Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौ: चिकित्सा शिक्षा आयोगले एमबीबीएस (डाक्टर) अध्ययनको शूल्क बढाएको छ । अब काठमाडौं उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपैयाँ र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क कायम भएको छ । यसअघि उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार थियो । आर्थिक वर्ष २०७५ मा मुद्रास्फिति ४.५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनका आधारमा नयाँ शूल्क निर्धारण गरिएको आयोगले बताएको छ । यस्तै बीडीएस अध्ययन शूल्क २० लाख १९ हजार ५८० रुपैयाँ तोकिएको छ । यसअघि १९ लाख ३२ हजार ६१२ रुपैयाँ थियो । यो शुल्कको पहिलो एक तिहाई रकम पहिलो वर्ष र बाँकी…

Read More

काठमाडौं: गैर आवासिय नेपाली संघ (एनआरएनए)ले १२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा सम्मेलन सम्पन्न भएको नवौं विश्व सम्मेलनले उक्त घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा पर्यटन वर्षमा सघाउनेदेखि लिएर नेपालको आर्थिक विकासमा सघाउने उल्लेख छ । यस्तो छ पूर्णपाठ म मेरो एनआरएनए र मेरो नेपाल भन्ने मूल नारा सहित सम्पन्न गैरआवासीय नेपाली विश्व सम्मेलनलाई भब्य रुपमा सफल पार्न आफ्नो उपस्थिति एवं सक्रिय संलग्नता जनाउने सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय परराष्ट्रमन्त्रीज्यू, माननीय अर्थमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरू, महामहिम राजदूतज्यूहरू, कुटनीतिक नियोगका प्रमुखहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकृतज्यूहरू, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षज्यू लगायत व्यवसायिक संघरसंस्थाका अध्यक्षज्यूहरू, विकास साझेदारहरू, गैरआवासीय नेपाली…

Read More

काठमाडौँ: गैरआवासीय नेपाली संघको नवौं अधिवेशनबाट अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन्। उनी कुल आचार्यलाई पराजित गर्दै आगामी दुई बर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो । बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो । आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा २ हजार ३४० मत खसेको थियो । आचार्य नेपाली कांग्रेसका आधिकारिक उमेद्वार हुन् भने पन्तलाई गगन थापाले समर्थन गरेका थिए। जर्मनीमा होटल व्यवसाय गरिरहेका पन्त गोरखाका हुन्। पन्तले अध्ययनका सिलसिलामा वेल्जिमय हुँदै जर्मनीमा होटलमा काम गरेका थिए। अहिले जर्मनीमा…

Read More

काठमाडौं : बूढीगण्डकी (१२ सय मेगावाट, जलाशययुक्त) स्वदेशी लगानीबाट बनाउने भन्दै सरकारले जनतासित पेट्रोलियममा कर उठायो। उठ्यो ३५ अर्ब रुपैयाँभन्दा बढी। आयोजना भने अझै बन्ने/नबन्ने अत्तोपत्तो छैन। सरकारले बूढीगण्डकीका नाममा कर पनि उठाउन छाडेको छैन। आयल निगमका अनुसार घोषणा भएदेखि ३५ अर्ब ३२ करोड रुपैयाँ उठिसकेको छ। पहिलोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारले २०७२/७३ देखि ‘स्वच्छ ऊर्जा विकासका लागि बूढीगण्डकी जलविद्युत् आयोजना’का नाममा पेट्रोल, डिजेल र हवाई इन्धनमा भन्सारबिन्दुमै जनही प्रतिलिटर पाँच रुपैयाँका दरले उठाउन सुरु गरेको हो। चालू आवको साउन र भदौसम्ममा १ अर्ब ४२ करोड ५१ लाख रुपैयाँ उठिसकेको छ। यस्तो कर नउठाएको भए पेट्रोल,…

Read More

काठमाडौं: कलंकीदेखि महाराजगन्जसम्मको दोस्रो चक्रपथ विस्तारको काम थालिएको छ। सडक विभागले दसैंअघिदेखि कलंकीबाट सडक छेउछाउका रूख काट्न सुरु गरेको हो। सरकारले पहिलो चरणमा कोटेश्वरदेखी कलंकीसम्म आठ लेनको विस्तार गरेको थियो। दोस्रो चरणमा कलंकीदेखि महाराजगन्जसम्मको ८.५ किलोमिटर भाग पनि सोहीअनुसार विस्तार गर्न लागेको हो। सडक विभागका अनुसार चीन सरकारको सहयोगमा चक्रपथ विस्तार गर्न लागिएको हो। चक्रपथ विस्तारमा एक–एकवटा अण्डरपास र ओभरपास बनाउन पनि प्रस्ताव गर्न जनाइएको छ। सडक विभाग वैदेशिक सहयोग प्रमुख अर्जुनजंग थापाले भने, ‘सडक बनाउन पहिला क्लियरेन्सको काम गर्नुपर्छ। त्यसैले हामीले कलंकीबाट सडक दायाँबायाँका रूख काट्ने, विद्युतीय संरचना हटाउने, घरटहरा हटाउने काम सुरु गरेका छौं।’ उनका अनुसार चक्रपथ…

