोगले प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि लिइएको परीक्षामा प्राप्ताङ्क फेरबदल गरेको भनी अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष चैतन्यप्रसाद शर्मालगायतका १० जनालाई विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो ।

     

    आयोग पदाधिकारीविहीन भएपछि शिक्षामन्त्री गिरीराजमणि पोखरेलको सिफारिसमा विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पौडेललाई नियुक्त गरेका थिए ।

    Facebook Comments Box

    त्रिवि सेवा आयोग
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026

    होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’

    November 25, 2026

    अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग

    November 25, 2026

    भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव

    November 25, 2026

    नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत

    November 25, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.