Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं  : आज मंगलबार सातौं विश्व शौचालय दिवस मनाइँदै छ । दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी निकालिएको छ । ‘शौचालयको पहुँचबाट कोही बञ्चित नहोस्’ भन्ने मूल नाराका साथ निकालिएको र्‍याली भृकुटीमण्डपबाट सुरु भएर भद्रकाली, शहीदगेट, न्यूरोड हुँदै बसन्तपुरमा पुगेर सम्पन्न भएको थियो । प्रभातफेरीमा खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल, वाटर एड, वातावरण र जनस्वास्थ्य संस्था, नेपाल रेडक्रस सोसाईटी लगायत संघसंस्थाको सहभागिता थियो । र्‍यालीमा सहभागीहरुले ‘मनको मन्दिर देवालय, तनको मन्दिर शौचालय’, ‘घरघरमा चर्पी, सफा राखौं धर्ती’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । विश्व शौचालय संगठनले सन् २००१…

Read More

काठमाडौं : भारतको आसामस्थित एक कोठीबाट जबरर्जस्ती यौनधन्दामा सामेल गराइएका सातजना नेपाली महिलाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा चार जना बालिकासमेत छन् । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा त्यहाँको प्रहरीले लेन १४ को नामबाट चर्चित सिल्चारको एक कुख्यात बेश्यालयबाट उनीहरुको उद्धार गरेको हो । सिल्चारको सो कोठीमा नेपाली युवती र किशोरीहरुलाई जबरजस्ती यौन धन्दामा लगाइएको सूचना पुष्टि भएपछि नेपालबाट मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको एउटा टोली आसाम पुगेको थियो । दिल्लीबाटै भारतीय अधिकारीहरुसँग समन्वय गरेर पुगेको शक्ति समूहको टोली प्रहरीसहित पुगेर हिजो सोमवार साँझ सात जना नेपाली महिलाको उद्धार गरिएको हो…

Read More

काठमाडौंः पाँचतारे होटल सोल्टीले झण्डै २७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सोमबार बेलुका बसेको होटलको सञ्चालक समितिको बैठकले ११ दशमलव ३१ प्रतिशत नगद लाभांश र १५ प्रतिशत वोनश शेयर दिने घोषणा गरेको हो । हाल होटलको चुक्ता पूँजी ७३ करोड २६ लाख ७५ हजार रहेको छ। १५ प्रतिशत बोनस शेयर वितरण पश्चात होटलको चुक्ता पूँजी ८४ करोड २५ लाख ७६ हजार पुग्नेछ। होटलको साधारणसभा आगामी पुष २४ गते साधारणसभा हुँदैछ । साधारणसभाको मिति तय भएसँगै मंसीर २५ देखि पुष २४ गतेसम्म शेयर दाखिला खारेज दर्ता बन्द (बुक क्लोज) हुने भएको छ…

Read More

काठमाडौं : मन्त्री हेरफेरका विषयमा नेकपा अध्यक्ष प्रचण्डलाई जोडेर प्रकाशित समाचार भ्रामक भन्दै प्रचण्डको निजी सचिवालयले खण्डन गरेको छ। प्रचण्डको निजी सचिवालयले आज मंगलबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारको खण्डन गरेको हो। ‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका बिषयमा अध्यक्ष प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित र प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्सना र खण्डन गर्दछ,’ विज्ञप्तीमा भनिएको छ । ‘मन्त्री मण्डल फेरबदलको बिषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको बिषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिईरहेको तथ्य सबैमा विदितै छ,’ विज्ञप्तीमा अगाडि भनिएको छ,…

Read More

काठमाडौं: प्रधानमनन्त्री कार्यालयमातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले केही समयअघि निजी मेडिकल कलेजमा छापा मा-यो। निजी मेडिकल कलेजमाथि विद्यार्थीसँग तोकिएभन्दा बढी शुल्क लिएर ठगी गरेको आरोप लागेपछि छापा मारिएको थियो। उक्त केन्द्रलगायत अन्य निकायले निजी मेडिकल कलेजहरूले विद्यार्थीबाट तीन अर्बभन्दा बढी ठगी भएको ठहरसहितको प्रतिवेदन तयार पारेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही मेडिकल कलेजमाथि छापा मारेर कागजात नियन्त्रणमा लिएको छ। उक्त विभागले ती कलेजमा भएको लगानी नै शंकास्पद देखिएको बताएको छ। विभागका एक अनुसन्धान अधिकृतका अनुसार नेपालमा सञ्चालनमा रहेको मेडिकल कलेजहरूमा आधाजसो मेडिकल कलेजमा रहेको लगानी (प्रमोटर सेयर) को स्रोत नै शंकास्पद छ। विभागले त्यस किसिमको शंका उत्पन्न भएपछि त्यस्ता कलेजहरूलाई…