Read More

काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनको लागि मतदान प्रक्रिया सम्पन्न भएको छ । मतदानमा २३५९ मत खसेको छ । मतदान प्रक्रिया सकिएलगत्तै अहिले मुचुल्का उठाउने काम भइरहेको छ । करिब १ घण्टापछि मतगणना सुरु हुनेछ । बिहीबार बिहान १० बजेबाट हायत होटलमा मतदान प्रत्रmिया सुरु भएको थियो । बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध लगायतका काम सकिएको भएपनि साँझबाट शुरु हुने भनिएको मतदान रोकिएको थियो ।संघका उपाध्यक्ष कुमार पन्त र कुल आचार्य दुई प्यानल बनाएर मैदानमा उत्रिएका छन् । निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी थिए । बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका…

Read More

काठमाडौँ: सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमण हरेक हिसाबले सफल भएको बताएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले भने, ‘चिनियाँ राष्ट्रपति भ्रमण हरेक हिसाबले सम्पन्न भयो। यो भन्नका लागि भनिएको होइन।’ राष्ट्रपति सीको भ्रमणले नेपालप्रति सम्मान र नेपालीप्रतिको विश्वास भएको उनले बताए। ‘यो भ्रमणले नेपाल अन्तर्राष्ट्रिय जगतमा चिनिएको छ,’ उनले भने, ‘अनेक कोणबाट राष्ट्रिय/अन्तर्राष्ट्रिय मिडियामा कभरेज भएको छ।’ भ्रमण ऐतिहासिक रूपमा सफल भएको उनले बताए। ‘नेपाल अब भूजडित हुने राष्ट्रपति सीबाट प्रतिवद्धता व्यक्त भएको छ,’ उनले भने, ‘हाम्रो सम्भावनाको ढोका खुल्यो। अब हामी अप्ठेरोमा छैनौं…

Read More

काठमाडौँ: संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले घटनाबारे बयान दिन आनाकानी गरेका छन्। पक्राउपछि उनलाई प्रहरीले प्रारम्भिक सोधपुछ गरेपनि सरकारी वकिलको उपस्थितिमा थप बयान दिन भने मानेका छैनन्। बरू स्वास्थ्यका कारण अहिले बयान दिन नसक्ने चिठी अस्पतालबाट प्रहरीलाई दिन लगाएका छन्। अस्पतालबाट त्यस्तो पत्र आएको काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले पुष्टि गरे। स्वास्थ्यमा गम्भीर समस्या भन्दै उनी नर्भिक अस्पतालमा उपचार गर्न बसेका छन्। शरिरमा सुगरको मात्रा,अनिद्रा र तनाव बढेको नर्भिक अस्पतालले जनाएको थियो। असोज १९ गते पक्राउ परेका उनी २३ गते देखि नर्भिकको क्याविनमा बसिरहेका छन्। अनुसन्धानको म्याद थप्न…

Read More

काठमाडौँ: नेपाल टेलिकमले डाटा र भ्वाइसमा विशेष अफर ल्याएको छ। टेलिकमले बिहिबारदेखी लागु हुने गरी शरद ऋतु(अटम) अफर ल्याएको हो। अब ग्राहकले बिहान ६ बजेदेखी बेलुका ६ बजेसम्म १० रुपैंयाँमा १० एमबी डाटा प्रयोग गर्न सक्छन्। यस्तै भ्वाइसतर्फ बिहान ५ बजेदेखी बेलुका ५ बजेसम्म १० रुपैंयाँमा १०० मिनेट टेलिकमको नेटवर्किङ भित्र कल गर्न सक्ने कम्पनीले जनाएको छ। यसैगरी १५ एमबीपीएसको कम्बो प्याकको मूल्य घटाइएको कम्पनीले जनाएको छ। पहिलेको १ हजार २ सयको प्याकलाई १ हजार, ३ हजार ४ सयको प्याकलाई ३ हजार, ६ हजार ४ सयको प्याकलाई ५ हजार ५ सय र १२ हजार ३ सयको प्याकलाई अब १० हजार…

Read More

काठमाडौँ: परीक्षणको नाममा संकलन गरिएको सुन नै ‘गायव’ भएको विषय बाहिर आएपछि छानबिन गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले छानबिन समिति बनाएको छ । विभागका कानून उपसचिव भगवान श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । कमिटीमा अधिकृत दीपक पोखरेल, निराजकुमार खत्रीसहित गुणस्तर विभागका प्रनिनिधिसमेत रहेको महानिर्देशक गौचनले बताए । गायब गरिएको भनिएको सुनको अवस्थाबारे अध्ययन गर्न समितिलाई जिम्मेवारी तोकिएको छ । एक महिनाको समयावधि पाएको समितिले पूर्ववत सबै फाइलको खोजी गर्ने र आवश्यक कानुनी राय लिएर थप अगाडि बढ्ने महानिर्देशक गौचनले बताए । सुन र चाँदीमा मिसावट हुने गरेको विषयमा २०६९…

Read More