Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक सोमबारदेखि भारतमा शुरु हुँदैछ। दुई दिनसम्म चल्ने बैठकमा अन्तरदेशीय प्रसारण लाइन, इनर्जी बैंकिङलगायतका विषयमा छलफल हुने छ। ऊर्जा सचिव दिनेशकुमार घिमिरेले छलफलपछि यसैमा सहमति जुटाउन प्रयास गरिने बताए। बैठकमा नेपालले लामो समयदेखि प्रस्ताव गरेको ‘न्यू बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइन’ निर्माणलगायतका विषयमा सहमति जुटाउने लक्ष्य राखेको छ । ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारणलाइन निर्माण भई सञ्चालनमा समेत आइसकेको सन्दर्भमा दोस्रो अन्तर्देशीय प्रसारणलाइन निर्माणको ढाँचा बैठकले तय गर्ने नेपाली अधिकारीहरुले बताएका छन्। समितिको अघिल्ल्लो बैठक गत माघ ९ र १० मा पोखरामा सम्पन्न भएको थियो। बैठकमा नेपालका तर्फबाट ऊर्जा घिमिरे र भारतका ऊर्जा…
मोरङ दाइजोको निहुँमा भारतीय सीमा जोगवनीमा एक नेपाली महिलाको हत्या भएको छ। विराटनगर-११ पञ्चमुखी चोक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनी (बहरदार) को जोगवनीमा हत्या भएको हो। उनको शव शव सीमावर्ती बजार जोगवनीदेखि तीन किलोमिटर दक्षिण परमान खोलामा आइतबार फेला परेको छ । हत्या भने शुक्रबार नै भएको अनुमान छ । मृतकको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक देखिएकाले हत्या नै भएको प्रहरीको ठहर छ । दाइजोका कारण रञ्जनाको हत्या भएको भारतको जोगबनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले बताएका छन् । भारतीय प्रहरीले अनुसन्धानका लागि मृतकका पति भारतीय नागरिक जोगवनी भेडयारीका–२५ वर्षीय भीम बहरदार सहनी, ससुरा सैनी बहरदार, जेठाजु…
काठमाडौं : नेपाल–चीन सम्बन्धलाई नयाँ गति र उचाइमा पुर्याउन चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमण सफल भएको छ। राष्ट्रपतिको सीको भ्रमण समापन भएकै दिन सोमबार जारी १४ बुँदे संयुक्त वक्तव्यमा भ्रमणले नेपाल–चीन सम्बन्धमा राजनीतिक विश्वास आर्जन र सम्बन्ध प्राथमिकीकरण गर्न सफल भएको उल्लेख छ। भ्रमणले पारस्परिक विश्वास र समझदारीमा बढोत्तरी गरेको वक्तव्यमा छ। वक्तव्यअनुसार राष्ट्रपति सीको भ्रमणले दुई मुलुकबीचको सदियौंको सम्बन्धलाई थप क्रियाशील बनाएको छ। सीले भूपरिवेष्टित नेपाललाई भूजडित तुल्याउन मद्दत गर्ने घोषणा र त्यसका आधारले दुई देशको सहकार्य थप बढ्ने आशा पनि वक्तव्यमा छ। ‘समस्यारहित नेपाल–चीन सम्बन्धमा भ्रमणले नेपालको समृद्धिको यात्राका लागि चीन भरपर्दो साझेदार बनेको छ,’…
काठमाडौँ: चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्च बापत् दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भएका छन् । विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीका लागि विविध शीर्षकअन्तर्गत दैनिक ३ सय रुपैयाँका दरले ३ दिनको खाजा खर्च दिन लागिएको हो । सीको सुरक्षामा चारै सुरक्षा निकाय र कर्मचारी गरी करिब १६ हजार जनशक्ति तैनाथ गरिएको थियो । प्रहरीबाट मात्रै ८ हजार ५ सय जनाभन्दा बढी खटिएका थिए । सरकारले १६ हजार जनशक्तिका लागि खाजा खर्च उपलब्ध गराए करिब डेढ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने…
काठमाडौँ: दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी भएको छ । आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिएको छ । काठमाण्डौ महानगरपालिका र नेपाल प्रहरीको ५ वटा दमकलले आगो निभाउने प्रयास भैरहेको दरबारमार्ग प्रहरीले जनाएको छ । बिजुली सर्ट भएर क्लब रहेको भवनको माथिल्लो तलामा आगो लागेको प्रहरीले जनाएको छ ।
