Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
- १०९ विद्यालयमा साढे ६ अर्ब लगानी, के के मा हुनेछ खर्च?
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: काठमाडौँको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको उत्कृष्ट रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रममा भारतीय राज्यसभाका सांसद एवम् पूर्वमन्त्री विजय गोयलले चन्द्रागिरि हिल्स लिमिटेडका संस्थापक अध्यक्ष तथा सञ्चालक हेमराज ढकाललाई सो पुरस्कार प्रदान गर्नुभएको हो । सोही कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहलाई यस वर्षको उत्कृष्ट युवा महाप्रबन्धक अवार्ड (योङगेष्ट जनरल म्यानेजर अफ द इयर) प्रदान गरिएको थियो । भारत पर्यटन विकास निगम, हस्पिटालिटी इन्डिया र जिटीसी इभेन्ट संस्थाले हरेक वर्ष प्रदान गर्ने यो अन्तर्राष्ट्रिय पुरस्कार यस वर्ष उक्त रिसोर्टलाई प्रदान गरिएको चन्द्रागिरि…
भद्रपुर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा तत्काल आउन आह्वान गर्नुभएको छ । झापास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभामा आज बोल्दै उहाँले हिजोका दिनमा संविधानसभामार्फत सबै विचारलाई अटाउन सकिने संविधान निर्माणमा विप्लव समूहसमेत लागेको स्मरण गराउँदै अहिले आएर आन्दोलनमा लाग्ने कार्य जायज हुन नसक्ने बताउनुभयो । “मैले यसअघि नाम उच्चारण नगरी भन्थे, आज नामै उच्चारण गर्दै भन्छु”, उहाँले भन्नुभयो, “आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा आउनुहोस्, तपाईँहरुका भावना र चाहनालाई जनताबाट अनुमोदन गराएर चाहेजस्तै परिवर्तन ल्याउनुहोस् ।” हतियार र हिंसाको राजनीति त्यागेर संसद्मा आउन र चाहेजस्तो परिवर्तन गर्न पाउने…
कावासोती: संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी अभियान अगाडि बढाएको बताउनुभएको छ । कावासोती नगरपालिका–१५ मा तराई भूपरिधि (ताल) परियोजना र कावासोती नगरपालिकाद्वारा निर्मित मुसहर सुरक्षित आवास कार्यक्रमअन्तर्गत घर हस्तान्तरण तथा घरबास (होमस्टे) उद्घाटन कार्यक्रममा मन्त्री भट्टराईले हाल करीब १३ लाख पर्यटक नेपाल भित्रिएको जानकारी दिनुभयो । उहाँले घरबासको स्तर वृद्धि गर्नका लागि आग्रह गर्नुभयो । मन्त्री भट्टराईले स्थानीय उत्पादन प्रयोगमा जोड दिनुभयो । “घरबासले स्थानीय उत्पादन र संस्कृति संरक्षणमा सहयोग पु¥याएको छ, यसलाई थप व्यवस्थित बनाउन स्थानीय उत्पादनमा जोड दिनुपर्छ”, मन्त्री भट्टराईले भन्नुभयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल…
काठमाडौँ: बचत तथा ऋण सहकारी संस्थाले ऋणको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्टेरेस्ट रेट) कार्यान्वयन नगरेको भन्दै सरकारले सहकारी ऐन, २०७४ अनुसार कानूनी कारवाही अगाडि बढाउने भएको छ । सरकारले साउन १९ गतेबाट लागू हुने गरी सन्दर्भ ब्याजदर निर्धारण गरेको थियो । नेपालमा झण्डै ३५ हजार सहकारी संस्था छन् । जसमध्ये १३ हजार ९९७ सहकारी संस्थाले बचत सङ्कलन तथा कर्जा प्रवाह (बैंकिङ कारोवार) गर्ने गरेका छन् । आर्थिक कारोवार गर्ने बचत तथा ऋण सहकारी संस्थाले बचतकर्तासँग चर्को ब्याज असुली गरेपछि सरकारले सहकारी ऐन, २०७४ को दफा ५१ अनुसार सन्दर्भ ब्याजदर निर्धारण गरेको थियो । ऐनको दफा ४१ को उपदफा (४) अनुसार…
काठमाडौँ: वाग्मती सफाइ महाअभियानमा नेपालस्थित पाँचवटा राजदूतावासका प्रतिनिधि पनि उपस्थित भएर ऐक्यबद्धता जनाएका छन् । वाग्मती सफाइ महाअभियानको ३४०औँ हप्तामा थापाथली पुलपारी ललितपुरतर्फको नदी क्षेत्रमा सफाइ गरिएको थियो । सफाइमा अमेरिका, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका प्रतिनिधि सहभागी भएर सक्रियता देखाएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा २५ वटा संस्थाका ७०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पूर्वमुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, ललितपुर महानगरपालिका–१० का जनप्रतिनिधि लगायतको पनि सक्रियता थियो । गुह्येश्वरीमाथिको…
