Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहोरा चयन भएका छन्। आज सोमबार बिहान प्रधामन्त्री निवासमा बसेको पार्टी सचिवालयको बैठकले बोहोरालाई अनुशासन आयोगको अध्यक्ष बनाउने निर्णय गरेको हो। उनी तत्कालीन नेकपा (एमाले)का अनुशासन आयोगका अध्यक्ष थिए। त्यस्तै अनुशासन आयोगको सचिवमा अशोक रोकायालाई चयन भएका छन्। सोमबार बसेको बैठकले केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्यलाई चयन गरेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। त्यस्तै बैठकले केन्द्रीय सल्लाहकारको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा तथा ज्येष्ठ…

Read More

काठमाडौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा गोविन्द केसीले उठाएका मुख्य माग पूरा भइसकेको भन्दै अनशन तोड्न आग्रह गरेका छन । मन्त्रालयद्वारा आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा केसीले उठाएका सबैजसो माग पूरा भइसकेको भन्दै चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्न डा. केसीलाई अपिल गरे । चिकित्सा शिक्षामा सुधारको माग राख्दै आएका डा केसी ६ दिनदेखि १७औँ पटक डडेल्धुरा पुगेर अनशन बसेका छन् । डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डा केसीका समर्थकले प्रदर्शन गर्दै आएका छन् । मन्त्री पोखरेलले भने, “अहिले सिङ्गो देश कालापानी…

Read More

काठमाडौं : अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले राजधानी आउन अस्विकार गरेका छन । उनलाई उपचार गर्नका लागि नेपाली सेनाको हेलिकोप्टर डडेल्धुरा पुगेको थियो । यद्यपि डा. केसी आउन नमानेपछि हेलिकप्टर डडेल्धुरास्थित सेनाको गणमा राखिएको छ । आठ दिन अघिबाट सत्रौँं अनसन सुरु गरेका केसीको स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई लिन सेनाको हेलिकप्टर आज बिहान त्यहाँ पुगेको थियो । उनी यतिबेला डडेल्धुरा जिल्ला अस्पतालमै छन । अस्पतालले आईसीयूलगायत सुविधा नभएकोले केसीलाई सुविधासम्पन्न ठाउँमा लैजान आग्रह गरेको थियो। अस्पतालका अनुसार डा. केसीको ब्लड प्रेसर घट्न लागेको, मुटुको चालमा वृद्धि भई समस्या देखिएको, रगतमा अक्सिजनको…

Read More

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा १४ मंसिरको उपनिर्वाचन, भारतसँग सीमा विवाद र मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भइरहेको बताइएको छ । भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयमा पनि छलफल नेपालले कस्तो कुटनीतिक कदम चाल्ने भन्ने बिषयमा छलफल भइरहेको पनि बताइएको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णुप्रसाद पौडेलसहित सचिवालय सदस्यहरु पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी छन ।

Read More

काभ्रेपलाञ्चोक : प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द ‘विप्लब’ (माओवादी)का काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई एनसेल टावर आगजनी तथा बम विस्फोटको आरोप लगाइएको छ । थोकरलाई २०७५ चैत १० गते काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ सल्लेडाँडामा रहेको एनसेल (बिटिएस्) टावरमा आगजनी गरेको आरोपमा प्रहरीले अनुसन्धान गरेको हो । ‘थोकरविरुद्ध एनसेल टावरमा आगजनी तथा केही स्थानमा बम विस्फोटको आरोपमा अनुसन्धान गर्दैछौँ’, जिल्ला प्रहरीप्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले भने । बत्तीस वर्षीया थोकरलाई यही कात्तिक ६ गते राति पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै प्रहरीले पक्रेको थियो । गत असोज अन्तिम साता मात्रै विप्लब माओवादीको जिल्ला फर्मेशनमा जिल्ला सक्रेटरी भएलगत्तै थोकरलाई केही दिनपछि…

Read More

पोखरा: पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने चाहना डेढ वर्षपछि पूरा हुँदै छ। २०७८ वैशाखदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइट अपरेसन सुरु गरिने छ। एक वर्षभित्रमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य टुग्याउने योजनासहित काम धामधम भइरहेको छ। बहुप्रतिक्षित दीर्घकालीन राष्ट्रिय योजनाका रुपमा रहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सन् २०२० डिसेम्बरभित्रमा (२०७७ मंसिरसम्म) सबै काम टुंग्याएर केही रयलपयल काम सकेर फ्लाइट अपरेसन सुरु गरिने विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए। ‘क्षेत्रीय विमानस्थल निर्माण कार्यको ५० प्रतिशत टुंग्याइसकिएको छ,’ आयोजना प्रमुख मुनंकर्मीले भने, ‘सिभिल कन्स्ट्रक्सनको काम पनि अब केही महिनाभित्रै टुंग्याउने छौं। त्यसपछि इक्विपमेन्ट खरिद गरेर इन्ट्सलेसन गरेर टुंग्याउने छौं।’ अहिले १४ वटा…

