Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: चीनका राष्ट्रपति सी चीन पिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपाल–चीनको सम्बन्धका बारेमा दश वर्षदेखि निरन्तर रुपमा क्रियाशील भएर नेपाल–चीन हिमालयमैत्री समाज स्थापना गरी काम गर्दै आउनुभएका समाजका संरक्षक तथा पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलसँग राससकर्मी कालिका खड्काले गर्नुभएको कुराकानी- १. नेपाल–चीन सम्बन्धलाई यहाँले कसरी लिनुभएको छ ? नेपाल–चीन सम्बन्धलाई दुई ढङ्गले परिभाषित गर्नुपर्छ, एउटा जनता र जनताबीचको सम्बन्ध छ जुन पाँचाँै शताब्दीमा बुद्धभद्रदेखि शुरु भएको छ । चीनका भिक्षु हुएन साङ, फाहियानमार्फत लुम्बिनीमा गौतम बुद्ध नेपालमा जन्मिएको भनेर प्रमाणित गर्ने आधार पनि बनेको छ । नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि विवादरहित सम्बन्ध रहेको छ । हिमाली क्षेत्रमा लामो सीमा जोडिएको…

Read More

नारच्याङ (म्याग्दी): चीनको कोरला नाका जोड्ने कालीगण्डकी कोरिडोरको सडक सीमालाई नेपाल विद्युत् प्राधिकरणले अवरोध गरेको छ । प्राधिकरणको कालीगण्डकी प्रसारण आयोजनाले म्याग्दीस्थित नारच्याङको सडकमै प्रसारण लाइनको फाउन्डेशन निर्माण गरेको छ । पटकपटक सडकको सीमा क्षेत्र खाली गर्न पत्राचार गरे पनि प्राधिकरणले नटेर्दा काममा बाधा पुगेको कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख मुकुन्दराज अधिकारीले बताउनुभयो । प्रसारण लाइनको फाउन्डेशन बनाउने अरु ठाउँ भए पनि प्राधिकरणले सडकको काम रोक्ने उद्देश्यले काम गरिरहेको देखिन्छ । म्याग्दीको तातोपानीस्थित घरप क्षेत्रको सडकमा रहेका पोल नसारेरसमेत प्राधिकरणले सडक निर्माणमा अप्ठ्यारो बनाएको छ । यस क्षेत्रको विद्युत् व्यवस्थापनको जिम्मेवारी स्थानीय उपभोक्ता समितिलाई दिइएको छ । प्राधिकरणको…

Read More

काठमाडौँ: हिन्दु नेपालीहरुको महान चाँड बडा दशैँको आज छैटौं दिन । आजको दिनमा कात्यायिनी भगवतीको पुजा तथा अर्चना गरिन्छ । नवरात्रीको छैटौं दिन आज अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायिनी भगवतीको पुजाअर्चना गर्ने परम्परा रहेको छ । आजको दिनमा कात्यायिनी भगवतीको पुजा गरेमा रोग,शोक,भय,दुख,दरिद्र जस्ता संकट नाश भई मानिस प्रगति पथमा अगाडि बढ्ने धार्मिक बिश्वास रहेको पाइन्छ । कत नामक एउटा ऋषि थिए । उनको छोराको रुपमा ऋषि कात्यले जन्म लिए । यिनै कात्यका गोत्रमा विश्वप्रसिद्ध महर्षि कात्यायनको जन्म भयो । उनी भगवती पराम्बाको उपासना गर्दै धेरै वर्षसम्म कठिन तपस्या गरेका थिए । भगवती उनको घरमा पुत्रीको रूपमा…

Read More

राँझा: भारतमा रोजगारी गरी दशैँ–तिहार मनाउन घर फर्किने नेपालीको नेपालगञ्ज सीमानाकामा घुइँचो लाग्ने गरेको छ । भारतका विभिन्न शहरमा रोजगारीको लागि पुगेका नेपाली नेपालगञ्ज नाका भएर अहिले दैनिक एक हजारभन्दा बढी नेपाल फर्किने गरेको इलाका प्रहरी कार्यालय जुमनहाका प्रमुख प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताउनुभयो । उहाँका अनुसार, सीमावर्ती भारतीय बजार रुपैडिहाबाट बिहानैदेखि घर फर्किने नेपालीको लर्को लाग्ने गरेको छ । उनीहरु टाँगा, रिक्सा र पैदल हिँड्दै पनि नेपाल भित्रिने गरेका छन् । यसबाहेक भारतका विभिन्न शहरबाट नेपालमा सञ्चालन भइरहेका सीधा बस सेवामा समेत घर फर्किने यात्रुको चाप रहेको छ । नेपालगञ्जबाट दिल्लीको लागि नेपाल–भारतमैत्री बस…

Read More

काठमाडौं: नेपालमा सुर्ती उद्योगीको हस्तक्षेपका कारण सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रण हुन नसकेको एक अध्ययनले देखाएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले गरेको अध्ययनका अनुसार सुर्ती उद्यमीले विभिन्न नाममा ब्राण्डको प्रचार गर्ने, चुरोट सेवन गर्न उत्प्रेरणा दिने, कानुन कार्यान्वयनमा भाँजो हाल्ने गरेका छन् । यो अध्ययन नेपालसहित ३३ ओटा मुलुकमा गरिएको थियो । ३३ ओटा मुलुकमा नै अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पहिलो पटक नेपालमा विहिवार प्रतिवेदन सार्वजनिक गरिएको हो । सो प्रतिवेदनलाई विहिवार नै रेस्फेकका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले विश्व स्वास्थ्य संगठनका कन्ट्रि रिप्रिजेन्टिटिभको उपस्थितिमा स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक कुन्जप्रसाद जोशीलाई हस्तान्तरण गरेका…

