Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी (एमओयू) आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । मलेसियाको क्वालालम्पुरमा तीन दिनदेखि चलेको दुवै देशको प्राविधिक कमिटीको बैठकमा नयाँ समझदारीअनुसार श्रमिक आपूर्ति गर्नेसम्बन्धी सहमति भएको छ । नेपाल र मलेसिया सरकारबीच गत कात्तिक १२ गते श्रम समझदारी भएको थियो । “नयाँ समझदारीअनुसार कामदार लैजाने विषयमा मलेसियासँग सहमति भएको छ”, नेपालको तर्फबाट बैठकको नेतृत्व गरेका श्रम मन्त्रालयका वरिष्ठ सहसचिव डा रामप्रसाद घिमिरेले क्वालालम्पुरबाट भने , “आजदेखि औपचारिक रुपमा श्रम समझदारी कार्यान्वयनको प्रक्रिया अगाडि बढ्यो ।” तीन दिनसम्म चलेको वार्ता आज टुङ्गोमा पुगेको हो । नयाँ…

Read More

काठमाडौँ : साताको शुरुआतदेखि नै ओरालो लागेको धितोपत्र बजार आज अन्तिम दिनसम्म पनि सम्हालिन सकेन । कारोवार भएका पाँचै दिन नेप्से परिसूचक लगानीकर्तालाई निरास बनाउँदै अगाडि बढी रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोवार मापक नेप्से परिसूचक ५.३३ अङ्कले घटेर एक हजार १५७.८८ पुगेको छ । त्यस्तै नेप्से परिसूचक पनि ०.९८ अङ्कले घटेर २५३.७९ मा रोकिएको छ । आज कूल १६८ कम्पनीका १५ लाख ५६ हजार ७९० कित्ता शेयर रु ३७ करोड ६१ लाख ८४ हजार ४९१ मा खरीद बिक्री भए । आज कारोवार भएका ११ वटै उपसमूहको शेयर ओरालो लागेको छ । …

Read More

काठमाडौं: सरकारले कार्यान्वयनमा ल्याउन लागेको सम्पत्ति शुद्धिकरण सम्बन्धि निर्देशिकामा ठूलो कारोबार गर्ने व्यक्ति तथा संस्थाले तीन पुस्ते विवरण अनिवार्य भर्नुपर्ने प्रावधान राखेको छ । आगामी असोज १ गतेबाट लागू हुन लागेको निर्देशिकामा सम्पत्ति शुद्धिकरण सम्बन्धि प्रावधानलाई कडाई गर्न लागिएको हो । सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा कम्पनीहरुलाई जारी गरिने निर्देशिका २०७६ ले वार्षिक १ करोडभन्दा बढीको र एक पटकमा २५ लाखसम्मको कारोबार गर्ने व्यक्ति तथा संस्थालाई ठूला कारोबारीको परिभाषामा राखेको छ । कारोबार गर्ने व्यक्ति वा संस्था वास्तविक धनी वा हिताधिकारी भए–नभएको पहिचानका लागि यो प्रावधान ल्याउनुपरेको कम्पनी रजिष्ट्रार कार्यालयको भनाई छ । अब कारोबारमा व्यक्तिको नाम,…

Read More

काठमाडौं: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मंसिर १४ गतेको उपनिर्वाचनलाई मध्येनजर गर्दै दल दर्ताका लागि निर्वाचन आयोगमा विहिबार निवेदन दिएको छ । पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार दल दर्ताका लागि आज बिहान निर्वाचन आयोगमा निवेदन प्रस्तुत गरिएको छ । दल दर्ताका लागि नेकपा नेता खिमलाल देवकोटालगायत नेता बिहीबार बिहान आयोग पुगेका थिए । दर्ता निवेदनउपर अब आयोगले आवश्यक कारबाही गरेर दल दर्ता गर्नेछ । नेकपा गत २०७४ मा सम्पन्न निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर एकीकृत भएको थियो । निर्वाचनपछि दर्ता भएका पार्टी आयोगमा दर्ता गर्नुपर्ने प्रावधानअनुरूप उपनिर्वाचनका लागि नेकपाले दल…

