Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्धमा भने केही ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । महासङ्घका अनुसार आज सुन तोलाको रु एक हजार ४०० र चाँदी प्रतितोला ४० ले घटेको छ । स्थानीय बजारमा शुक्रबार छापावाला सुनको मूल्य रु ७२ हजार कायम गरिएको छ । हिजो बिहीबार छापावाला सुन प्रतितोला रु ७३ हजार ४०० मा कारोवार भएको थियो । बिहीबार पनि छापावाल सुन प्रतितोला रु १०० ले घटेको थियो । त्यस्तै तेजाबी सुनको मूल्य ७१ हजार ७०० तोकिएको…
काठमाडौं : सिंगापुरमा स्वास्थ्य उपचारपश्चात प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन । प्रधानमन्त्री ओली थाइ एयरबाट आज शुक्रबार मध्यान्ह १२ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्। विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका नेताले स्वागत गरेका थिए । प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न सिंगापुर गएका थिए। उनको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको हो। प्रधानमन्त्रीका साथमा उनकी पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत छन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल…
भद्रपुर ः पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुने बताएका छन। झापाको चन्द्रगढीमा आज प्रेस सङ्गठन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने , “मन्त्रिमण्डल हेरफेर हुनसक्ने अवस्था आए पनि प्रधानमन्त्री ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुन्छ ।” वरिष्ठ नेता खनालले पार्टी एकीकरणको विषयले एक वर्षसम्म पार्टीका काममा केही गतिरोध आए पनि एकताका प्रक्रिया केन्द्रदेखि गाउँ–टोलसम्म नै टुङ्गिसकेकाले सबै तहका कमिटीहरु अब पूर्णरुपमा चलायमान हुने बताए । उनले मुलुकको विकास र समृद्धिका लागि अब तीनै तहका सरकारलाई गतिशील बनाउनुपर्ने धारणा राखे । वर्तमान…
गोरखा : इँट्टाको पैसा नतिरेको भन्दै अपहरणमा परेका गोरखा भीमसेन थापा गाउँपालिका–६ अश्राङका जीवन खड्कालाई प्रहरीले सकुशल उद्धार गरेको छ । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा रौतहटको गरुडाबाट खड्काको उद्धार गरिएको गोरखाका प्रमुख प्रहरी उपरिक्षक ओम अधिकारीले जानकारी दिए। इँट्टा कारोवार गर्दा बक्यौता रहेकोे रु सात लाख नदिएको भन्दै रौतहटका व्यापारी राजीव पण्डित कुहारले उनलई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेकोे एसपी अधिकारीले बताए । खड्कालाई बुधबार राति राजीवको घर नजीकैको गोठबाट प्रहरीले उद्धार गरी अपहरणमा सङ्लग्न कुहारलाई समेत नियन्त्रणमा लिएको रौतहटका प्रहरी नायब उपरीक्षक तुलसी अर्यालले जानकारी दिए । …
काठमाडौँ : काठमाडौँ उपत्यकाका प्राचीन बस्ती पुनःनिर्माण र स्मार्टसिटीको विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ । कोरियाले उपत्यकाका साँखु, बुङ्मती र खोकनाको परम्परागत बस्तीको पुनःनिर्माण गर्न तथा सोसँग जोडिएका क्षेत्रहरुमा स्मार्टसिटी बनाउनका लागि सहयोग गर्न लागेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । पुनःनिर्माण तथा स्मार्टसिटी निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काठमाडौँ उपत्यका विकास प्राधिकरण र सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसनबीच कोरियाको सियोलमा सो सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त समझदारी काठमाडौँ उपत्यकाका प्राचीन बस्तीको संरक्षण गर्न तथा नयाँ शहरको विकासका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त…
पर्सा : वीरगञ्जको गणेशमानचौकमा आज बिहान १५ वर्षीया एक छात्रालाई एसिड (तेजाब) खन्याइ घाइते बनाइएको छ । विद्यालय जाने क्रममा वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी मुस्कान खातुनमाथि दुई जनाको सङ्ख्यामा रहेका युवकले तेजाब प्रहार गरेका हुन् । तेजाब प्रहारबाट घाइते भएकी खातुनलाई वीरगञ्जको नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि काठमाडौं ल्याइँदै छ । तेजाबबाट खातुनको अनुहार, छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । खातुनको स्वास्थ्य अवस्था गम्भीर रहेको पनि चिकित्सकले बताएका छन् । मुस्कानमाथि तेजाब खन्याएको अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।…
इनरुवा: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा बिष्फोट गराएको प्रहरीले जनाएको छ । बम बिष्फोट गराएर स्थानीयवासीमा डर, त्रासको अवस्था सिर्जना गर्ने र चन्दा आतङ्क मच्चाउने योजनाको साथ शैक्षिक संस्थामा बिष्फोट गराएको हुन सक्ने सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो । केही दिन अगाडि सुनसरीको इटहरीबाट विप्लव समूहका लागि चन्दा उठाउने…
चरिकोट: दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । अविरल वर्षापछि बढेको खोलाले कार बगाउँदा तामाकोशी गाउँपालिका–३ जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको छ भने सोही कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र चालक रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का पवन पौडेल घाइते भएका छन् । घाइते दुवैको अवस्था सामान्य रहेको र उनीहरुको सदरमुकाम चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिङ्गटीबाट चरिकोटतर्फ आउँदै गरेको इकोस्पोट बा१९च ४३९० नंको कार गए राति ११ः३० बजेको समयमा सुन्द्रावतीखोला तर्ने क्रममा आएको बाढीले बगाएको थियो । अविरल वर्षासँगै खोला…
काठमाडौँ: मौसम पूर्वानुमान शाखाले शुक्रबार देशभरी आंशिकदेखि सामान्य बदली रही केहि स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ। काठमाडौंमा बिहान सबेरैदेखि वर्षा भइरहेको छ। विभागले देशका पश्चिमी र मध्य भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको आफ्नो नियमित मौसमपूर्वानुमानमा जनाएको छ। विभागले मनसुनी न्यून चापिय रेखा औषत स्थान आसपास अवस्थित रहेको र यो अति नै सक्रिय रहेको जनाएको छ। उसका अनुसार उत्तर ओडिशा र पश्चिम बंगाल आसपास न्युन चापिय प्रणाली बनेकाले अहिलेको अवस्था आएको हो। विभागले आज शुक्रबार देखि आइतबारसम्म मौसम बारेमा निम्न अनुमान गरेको छः भाद्र २० गते (शुक्रबार) दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली…
काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विमलन्द्र निधिले आफ्नो पार्टी राज्यलाई हिन्दु राज्य नामाकरण गराउने पक्षमा नरहेको स्पष्ट पारेका छन्। पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले यस्तो बताएका हुन्। पार्टीका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा वकालत गरिरहेका बेला उपसभापति निधिले हिन्दु राज्य नामाकरण गराउने पक्षमा आफ्नो पार्टी नरहेको प्रष्टयाएका हुन्। संविधान निर्माणको नेतृत्वको गरेको आफ्नो पार्टी धर्म निरपेक्ष राज्यको मान्यतालाई स्विकार गरेर अघि बढिरहेको पनि स्मरण गराए। उनले नेपाली कांग्रेसको चार तारे झण्डाको एउटा मान्यता धार्मिक स्वतन्त्रता भएको र धर्म निरपेक्षता पनि त्यसैको परिपूरक भएकाले कांग्रेस सोही मान्यतामा अडिग रहेको पनि तर्क गरे। उपसभापति…