Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको हितविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएकी छन्। शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित रात्रिभोजअघि दुई पक्षीय सम्बोधनका क्रममा होटल सोल्टीमा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। ‘नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिवद्ध छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपाली भूमि चीनको हितविरुद्ध हुने कुनै पनि प्रकारका गतिविधि हुन नदिन सबै उपाय अपनाउँदै आएका छौँ।’ राष्ट्रपति भण्डारीले नेपाल र चीन हिमाल र नदीबाट जोडिएको उल्लेख गर्दै सदियौँदेखि सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गरिन्। ‘नेपाल र चीन हिमाल र नदीबाट जोडिएका छन्’, उनले भनिन्, ‘हामीबीच सदियौँदेखि सामाजिक र संस्कृतिक सम्बन्ध रहि आएको छ।’ उनले चिनियाँ…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता प्रारम्भ भएको छ । राष्ट्रपति भवन शीतल निवासमा जारी भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भइरहेको छ । राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा यहाँ आइपुग्नुभएको हो ।
काठमाडौँ: दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्म उहाँ सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उहाँको स्वागत गर्नुभएको थियो । अपराह्न पौने ५ बजे राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उहाँको स्वागतका लागि कर्मचारी र सर्वसाधारण ४ बजेदेखि नै सडकमा दुवै देशको झण्डा लिएर स्वागतका लागि प्रतीक्षारत थिए । उनीहरुले करीब दुई घण्टाको प्रतीक्षापछि सीलाई स्वागत गर्न पाएका थिए । सी विमानस्थलबाट सोल्टी होटेलमा जाँदा सडकका दुवै किनारमा रहेका कर्मचारी, युवा, विद्यार्थी, बालबालिका र सर्वसाधारणले उहाँलाई नेपाल र चीनको झण्डा हल्लाएर स्वागत गरेका…
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् । शनिबार अपरान्ह काठमाडौं अवतरण गरेका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन् । चिनियाँ राष्ट्रपति शनिबार भारतको चेन्नइबाट एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं अवतरण गरेका हुन् । राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु पनि विमानस्थल पुगेका छन् । राष्ट्रपति सी विमानस्थलबाट सीधै होटल सोल्टी जानेछन् ।
काठमाडौँ: नेपाल र चीनबीचको दुई महत्वपूर्ण नाकामध्ये तातोपानी नाकामा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आइसकेको छ भने रसुवागढीमा निर्माण कार्य शुरु भएको छ । अत्याधुनिक सुविधासहितको तातोपानी नाकाभन्दा कूल छ किलोमिटर तल लार्चामा निर्माण भएको सुक्खा बन्दरगाहले दुई देशको व्यापार विस्तारलाई थप सहज बनाएको छ । यस्तै आगामी ३० महीनाभित्र रसुवागढीमा सुक्खा बन्दरगाह निर्माणसक्ने लक्ष्य राखिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । गोरखा भूकम्पको त्रासदिपछि करीब चार वर्ष बन्द भएको तातोपानी नाका गत जेठदेखि सञ्चालनमा आयो । सो नाका सञ्चालनमा ल्याउन नेपालले गरेको आग्रहलाई स्वीकार गर्दै चीनले दुई देशबीचको व्यापार तथा वाणिज्यको विस्तारमा सहयोग ग¥यो । दुई…
सोलुखुम्बु: सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको हो । नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाका अनुसार विमानको इन्जिनभित्रै चरा पसेको थियो । उड्ने तयारीमा रहेको विमान धावनमार्गको करीब ७५ प्रतिशत भाग पार गरेपछि चरा ठोक्किएको र फरक आवाज आएको विमानस्थल कार्यालयले जनाएको छ । चालक दललाई चरा ठोक्किएको विषयमा तत्काल जानकारी भएकाले सोही विमानस्थलमा आकस्मिक अवतरण गराइएको विमानस्थल प्रमुख चौरसियाले जानकारी दिनुभयो । तीन चालक दलका सदस्यसहित १३ विदेशी पर्यटक यात्रु लिएर उडेको सीता एयरको ९एन–आई–ई विमान…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा आज अपराह्न विशेष विमानबाट काठमाडौँमा अवतरण गर्नुभएको छ । नेपालको द्विदिवसीय भ्रमणमा रहनुभएका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत अभिवादन गर्नुभयो । उहाँहरूलाई चिनियाँ विशिष्ट अतिथिको स्वागतमा पञ्चकन्याले साथ दिएका थिए । त्यसअघि राष्ट्रपति भण्डारीले विमानमा नै पुगेर राष्ट्रपति सीलाई स्वागत गर्नुभएको थियो । चीनका राष्ट्रपति सीको काठमाडौँ आगमनसँगै उहाँको राजकीय भ्रमण प्रारम्भ भएको छ । विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी,…
काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सी सवारी हुने सडकमा पुगी जानकारी लिएका छन् । सरकारले सो क्षेत्रमा कलात्मक सौन्दर्यसहित स्वागतका लागि विभिन्न तयारी गरेको छ । सोबारे जानकारी लिन प्रधानमन्त्री ओली आज बिहान ६ः३० बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टीमोडसम्मको सडकमा निस्किएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले भ्रमणका कार्यसूचीलगायत सम्पूर्ण तयारीका पक्षमा प्रधानमन्त्री ओलीले नजिकबाट चासो दिँदै आउने क्रममा सडकको अवस्था बुझ्नुको जानकारी दिए । प्रधानमन्त्री ओलीले सीका लागि स्वागत गर्दा नेपाली कलाकारबाट प्रस्तुत गरिने चिनियाँ सङ्गीत शुक्रबार श्रवणसमेत गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको…
काठमाडौँ: चिनियाँ राष्ट्रपति सी जिनपिङको सवारीका क्रममा सडक किनारा पनि खाली गराइने भएको छ । राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा आज शनिबार अपराह्न काठमाडौं आइपुग्दैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् । विमानस्थलबाट होटल सोल्टी जानेछन् । त्यसपछि शीतल निवासमा भेटवार्ता हुनेछ । काठमाडौं प्रहरीका अनुसार, सीको सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गरिनेछ भने सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइनेछ । राष्ट्रपति सीको सवारीका क्रममा सुरक्षाका लागि सडक किनार खाली गर्न लागिएको महानरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीले बताए ।
काठमाडौँ: राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएको छ । भीभीआईपी उडानका कारण दुई दिन शनिबार र आइतबार दर्जनौँ अन्तर्राष्ट्रिय उडान घण्टौं डिले हुने भएका छन् । त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार राष्ट्रपति सी सवार जेट विमान आउने बेला दुई घण्टा कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुने छैनन् । भारत भ्रमणमा रहेका सी त्यतैबाट शनिबार अपराह्न ०४ः३०–०५ः३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।