Read More

काठमाडौं: अमेरिकाले डेंगुलगायतका लामखुट्टेजन्य रोगको खतरा बढेको भन्दै एसिया, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशको यात्रामा सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ । एसिया, प्रशान्त टापु, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशमा पछिल्ला केही महिनायता डेंगुको संक्रमण बढेकाे छ । डेंगुलगायतका लामखुट्टेजन्य रोग फैलिएपछि अमेरिकाकाले ट्राभल नोटिस जारी गर्दै सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको हो । यूएस सेन्ट्रिज फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले जारी गरेको सूचनामा बांगलादेश, फ्रेन्च पोलिनेसिया (ताहिती र बोराबोरा), फिलिपिन्स, सिंगापुर, श्रीलंका र मार्सल आइल्यान्डमा डेंगुको संक्रमण उच्च रहेको उल्लेख छ । क्षेत्रमा संक्रमण उच्च रहेकाले उसले सतर्क रहन भनेको छ । सीडीसीले…

Read More

सोलुखुम्बु: खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट एक हजार १५० घरधुरी प्रभावित हुने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले सोलुखुम्बुको सल्लेरीमा सार्वजनिक गरिएको सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) मा सो आयोजनाबाट सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गाका गरी एक हजार १५० घरधुरीमा क्षति पुग्ने उल्लेख गरिएको छ । खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट खोटाङको ६५७, ओखलढुङ्गाको ४७९ र सोलुखुम्बुको १४ गरी एक हजार १५० घरधुरी स्थानीयवासी प्रभावित हुने भएका हुन् । आयोजनाका लागि रभुँवाघाटमा निर्माण…

Read More

रुकुमपश्चिम: मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ । बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो । विद्यालयबाट घर फर्किने क्रममा बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

Read More

काठमाडौँ: इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलोपटक छ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना आज काठमाडौँ आउँदै हुनुहुन्छ । भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने काठमाडौँ महानगरपालिकाका प्रमुख नगरप्रमुख विद्यासुन्दर शाक्यले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । “भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले इन्द्रजात्रामा विभिन्न देशका पाहुनालाई आमन्त्रण गरिएको छ”, उहाँले भन्नुभयो, “यो कार्यक्रमबाट नेपाली संस्कृतिलाई विश्वमा चिनाउन मद्दत पुग्नेछ ।” पाँच दिनसम्म बस्ने उनीहरुलाई विभिन्न स्थानमा घुमाउने योजना तय भएको छ । महानगरपालिकाका बहाल, बहीसँगै काठमाडौँ जिल्लाका अरु नगरपालिका ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिका घुमाउने गरी योजना…

Read More

काठमाडौं : सत्तासीन नेकपाकी सांसद पम्फा भुसालले भारतसँगको खुला सीमा बन्द गरी आवतजावतलाई व्यवस्थित गर्नुपर्ने बताएकी छन्। वैवाहिक अंगिकृतलाई कति वर्षमा नागरिकता दिने भन्ने छलफल गरिरहेको प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा भुसालले खुला सीमा समस्याबारे धारणा राखेकी हुन्। तर, कांग्रेसका देवेन्द्रराज कँणेलले भने भुसालको प्रस्तावको ठाडै विरोध गरे। सांसद भुसालले अहिले नै भिसाको व्यवस्था गर्ने अवस्था नभएको भन्दै सीमा बन्द गरी परिचय पत्रका आधारमा मात्र आवागमन गर्नुपर्ने बताइन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाइरहेको तर्क गर्दै भुसालले सीमामा नेपाली सेना राख्नुपर्ने सुझाव दिइन्। ‘खुला सीमा बन्द गर्नुपर्छ’, भुसालले भनिन्, ‘अहिले नै भिसाको व्यवस्था गर्न गाह्रो हुन…

Read More

काठमाडौं : चिनियाँ विदेश मन्त्रालयले इन्डो प्यासिफिक रणनीति (आईपीएस) लाई तथाकथित भन्दै त्यसमा नेपाल नरहेको धारणा सार्वजनिक गरेपछि अमेरिकाले नेपालसँग औपचारिक धारणा माग गरेको छ। विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणपछि चिनियाँ विदेश मन्त्रालयले हरेक छलफलको अंश आफ्नो वेबसाइटमा राखेको छ। यद्यपि परराष्ट्र मन्त्रालयले छलफलका विवरणबारे जानकारी दिएको छैन। चीनले नेपालसँग इन्डोप्यासिफिकका विषयमा कुराकानी भएको र नेपाल त्यसको विपक्षमा रहेको धारणा वेबसाइटमा राखेपछि अमेरिकाले नेपालसँग औपचारिक धारणा मागेको हो। विदेश मन्त्रालयले चिनियाँ भाषामा सबैको धारणा राखेको छ। तर अंग्रेजीमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगका दुईपक्षीय छलफलको आधार समेटिएको छ। पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा…

Read More