Read More

काठमाडौं : प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच तत्कालीन माओवादी र एमालेतर्फबाट मन्त्री बनेकामध्ये कसलाई हटाउने र कसलाई नियुक्ति गर्ने भन्नेमा सहमति हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठन लम्बिने भएको छ। मन्त्रिमण्डल पुनर्गठनबारे सोमबार बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न नसकेपछि मंगलबार दुई शीर्ष नेताबीच पुनः छलफल हुने भएको छ। सोमबार नै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई मन्त्रिपरिषद् पुनर्गठनका सम्बन्धमा जानकारी गराउन शीतल निवास जाने तयारी थियो। तर अध्यक्षद्वयबीच सहमति नभएपछि राष्ट्रपतिसँग भेट गर्न जाने कार्यक्रम रद्द भएको थियो। ‘सहमति नजुट्नुको कारण निकटस्थ र आफन्तको संरक्षण कसरी भन्ने नै हो,’ स्रोतले भन्यो। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले तत्कालीन माओवादीतर्फबाट मन्त्री बनेका…

Read More

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५÷७६ मा शेयरधनीलाई २५ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै सम्पन्न भएको छ । बैंकले आव २०७५÷७६ मा रु दुई अर्ब ७६ करोड खुद मुनाफा आर्जन गरेको थियो । बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी रु ११ अर्ब ७६ करोड पुग्ने बैंकले जनाएको छ । साथै साधारणसभाले जनता बैंक नेपाल लिमिटेडलाई ग्लोबल आइएमई बैंक लिमिटेडमा गाभ्ने प्रस्ताव पारित गरेको छ । सोमबार सम्पन्न साधारणसभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैंकसमक्ष अन्तिम स्वीकृतिप्राप्त गरी ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोवारका लागि अन्तिम तयारी भइरहेको छ…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा अस्थायी प्रहरी पोष्ट कठुधार, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । चौधरीले नेपाल–भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरीद गरी ल्याउन सहज गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आयोगको आरोप छ । सेवाग्राहीसँग घुस लिएको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय बर्दिबासबाट गएको टोलीले चौधरीलाई रु १३ हजार घुससहित नियन्त्रणमा लिएको थियो । यस्तै मालपोत कार्यालय पर्साको आर्थिक वर्ष २०७०÷७१ को रजिष्ट्रेसन फाँट ‘ख’मा लिखत पास गर्दा लाभकर नलिएको तथा एउटै नम्बर राखी विभिन्न रजिष्ट्रेसन पास गरेको आरोपमा तत्कालीन फाँटवाला मनदकुमार…

Read More

काठमाडौँ : मनसुन शुरु भएपछि हरेक वर्ष बुटवलबाट पाल्पा जाने यात्रुका लागि सिद्धबाबाखण्ड काल जस्तै बनेर उभिन्थ्यो । पहिराका कारण दैनिकजसो नै सवारी साधन रोकिँदा यात्रा गर्नेका लागि सो मार्ग मृत्यु मार्ग जस्तै बनेको यथार्थता भोग्नेलाई मात्र थाहा छ । पटकपटक सरकार फेरिए, मन्त्री फेरिए, आयोजनाका प्रमुख फेरिए, सडक विभागका उच्चपदस्थ कर्मचारीसमेत बदलिए । स्थानीयवासी सधैँ समस्यामा नै परिरहे । पहिरामा परेका कतिका परिवार बिते, कति टुहुरा भए । अनि अपाङ्गताको जीवन अझै बाँचिरहेका पनि छन् । तिनलाई सरकार भएको र नभएको कुनै फरक परेन । सडकले जीवन लिएकाले समस्याबाट कहिले मुक्ति पाइएला भनेर बस्नुको विकल्प थिएन । किनकी राज्यले…

Read More

काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिनो अङ्कले घटेको छ । आइतबार पनि ओरालो लागेको नेप्सेले आफ्नै लय पछ्याउँदै आज पनि नेप्से ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.२४ विन्दुले घटेर एक हजार १३१.१२ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५३ विन्दुले घटेर २४८.६० विन्दुमा पुगेको छ । नेप्से झिनो अङ्कले घटेपनि कारोबार रकम भने औसतमा रहेको छ । कूल १६० कम्पनीका ११ लाख ८८ हजार ८४५ कित्ता शेयर रु ३५ करोड ६८ लाख ६१ हजार ८५७ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहका शेयर ओरालो लागेको छ…

Read More