काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा १४ मंसिरको उपनिर्वाचन, भारतसँग सीमा विवाद र मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भइरहेको बताइएको छ ।
भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयमा पनि छलफल नेपालले कस्तो कुटनीतिक कदम चाल्ने भन्ने बिषयमा छलफल भइरहेको पनि बताइएको छ ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णुप्रसाद पौडेलसहित सचिवालय सदस्यहरु पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी छन ।