काठमाडौँ: रौतहटको सिमावर्ती क्षेत्रमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको घटनास्थलमै मृत्युु भएको छ ।
जिल्लाको ईशनाथ नगरपालिका–६ खाप घिउरा र जयनगरको बीच बाटोमा अपरान्ह ४ बजे अज्ञात समुहको गोली प्रहारबाट अन्दाजी २२ वर्षीय युवकको मृत्युु भएको हो ।
मृतक युवकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट दुुई मिटर टाढा रहेको भारतीय सिमापारीबाट एक मोटरसाईकलमा आएका तीन जनाले उनीमाथि गोली प्रहार गरेको बताइएको छ ।
Facebook Comments Box