Read More

काठमाडौं : भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे जंगीअड्डामा गहन छलफल भएको छ। नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा विभिन्न दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल बढेपछि नेपाली सेनाले चासो देखाएको हो। प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली भूभागको रक्षामा सुरक्षाकर्मी चुक्न नहुने भन्दै अन्य तीन सुरक्षा निकायका प्रमुखसँग छलफल चलाएका हुन्। नेपाली भूभागमा रहेको भारतीय सुरक्षाकर्मीलाई फिर्ता पठाउने र अन्य सीमा पनि सुरक्षित गर्न कूटनीतिक एवं रणनीतिक तयारीमा पनि सेना अग्रसर भएको छ। लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा पाँच दशकदेखि भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेकामा कसरी फिर्ता पठाउने भन्ने विषयमा जंगीअड्डामा सुरक्षा प्रमुखबीच बहस भएको सैन्य उच्च स्रोतले बताएको छ।…

Read More

इन्द्रसरोवर: प्रदेश राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने चोभार–दक्षिणकाली–छैमले–सिस्नेरी–कुलेखानी सडक निर्माण शुरु भएको चार वर्षसम्म पनि पूरा हुन सकेको छैन । तीन खण्डमा काम भइरहेको यो सडक तीनवटा निकायले हेर्छन् । काठमाडौँतिरको भाग सडक सुधार आयोजनाअन्तर्गतको भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली सडक योजनाले हेर्छ । मकवानपुरतर्फको आयोजना भने सडक डिभिजन हेटौँडाले ठेक्का गरी हाल पूर्वाधार विकास कार्यालय चितवनलाई हस्तान्तरण गरिएको छ । मकवानपुरतर्फ इन्द्रसरोवर गाउँपालिका क्षेत्रमा भइरहेको सडक स्तरोन्नतिको काम अलपत्र रहेकामा स्थानीय सरकारका तर्फबाट पटकपटक छिटो काम सम्पन्न गराउने पहल गर्दा पनि निर्माण व्यवसायीले अटेर गरेको अध्यक्ष जीवन लामाले राससलाई जानकारी दिनुभयो । “हामी निर्वाचित भएर आउनुअघि नै शुरु भएको योजना अहिलेसम्म सम्पन्न…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा स्थगित भएको छ। महासंघको आइतबार बसेको स्थायी समिति बैठकले विशेष साधारणसभा स्थगितको निर्णय गरेको हो। ‘नेपाल उद्योग वाणिज्य महासंघ विधान २०४९(छैठौं संशोधनसहित) संशोधनका लागि यही २०७६ कात्तिक २९ गते हुने भनिएको विशेष साधारणसभा रोकिएको ब्योहोरा सम्वन्धित सबै सदस्यज्यूहरुलाई निर्णय अनुसार जानकारीका लागि अनुरोध गर्दछु’ महासंघका महानिर्देशक धरणीधर खतिवडाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ। योसँगै वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान लगायतको संशोधनको प्रकृया तत्कालका लागि रोकिएको छ। यो साधारणसभा स्थगित भएपछि वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको भावी अध्यक्षमा चयन हुने निश्चित भएको छ।

Read More

सप्तरी: छिन्नमस्ता गाउँपालिका – ४ लालापट्टीका बासिन्दाले सीमा क्षेत्रको नेपाली भूमिमा बनाउन खोजेको श्मशानघाट गृह भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अवरोधका कारण रोकिएको छ । साविकमा बग्ने त्रियुगा खोला किनारमा पुस्तौंँपुस्तादेखि शव जलाउँदै आएका छिन्नमस्ता गाउँपालिका– ४ लालापट्टीवासीले बनाउन शुरु गरेको श्मशानघाटको आधा काम सकिएपछि एसएसबीले अवरोध गरी काम रोक्न लगाएको हो । दशगजामै खेती गर्ने र झुप्रा लगाउने गरेका भारतीयले सीमा अतिक्रमण गर्ने ध्येयले सीमा क्षेत्रको नेपाली भूमिमा श्मशानघाट बनाउन रोकेको छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका धनञ्जय यादवको भनाइ छ । छिन्नमस्ता गाउँपालिका वडा नं ४ का वडाध्यक्ष रामनन्दन पण्डितले दशगजा क्षेत्र देखाउँदै भन्नुभयो, “भारतीयहरूले दशगजामै खेती गरिरहेका छन् तर…

Read More