काठमाडौँ: रौतहटको सिमावर्ती क्षेत्रमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको घटनास्थलमै मृत्युु भएको छ । जिल्लाको ईशनाथ नगरपालिका–६ खाप घिउरा र जयनगरको बीच बाटोमा अपरान्ह ४ बजे अज्ञात समुहको गोली प्रहारबाट अन्दाजी २२ वर्षीय युवकको मृत्युु भएको हो । मृतक युवकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घटनास्थलबाट दुुई मिटर टाढा रहेको भारतीय सिमापारीबाट एक मोटरसाईकलमा आएका तीन जनाले उनीमाथि गोली प्रहार गरेको बताइएको छ ।
काठमाडौँ: विश्व बैंकले नेपालको याे आर्थिक वर्षमा ६.४ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। बजार मूल्यमा नेपालको अर्थतन्त्र सो बिन्दुले बृद्धि हुने बैंकले प्रक्षेपण गरेको हो। दक्षिण एसियाको आर्थिक अवस्थाको बारेमा जानकारी गराउँदै बैंकले गएको वर्ष नेपालको बृद्धिदर बजार मूल्यमा ७.१ प्रतिशतले भएको र स्थिर मूल्यमा ६.७ प्रतिशतले भएको अनुमान गरेको छ। दक्षिण एसिया क्षेत्रको समग्र अर्थतन्त्र गएको सुस्त हुने बैंकले प्रक्षेपण गरेको छ। औद्योगिक उत्पादन तथा आयातमा कमी तथा वित्तीय क्षेत्रमा आएका चुनौतिका कारण अर्थतन्त्र सुस्त भएको र यो सुधार हुने प्रष्ट सम्भावना नभएको बैंकले बताएको छ। यो वर्ष नेपालको भन्दा भुटान तथा बंगलादेशको अर्थतन्त्रको बृद्धिदर तीब्र…
काठमाडौँ: चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिन राजकीय भ्रमण सकिएपछि नेपाल र चीनले १४ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्। संयुक्त वक्तव्यमा केरूङ-काठमाडौं जोड्ने सुरूङमार्ग बनाउने सम्झौता भएको उल्लेख गरिएको छ। वक्तव्यको पाँच नम्बर बुँदामा भनिएको छ- दुई देशबीचको सुदृढ कनेक्टिभिटीको महत्व महशुस गर्दै केरूङ-काठमाडौं जोड्ने सुरूङमार्गको सम्भाव्यता अध्ययन गर्न सक्रियताका साथ सहकार्य गर्न दुबै देश सहमत भएका छन्। सरकारले केरूङ-काठमाडौं जोड्न काठमाडौंको टोखादेखि छहरे र रसुवाको बेत्रावतीदेखि स्याप्रुवेंशीसम्म सुरूङ मार्ग बनाउने बताएको छ। सुरूङ मार्ग बनाउन दुबै देशले संयुक्त निर्माण कम्पनी बनाउने समझदारी पनि गरेका छन्। संयुक्त वक्तव्यमा केरूङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने पनि उल्लेख छ। ‘सन २०१८मा रेल्वे…
काठमाडौँ: ७५६ मेगावाट क्षमताको तमोर जलशाययुक्त जलविद्युत आयोजनामा चिनियाँ कम्पनी पावर चाइना कन्स्ट्रक्सन कम्पनी भित्रिएको छ। पावर चाइनाले नेपालको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडसँग मिलेर उक्त आयोजना बनाउने भएको हो। लगानी बोर्डले अनुमति दिएपछि यी कम्पनीले आजै सैद्धान्तिक सम्झौतामा हस्ताक्षर गरेका छन्। ऊर्जामन्त्री वर्षमान पुनको उपस्थितिमा दुई कम्पनीबीच पहिलो सम्झौता भएको हो। त्यस्तै, यी दुई कम्पनीले मादी जलशाययुक्त आयोजना बनाउने भएका छन्। १५६ मेगावाटको यो आयोजना बनाउन दुवै कम्पनी छुट्टै कम्पनी बनाउन सहमत भएका हुन्।
काठमाडौँ: नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गर्नुभएको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो । वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ । हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका…