Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
- १०९ विद्यालयमा साढे ६ अर्ब लगानी, के के मा हुनेछ खर्च?
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
बनेपा : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित जोरपाटी र हर्सेमा आज बिहान चार हेलिकोप्टर आकस्मिकरूपमा अवतरण गरिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जयराज सापकोटाका अनुसार आज बिहान करीब ७ः०० बजेतिर नगरपालिकाका वडा नं २ हर्से र वडा नं १ र २ को सिमाना जोरपाटीमा सिम्रिक एयरका दुई हेलिकप्टर र मनाङ एयरको एक, कैलाश एयरको एक हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । प्रहरीका अनुसार लुक्ला विमानस्थलबाट काठमाडौँका लागि उडेका हेलिकोप्टर मौसम खराब भएपछि आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ । वडा नं २ का वडाध्यक्ष हरि खतिवडाका अनुसार वडा नं १ र २ आसपासमा अवरतण गरिएका चार हेलिकोप्टरमा १८ यात्रुमध्ये…
काठमाडौँ: संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा अमेरिकी महानगर न्यूयोर्कस्थित उक्त विश्व संस्थाको प्रधान कार्यालयमा आजदेखि प्रारम्भ हुँदैछ । यो वर्ष महासभाको बहसको विषय ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा’ रहेको छ । महासभाअन्तर्गत एकसातासम्म उच्चस्तरीय बैठक हुनेछन् जसमा विश्वव्यापी स्वास्थ्य सरोकार, दिगो विकासका लागि उच्चस्तरीय राजनीतिक मञ्च, विकासका लागि लगानी, विकासोन्मुख साना टापू देशका प्राथमिकता सम्बोधन तथा तिनको प्रगतिको समीक्षा हुनेछ । सहस्रांब्दी विकास लक्ष्यको अद्यावधिक मूल्याङ्कन, विकासका लागि लगानी, जलवायु परिवर्तन, अल्पविकसित मुलुकका चासो, मानवअधिकार, निःशस्त्रीकरण, अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाको विश्वव्यापी स्थितिबारे पनि बैठकमा बहस हुनेछ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल…
चिप्लेढुङ्गा: आन्तरिक र बाह्य पर्यटकको रोजाइको शहर पोखराको लेकसाइड भारतीय माग्नेहरुको अखडा बन्दै गइरहेको छ । सडकमा प्राकृतिक दृश्यावलोकन गर्दै एकतमास हिँडिरहेका पर्यटकमाथि बाटो छेऊ बसेर माग्ने र उस्तै परे कपडामै झुण्डिएर माग्ने बानी परेकाबाट लेकसाइड डुल्ने पर्यटक आजित बनेका छन् । लेकसाइडमा भारतीयमूलका महिला र बालबालिका बढी मात्रामा देखिन्छन् । झुत्रा कपडासहित एक दुई महीनाका बच्चा च्यापेर सडकमा सहानुभूतिको व्यापार गरिरहेका प्रति मानवीयता दर्शाउनु स्वाभाविक भए पनि यसले गलत सन्देश जाने ट्रेकिङ इक्विपमेन्ट एशोसिएसन पोखरा ९टेसा०का द्वितीय उपाध्यक्ष एवं पर्यटन व्यवसायी प्रमोद भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा मुलुकको पर्यटकीयस्थलमा अर्को मुलुकबाट आएका नागरिकको मगन्ते प्रदर्शनले पोखरा घुम्न आएका…
काठमाडौं : नाफा कमाउन नसकेको भन्दै नेपाल वायुसेवा निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ५८ सिट क्षमताका मोर्डन आर्क (एमए) ६० नामका दुई जहाज बिक्री गरेर भविष्यमा हुन सक्ने थप घाटा कम गर्न सरकारलाई निर्देशन दिएको हो। दुवै जहाज निगमले ६ वर्षअगाडि भित्र्याएको थियो। समितिले एमए ६० जहाज छानबिनका क्रममा यसको उडान सञ्चालन निरन्तर घाटामा रहेको तथ्य फेला पारेको थियो। चिनियाँ पक्षले आवश्यक सहयोग नगरेका कारण ती दुई जहाज बेच्नु उपयुक्त हुने निष्कर्षसहितको निर्देशन समितिले दिएको छ। समितिले १८ सिट क्षमताका वाई १२ ई नामका चारवटा जहाजका सम्बन्धमा भने कूटनीतिक प्रयासबाट…
काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा डेङ्गुको प्रकोपबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव न्यूनीकरणका लागि निर्देशन दिनुभएको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव र यसको निराकरणका विषयमा आज मन्त्रालयमा सरोकार भएका निकायसँग छलफल गर्दै उहाँले डेङ्गुले पर्यटनमा पर्न सक्ने असर निराकरणका लागि आवश्यक तयारी तथा पूर्वसर्तकता अपनाउन निर्देशन दिनुभएको हो । उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सबै विमानस्थल सफा राख्ने तथा उडानपूर्व जहाजभित्र तोकिएको मापदण्डअनुसार औषधि छर्किने व्यवस्था मिलाउन पनि निर्देशन दिनुभएको छ । साथै नेपाल होटल सङ्घ, रेष्टुरेन्ट व्यवसायी सङ्घ, पर्यटक यातायातलगायत