Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

डोटी: जिल्लामा दशैँ, तिहारलगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोलीले शनिबार दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा छड्के अनुगमन गरेको हो । अनुगमनका क्रममा दिपायलको पिपल्ला बजारमा रहेको दिल्पेश्वर जनरल स्टोरमा करीब रु पाँच लाख बराबरको म्याद नाघेको अखाद्य वस्तु फेलापरेको अनुगमनमा गएका दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “करीब पाँच लाखबराबरको अखाद्य वस्तु…

Read More

कास्की: पोखरामा आगामी कात्तिक पहिलो हप्तादेखि पाँचौँ संस्करणको मेरो नेपाल कप खुला नकआउट सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । देशलाई चाहिने राष्ट्रिय तथा अन्तरराष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यसहित मेरो नेपाल युवा क्लब पोखरा–१४ को आयोजनामा हुने प्रतियोगिता कात्तिक ३ देखि ८ गतेसम्म सञ्चालन हुने प्रचारप्रसार संयोजक पृथ्वी कुँवरले जानकारी दिनुभयो । यसअघि असोज १० गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी गरे पनि प्राविधिक कारणले पछि सार्नुपरेको क्लबको भनाइ छ । प्रतियोगितामा पहिलो हुने टिमले रु एक लाख ५५ हजार ५५५, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुने टिमले रु ७५ हजार ५५५ ट्रफी, मेडल प्रमाणपत्र…

Read More

अर्घाखाँची: कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले भारतबाट अनुमति विना ल्याइने विषादीमा कडाइ गर्ने बताउनुभएको छ । विश्व मुटु दिवसको अवसरमा लायन्स÷लियो क्लब अफ काठमाडौँ लर्ड बुद्धले सन्धिखर्क–५ बलेवाङमा आयोजना गरेको दुईदिने स्वास्थ्य शिविरको उद्घाटन गर्दै उहाँले विषादीले मानिसको शरीरमा गम्भीर असर पु¥याउने भएकाले यसको प्रयोगलाई कम गर्दै लैजानुपर्ने बताउनुभयो । मन्त्री खनालले खानपिनमा ध्यान दिएमा धेरै रोगबाट बच्न सकिने भन्दै समय, समयमा स्वास्थ्य परीक्षण गर्न सुझाव दिनुभयो । “मानिसहरु अन्तिम अवस्थामा पुग्दा पनि मिर्गौला र क्यान्सरबाट ग्रसित भएको थाहा नपाएको धेरै घटना भेटिए” उहाँले भन्नुभयो, “हरेक छ, छ महीनामा अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्छ ।” मन्त्री खनालले प्राङ्गारिक मलको प्रयोग…

Read More

काठमाडौँ: नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना प्रतिद्वन्द्वी क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेलाई पराजित गर्नुभएको हो । आज राजधानीमा सम्पन्न निर्वाचनमा चन्दले ४४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी पाण्डेले १५ मत पाउनुभयो । यस्तै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा केन्द्रीय सदस्यमा समेत चन्द समूहका उम्मेदवार विजयी हुनुभयो । क्यान उपाध्यक्षमा राजबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषाध्यक्षमा रोशन सिंह विजयी हुनुभयो । श्रेष्ठले ४१ तथा उहाँका प्रतिद्वन्द्वी मिङ्मा डण्डू शेर्पाले १७ मत पाउनुभयो । सचिवमा प्याकुरेलले ४३ मत पाउनुभयो भने उहाँका प्रतिस्पर्धी विनोद मैनालीले १५ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा सिंहले…

Read More

काठमाडौँ: सिंगापुरमा जारी दोश्रो दिनको त्रिकोणात्मक सेरिजको पहिलो खेलमा कप्तान पारस खड्काको अविजित १०६ रनको सतकीय पारीसंगै नेपालले सिंगापुरलाई उसैको घरेलु मैदानमा ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ। सिंगपुरले २० ओभरको खेलमा ३ विकेट गुमाउंदै १५१ रनको चुनौती पेश गरेकोमा कप्तान पारसले ५२ बलमा १०६ रनको सतकीय योगदानले नेपालको जित सुनिस्चित बनेको थियो। उसलाई आरिफ सेखले दोश्रो नम्बरमा आएर ३९ रनको व्यक्तिगत योगदान दिएका थिए। नेपालले २४ रन बाँकी छान्दै खेल आफ्नो पक्षमा पारेको हो। यस त्रिकोणात्मक सिरिजमा नेपालसहित आयोजक सिंगापुर र जिम्वावे रहेका छन्। अंक तालिका अनुसार जिम्वावे दुई खेल जित्दै पहिलो स्थानमा छ…

Read More

चितवन: गणतन्त्र पक्षधरको आलोचना गर्दै हिँडेका भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीमाथि आज यहाँ साङ्घातिक आक्रमण भएको छ । भरतपुरको चौविसकोठीमा उहाँको समूहले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो उहाँमाथि आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको होटल ग्लोवलबाट बाहिरिने क्रममा बा३ख ८४५८ नंको माइक्रोबसमा आक्रमण भएको हो । युवा समूहले ढुङ्गा, रड, लाठी प्रहार गरी माइक्रोबसभित्र रहेका शाहीसहितको समूहमाथि आक्रमण गरेको हो । प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घाइते शाही चितवन मेडिकल कलेजको उपचारपछि काठमाडौँ जानुभएको छ । उहाँको अवस्था खतरामुक्त रहेको मल्लले जानकारी दिनुभयो । शाहीले…

Read More

काठमाडौँ: नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी पूर्ण सरसफाइतर्फ अग्रसर हुने सरकारी प्रतिबद्धतालाई मिडिया तथा नागरिक समाजले सकारात्मक सहयोग गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको खुला दिसामुक्त राष्ट्र घोषणा विषयक सञ्चार अन्तरक्रिया कार्यक्रमका वक्ताले सरकारले घोषणा गरेको सकारात्मक अभियानलाई सफल बनाउनु सामाजिक दायित्व भएको भन्दै पूर्ण सरसफाई अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन सबै जुट्नुपर्ने खाँचो औँल्याउनुभयो । साथै अभियानलाई सफल बनाउन मिडियामार्फत आम जनमानसमा सचेतना फैलाइनुपर्नेमा उनीहरुले जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले खुला दिशामुक्त घोषणा गरिसकेपछिको रणनीतिक योजनाबारे जानकारी गराउँदै सफाइ कार्यक्रमलाई साझा अभियानका रुपमा अघि बढाइनुपर्ने…

Read More

चितवन: ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएको छ । अभियानले भरतपुरस्थित चौविसकोठीमा ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ सभा गर्न लागेको थियो । सभालाई शाही, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतका अभियान्ताहरुले सम्बोधन गर्ने बताइएको थियो । मध्यान्ह १२ बजेतिर कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध युवाहरुको समूह कार्यक्रम स्थल पुग्यो । उनीहरुले ‘ज्ञानेन्द्र शाही मुर्दावाद, राजवादीलाई बहिष्कार गरौं’ लगायतका नारा लगाए । कार्यक्रम स्थल नजिकै रहेको प्रहरी तत्काल पुग्यो र मानिसहरु तितरवितर बनायो । स्थानीय प्रशासनले कार्यक्रम नगर्न भनेपछि अभियानका अगुवाहरु पनि पछि हटे । घटना…

Read More

काठमाडौँ: नेपाली चलचित्रका लोकप्रिय नायक राजेश हमाललाई रु एक लाख राशिको पुरस्कारसहित सम्मान गरिने भएको छ । करीब ३०० चलचित्रमा अभिनय गरिसक्नुभएका नायक हमालले नेपाली सिनेमा उद्योगको विकासमा महत्वपूर्ण योगदान गरेबापत साधना कला केन्द्रले सम्मान गर्न लागेको हो । केन्द्रले असोज १२ गते ‘ट्रिब्युट टु मेगा स्टार राजेश हमाल’ कार्यक्रम गरी उक्त सम्मान प्रदान गरिने कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिनुभयो । सो अवसरमा नायक हमालले अभिनय गरेका विभिन्न चलचित्रका झण्डै ३० गीत विभिन्न कलाकारले गाउने छन् । भारतीय गायिका साधना सरगम उक्त कार्यक्रममा सहभागी हुने बताइएको छ । केन्द्रले २०५२ सालदेखि यस किसिमको कार्यक्रम गर्दै…

Read More

काठमाडौँ: धितोपत्र बजारमा साता अपेक्षाकृतरुपमा बजारले गति लिन सकेन । निरन्तर ओरालो लागेको कारोवार मापनक नेप्से परिसूचक एक दिन मात्रै थामियो । अन्य दिन भने नेप्सेले आरोलो यात्रा नै कायम ग¥यो । धेरैले यसलाई चाडबाडको असरका रुपमा समेत चित्रण गरेका छन् । चाडबाड शुरु हुन लागेका कारण नेप्से मात्रै नभई कारोवार रकममा समेत गिरावट आई बजार एक हजार १२९ को विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ४० लाख ४१ हजार ९१९ कित्ता शेयर कारोवार भयो । कारोवार भने अर्बको हाराहारीमा मात्रै रह्यो । कूल रु एक अर्ब १९ लाख ७० हजार ८५७ बराबरको भएको स्टकले…

Read More