Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले मङ्सिर महीनाको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार हालै चीन र नेपालबीच भएको हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय समझदारीअनुरुप निगमको ग्वोञ्जाओ उडान सुनिश्चित भएको हो । “निगमको जहाज ग्वोञ्जाओ उड्ने लगभग निश्चित भएको छ, सम्भवतः मङ्सिर महीनादेखि उडान शुरु हुनेछ”, मन्त्रालयका एक अधिकारीले भने । निगमको सेफ्टी अडिटपछि मात्रै उडान अनुमति दिने चिनियाँ पक्षको सर्त थियो ।…

Read More

काठमाडौँ : युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्को इतिहास रचेका छन। ‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा हिजो आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी आकिही ओयालाई पहिलो राउन्डमा नै पराजित गरी कीर्तिमान हात पारेका हुन । युवा पुस्ताका चर्चित उदीयमान प्रतिभा घिमिरेले आफ्ना २८ वर्षीय प्रतिद्वन्द्वी ओयोलाई पहिलो राउन्डमा नै दुई मिनेट ३० सेकेन्डमा पराजित गरेका थिए । अन्तर्राष्ट्रियस्तरको सो प्रतियोगितामा जापान, नेपाललगायत अन्य देशका खेलाडीले भाग लिएका थिए । जापानमा रही बक्सिङको विशेष प्रशिक्षणमा रहेका घिमिरे काठमाडौँका चन्द्रागिरि नगरपालिका निवासी हुन । अविरल नेपालका किक बक्सिङ कराँतेका चर्चित…

Read More

काठमाडौं: वित्तीय अनियमितताको आरोपमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ सोमबारबाट निलम्बनमा परेका छन् । राष्ट्र बैंकको सोमवार बसेको सञ्चालक समितिको बैठकले उनको छानबिनको लागि समिति गठन गरेपश्चात उनी निलम्बनमा परेका हुन् । सोमवारको बैठकले ३ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ । छानबिनका लागि १ महिनाको समय दिइएको राष्ट्र बैंक स्रोतले बतायो । डेपुटी गभर्नर श्रेष्ठलाई खराब कर्जा लुकाउन सहयोग गरेको, सर्वोच्च अदालतले फैसना नगर्दै विदेशबाट ल्याएको पैसा निकाल्न सहयोग गरेको तथा एनसेलको कर छलीमा सहयोग गरेको आरोप लागेको छ । यस्तै, उनीमाथि सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी सूचना संकलन गर्न प्रयोग गरिने सफ्टवेयर चल्न…

Read More

काठमाडौं : पोषणसम्बन्धी सेवाको विस्तारका लागि पाँचौँ विश्व सम्मेलन आजदेखि राजधानीमा शुरु भएको छ । ‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ नाराका साथ शुरु भएको सो चारदिने अन्तर्राष्ट्रिय सम्मेलन दक्षिण एशियामा नै नेपालमा पहिलोपटक आयोजना भएको हो । हरेक दुई वर्षको अन्तरालमा यस प्रकारको अन्तर्राष्ट्रिय सम्मेलन हुने गर्दछ । कुपोषण न्यूनीकरण गर्ने अभियानमा जुटेका देशले सम्मेलनलाई उच्च महत्वका साथ लिएका छन् । सम्मेलनमा भाग लिन विभिन्न देशका उच्च व्यक्तित्व हिजो आइतबार काठमाडौँ आएका थिए । राष्ट्रिय योजना आयोगद्वारा संयोजन गरिएको सम्मेलनमा नेपालसहित विश्वका ८० देशका एक हजार २०० सहभागिता रहेको छ । उच्च राजनीतिक…

Read More

सिन्धुपाल्चोक: अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ मध्ये १४ को सनाखत भएको छ । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा मृत्यु भएकाको सनाखत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक १७ मध्ये १० महिला, एक बालिका र पाँच पुरुषमा तीन बालक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार सनाखत भएकाहरुमा मृत्यु हुनेमा दोलखा जिल्ला शैलुङ–६ की ५२ वर्षीया चेतकुमारी बस्नेत, शैलुङ–४ का छ वर्षीया सलिना तामाङ, शैलुङ–३ का तीन महिनाका बालक रोशन तामाङ, शैलुङ–३ कै २७ वर्षीया चमेली श्रेष्ठ रहेकी छिन्…