पर्यटकीय सेवा दिने विभिन्न निकायले…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट शासन प्रणाली परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुन नसक्दा भौतिक पूर्वाधारका क्षेत्रमा अपेक्षित सफलता हासिल गर्न नसकिएको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी सङ्गठनको प्रथम एकता वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘भौतिक पूर्वाधार विकास र नेपाली निर्माण व्यवसायको अवस्था’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले राजनीतिक परिवर्तन पछाडि ऐन, कानून, नीति, नियम र शैली परिवर्तन हुनुपर्नेमा फेरि पनि राजनीतिक नेतृत्वलाई पूरानै ऐन, कानूनको परिबन्धमा पार्ने गतिविधि भइरहेको बताउनुभयो । “जनताको त्याग, तपस्या र बलिदानबाट मुलुकमा ठूलाठूला राजनीतिक परिवर्तन भए, परिवर्तनपछि समग्र राज्य संयन्त्र परिवर्तन हुनुपर्नेमा त्यसो हुन सकेन”, पूर्वप्रधानमन्त्री…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावलले पार्टीले सरकार र पार्टीको दुवै काम प्रभावकारी होस् भनेर एक व्यक्ति एक पदको अवधारणा पार्टीले अघि सारेको बताउनुभएको छ । आज आयोजित साक्षात्कारमा उहाँले प्रधानमन्त्रीले पार्टी अध्यक्षको काम छाडेमा सरकारी काम थप प्रभावकारी हुने बताउनुभयो । उहाँले नेकपा एमाले र माओवादी केन्दबीचको एकीकरण लम्ब्याएर पार्टीलाई ठूलो क्षति भएको उल्लेख गर्दै पार्टी एकीकरणको बाँकी काम छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले पोलिटब्यूरोको गठनमा ढिलाइ भइरहेकाले यो काम चाँडो गर्नेतर्फ नेताहरुको ध्यान जानुपर्ने चर्चा गर्नुभयो । नेता रावलले माथिल्लो कर्णाली आयोजनाको सम्झौता खारेज गर्न माग गर्नुभयो । राज्य व्यवस्था समितिमा विचाराधीन रहेको नागरिकता…
मोरङ: प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले बजेट कार्यान्वय कार्यविधि दशैँ अगावै बनाइसक्ने बताउनुभएको छ । विराटनगरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसभा सदस्यहरुसँग आयोजना गरेको ‘प्रदेश सरकारको बजेट तथा कार्यक्रम कार्ययोजना’ कार्यक्रममा उहाँले बजेट कार्यान्वयनका क्रममा विगतमा भएका कमजोरी सच्याउँदै १५ दिनभित्रै कार्यविधि बनाएर काम शुरु गरिने बताउनुभएको छ । उहाँले परम्परागत शैलीमा बजेट बनाउने र विकास बजेट खर्चहँुदा खर्च अनुसारको प्रतिफल नआएकाले योजना छनोटदेखि कार्यविधि बनाउने र कार्यन्वयनसम्मनै सुधार गरिँदै जाने बताउनुभयो । एउटै काममा पटक–पटक बजेट जाने तर काम नहुने प्रवृतिले जनता निराश भएकाले यसपटक जनताले विकासको अनुभूति गर्न पाउने उल्लेख गदै मुख्मन्त्री राईले भन्नुभयो, “प्रदेशले…
काठमाडौँ: नागरिक लगानी कोषले आफ्ना शेयरधनीलाई २२ प्रतिशत शेयर लाभांश र कर प्रयोजनको लागि एक दशमलव १६ प्रतिशत नगद लाभांश दिने भएको छ । कोषको आज यहाँ सम्पन्न २४औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । साधारणभाले आर्थिक वर्ष २०७४÷७५ को आयव्ययसमेत पारित गरेको छ । साधारणसभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा डा रामचन्द्र भट्टराईले आव २०७४÷७५ को प्रतिवेदन पेश गर्नुभयो । कोषले हालसम्म प्राप्त गरेका उपलब्धि र भावी योजनामा समावेश गरिएका कार्यक्रमको बारेमा जानकारी दिँदै उहाँले कोषको बचत परिचालन, लगानी व्यवस्थापन, पूँजी बजार सेवा, बँैक तथा वित्तीय संस्थामा रहेको निक्षेप असूली, लगानी नीति २०७५ को बारेमा बताउनुभएको…
काठमाडौँ: नेपालले देशभित्र भएका उत्तर कोरियाको लगानी हटाउने भएको छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले आफ्ना सदस्य राष्ट्रहरुलाई उत्तर कोरियाली लगानी हटाउने निर्णय पारित गरेपछि नेपालले पनि उत्तर कोरियाली नागरिक संलग्न औद्योगिक तथा व्यावसायिक लगानी हटाउने भएको हो। राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ। सोही कारण उत्तर कोरिया वा उसका नागरिकसँग व्यापारिक तथा व्यावसायिक सम्बन्ध लगाउन सदस्य राष्ट्रले नपाउने भएका कारण नेपालले पनि हटाउने पहल सुरु गरेको हो। परराष्ट्र मन्त्रालयले गत असार ३ गते उद्योग मन्त्रालय हुँदै उद्योग विभागमा नेपालमा रहेको लगानी हटाउन पत्राचार गरेको थियो। सोहीअनुसार गत साउन २४ गते उद्योग विभागले सरकारले असोज २८ गतेभित्र आफ्नोे लगानीमा…