पोखरा: युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको प्रतिष्ठानसँग जोडिएको १३औँ साग खेलकूद प्रतियोगिता भव्य र सभ्यरूपमा सफल पार्न सरकार कटिबद्ध रहेको बताउनुभएको छ । आगामी मङ्सिर १५ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको तयारीबारे प्रचार–प्रसार तथा प्रकाशन समितिद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उहाँले प्रतियोगिताका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण भइसकेको जानकारी दिनुभयो । चुनौतीका रूपमा रहेको भौतिक पूर्वाधार निर्माणसँगै सफलता प्राप्तिका लागि राष्ट्रिय टिम तयारीको काम अगाडि बढाइएको बताउँदै उहाँले खेलाडीलाई स्वदेश र विदेशमा समेत बन्द प्रशिक्षणमा सहभागिता गराइएको बताउनुभयो । दशरथ रङ्गशाला, सातदोबाटोस्थित पौडीपोखरी, पोखरा रङ्गशालामा आवश्यक भौतिक पूर्वाधार निर्माणमा बजेटको कुनै पनि कमी हुन नदिएको बताउँदै मन्त्री विश्वकर्माले प्रतियोगितामा…
काठमाडौँ: रौतहट जिल्ला अदालतले जेल चलान गर्ने आदेश दिएलगत्तै मोहम्मद आफताब आलमलाई शुक्रबार मध्यरातमा काठमाडौं ल्याइएको छ । उनलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ । जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई शुक्रबार राती नै काठमाडौं ल्याइएको छ। १२ वर्षअघि बम विस्फोट एवं ईंटाभट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका आलमलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उनलाई सुरक्षा सतर्कताका कारण राती नै काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । ८ दिन लामो थुनछेक बहस सुनेपछि शुक्रबार न्यायाधीश दीपक ढकालको इजलासले सो आदेश दिएको थियो। अब अदालतले सरकारी साक्षी र आलमका साक्षीहरूको…
काठमाडौँ: फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४० औँ महासभा बैठकका क्रममा भारतीय समकक्षीसँगको भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई देशबीचको सीमा विवाद कूटनीतिक संवादबाट चाँडो समाधान गर्न ध्यानाकर्षण गराउनुभएको छ । महासभामा नेपाली प्रमण्डलको नेतृत्व गरिरहनुभएका मन्त्री पोखरेल र भारतीय मानव संसाधन विकासमन्त्री रमेश पोख्रियाल ‘निशाङ्क’ बीच भएको भेटवार्तामा दुवै देशको शिक्षा नीति, योग तथा आयुर्वेद शिक्षा र विद्यार्थीका समस्याबारे अनुभव आदानप्रदान हुनाका साथै छिमेकी भारतले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपाली भूमि लिपुलेकलाई समावेश गरेको विषयमा समेत छलफल भएको हो । शिक्षामन्त्री पोखरेलका निजी सचिव विनोद न्यौपानका अनुसार मन्त्री पोखरेलले सीमा…
डोटी: सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहले सार्वजनिक विद्यालयमा वार्षिक क्यालेन्डर लागू गरेपछि शैक्षिक नियमितता र गुणस्तरमा सुधार देखिन थालेको छ । शिक्षा सेवाका कर्मचारीको पदस्थापनसँगै अधिकांश पालिकाले शिक्षक, अभिभावको परामर्शमा आफ्नो शैक्षिक क्यालेन्डर मुद्रण गरी विद्यालयमा पठाएपछि त्यसको कार्यान्वयन शुरु भएको हो । नौ जिल्ला र ७९ स्थानीय तह रहेको यस प्रदेशका शिक्षा विकास निर्देशनालयका कामु निर्देशक दुर्गादत्त विष्टका अनुसार विद्यालय निरीक्षक र स्रोत व्यक्तिको अभाव भई शिक्षकलाई काजमा लिएर काम गरिरहेकाबाहेक सबै स्थानीय तहले शैक्षिक क्यालेन्डर बनाइसकेको र बाँकीले चाँडै बनाउनेछन् । निर्देशक विष्टसहितको निर्देशनालयको टोलीले हालै प्रदेशका विभिन्न जिल्लाका विद्यालयका अनुगमन गरेको थियो । विगतमा साबिक जिल्ला शिक्षा…
वालिङ: खानेपानीको समस्यामा अल्झिएका वालिङ–७ ताप्केका १७० घरधुरीमा ‘एक घर एक धारा’ पुगेसँगै स्थानीयवासी हर्षित भएका छन् । खानेपानी तथा चौपायाका लागि गाग्रीमा बोकेर पानीको जोहो गर्नुपर्ने यहाँका स्थानीयवासीलाई पिठ्यूँमा पानी बोक्नुपर्ने बाध्यता हटेर गएको वालिङ–७ का वडाध्यक्ष पाण्डुकुमार थापाले बताउनुभयो । “एक गाग्री पानीका लागि गाउँभन्दा तल रहेको मुहानमा पुग्न कम्तीमा पनि आधा घण्टा समय लाग्ने गरेको थियो”, वडाध्यक्ष थापाले भन्नुभयो, “योजना सम्पन्न भएर सञ्चालनमा आएसँगै बचत भएको समय अन्य काममा लगाउन सकिने भएको छ ।” गाउँभन्दा झण्डै १९० मिटर तल रहेको ‘गापुडाँडा’ मुहानबाट पानी विद्युत्को सहाराबाट तानेर गाउँभन्दा माथि रहेको ट्याङ्कीमा सङ्कलन गरी प्रत्येक घरधुरीमा वितरण गरिएको ताप्के…