Read More

काठमाडौं : नेकपाले सभामुख पद नछोड्ने भएको छ। कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ। ‘सभामुख पद छोडने कुरै हुँदैन,’ नेकपाका सांसद रामनारायण बिडारी भन्छन्, ‘उपसभामुख कांग्रेस वा अन्य दललाई दिएर भए पनि नेकपाले सभामुख पद छोड्दैन।’ संविधानविद् एवं कांग्रेस सांसद राधेश्याम अधिकारी पहिल्यै एक पद छोड्नुपर्नेमा नेकपाले अनेक बहाना गरेको आरोप लगाउँछन्। ‘सभामुख वा उपसभामुखमध्ये उहाँहरूले एक पद पहिल्यै छोडनुपथ्र्यो,’ अधिकारी भन्छन्, ‘त्यतिबेला अनेक बहाना बनाउनुभयो। अब पनि बहाना बनाउनुभयो भने संविधानमाथि आक्रमण हुन्छ।’ प्रतिनिधिसभाको निर्वाचनपछि तत्कालीन माओवादी केन्द्रबाट महरा सभामुख र तत्कालीन एमालेबाट तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित…

Read More

काठमाडौँ: नेपाली सेनाले नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा विभिन्न कार्यक्रम गरी मुलुकको पर्यटन प्रवद्र्धनका लागि साहसिक एवं पर्यटकीय गतिविधि सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले लक्ष्य प्राप्तिमा सहयोग पु¥याउन विदेशी पर्यटकको सहभागिता हुने गरी प्रतियोगितात्मक साहसिक खेलकूदका कार्यक्रमका साथै पर्यटकीय गतिविधि सञ्चालन गर्न लागेको नेपाली सेनाले जनाएको छ । भ्रमण वर्षका अवसरमा साहसिक खेल, म्याराथन दौड, जङ्गल सफारी, हिमाली पदयात्रा, बहुराष्ट्रिय संयुक्त सैनिक सगरमाथा आरोहणलगायत नौ वटा कार्यक्रम आयोजना गर्न लागिएको सेनाले आज काठमाडौँमा एक कार्यक्रममार्फत जानकारी दिएको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायत सरकारी अधिकारी,…

Read More

काठमाडौँ: दशैंको मुखमा ट्राफिक प्रहरीको सक्रियता बढेसँगै सार्वजनिक यातायातमा ठगि गर्ने, मापसे गरी गाडी चलाउने विरुद्ध प्रहरीले अभियान नै थालनी गरी विहिबार मात्र ११ व्यक्ति र थप ४ जना मापसे गर्ने चालकलाई पक्राउ गरेको छ। यस्तो छ ट्राफिक प्रहरीको कावाही विवरण: आज मिति २०७६ असोज १६ गते यस महानगरीय प्रहरी महाशाखाद्धारा सादा पोसाक प्रहरी खटाई चाबहिल र कोटेश्वर स्थित टिकट काउन्टरहरू अनुगमनका क्रममा बढी भाडा लिई टिकट काटिरहेका थप ११ जना नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त, गौशाला र प्रभाग, कोटेश्वर बुझाईएको छ । यसअघि पनि ९ जनालाई नियन्त्रण लिएर कानुनी कारवाही गरिसकेको छ । मिति २०७६/०६/१६ गते…

Read More

काठमाडौँ: नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले लागुऔषध मेथ एम्फेटामाइनसहित पोखराका भुवन अधिकारी, पर्साका हाफिज नसिम अख्तर तेली, तनहुँका रजिया खातुम, पर्साका महमद शहीद अख्तर र भारतका जोसाङ लियानालाई बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले लागुऔषध बेचबिखन गर्न लागेको अवस्थामा अधिकारी र तेलीलाई सामाखुशी र खातुम, अख्तर र लियानालाई कलङ्कीबाट पक्राउ गरिएको जानकारी दिनुभयो । “पक्राउ परेका पाँचैजना एकै समूहको भएको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । पक्राउ परेकासँग प्रहरीले एक किलोग्राम ४५० ग्राम मेथ एम्फेटामाइन तथा १०० ग्राम खात जस्तो देखिने लागुऔषध…

Read More

काभ्रेपलाञ्चोक: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने दाबी गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपा नगरद्वारा चाडपर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै विकासका कामलाई तीव्रता दिँदै तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने दाबी गर्नुभएको हो । मन्त्री बाँस्कोटाले भन्नुभयो,“हामीलाई गरीबी चुनौती बनेको छ, सरकारले क्रमैसँग गरीबी निवारण गर्न रोजगारी सिर्जना, सीप, विकास, प्राविधिक शिक्षा तथा जीवनलाई सजिलो बनाउन सेवा क्षेत्रलाई प्रभावकारी बनाउने कार्यक्रम ल्याउँछ ।” उहाँले सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को अवधारणासँगै देशको १८ प्रतिशत गरीबीलाई क्रमैसँग घटाउँदै लगिने पनि बताउनुभयो । मन्त्री बाँस्कोटाले सरकार…

Read More