Read More

काठमाडौँ: सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कडा आपत्ति जनाएको छ । सरकारको उक्त निर्णयका विषयमा रातोपाटीलाई संक्षिप्त प्रतिक्रिया दिँदै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार मनपरी निर्णय गरेर द्वन्द्व निम्त्याउने बाटोमा लागेको बताए । उनले भने, ‘सरकारले गर्नु पर्ने काम धेरै छन् । तर सरकार द्वन्द्व नित्याउने बाटोमा लाग्यो । यस्तो पूर्वाग्रही कदमप्रति काँग्रेसको विमति रहन्छ ।’ संवैधानिक बाटोबाट नियुक्त भएका प्रदेश प्रमुख हटाउनुले सरकार पूर्वाग्रही सोचबाट ग्रसित भएको आरोप छ । पार्टीका नेताहरुसँगको परामर्शपछि सरकारको उक्त निर्णयको विरुद्ध कसरी अगाडि बढ्ने भन्ने योजना तय गरिने उनले बताए । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले…

Read More

काठमाडौं : सरकारले उद्योगमा प्रयोग हुने औद्योगिक कच्चा पदार्थको छुट्टै बन्दरगाह निर्माण गर्ने तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगन्जमा कच्चा पदार्थको छुट्टै बन्दरगाह निर्माण गर्ने प्रक्रिया सुरु गरेको हो। औद्योगिक उत्पादनको लागत कम गर्न औद्योगिक कच्चा वस्तुका लागि छुट्टै बन्दरगाह निर्माण हुन लागेको हो। औद्योगिक कच्चा वस्तुका लागि छुट्टै बन्दरगाह निर्माण भएपछि अहिलेको सुक्खा बन्दरगाह कन्टेनराइज्ड कार्गोका लागि मात्र प्रयोग गर्न सकिनेछ। हाल सञ्चालनमा रहेको वीरगन्जको सुक्खा बन्दरगाह नजिकको १० देखि १५ किलोमिटर आसपासमा औद्योगिक कच्चा पदार्थको बन्दरगाह निर्माण गर्न लागिएको मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए। भारतसहित तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ (क्लिंकर, कोइला,…

Read More

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ। आइतबार बालुवाटारमा बसेको केन्द्रीय सचिवालयको बैठकले कास्कीसहित देशभर रिक्त निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको हो। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको छ। भट्टराई पूर्व पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन्। सचिवालय बैठकले दाङ ३ (ख) प्रदेश सभा सदस्यका लागि विमला वली र भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाएको छ। प्रदेशसभा सदस्य अन्तर्गत बाग्लुङ २ (ख)मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ। यस्तै धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार…

Read More

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई बर्खास्त गरेकी छिन्। आज बसेको मन्त्रिपरिषद्ले सातै प्रदेशका प्रमुखहरुलाई हटाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखलाई बर्खास्त गरिएको राष्ट्रपति भण्डारीका स्वकिय सचिव भेषराज अधिकारीले जनाए। यस अघि शेरबहादुर तामाङ कानून मन्त्री हुँदा पनि प्रदेश प्रमुखहरुलाई हटाउने सहमति भएपनि हटाउन सकिएको थिएन। २०७४ साल माघ ३ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेश प्रमुखहरुको नियुक्त गरेको थियो। प्रदेश १ मा गोविन्दबहादुर तुम्बाहाङ, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशमा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, कर्णालीमा दुर्गाकेशर खनाल र सुदुरपश्चिममा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको…

Read More

काठमाडौँ: आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनको तयारीका लागि चार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन आयोगका अनुसार कास्की, भक्तपुर, बाग्लुङ र दाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आज स्थापना भएको हो । स्थानीय तहको मात्र निर्वाचन हुने ३३ जिल्लामा भने आगामी बुधबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय खोलिनेछ । उपनिर्वाचनका लागि मुलुकका ३७ जिल्लामा ४८ वटा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्ष…

Read More