Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
- १०९ विद्यालयमा साढे ६ अर्ब लगानी, के के मा हुनेछ खर्च?
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: डा गोविन्द केसीका समर्थकहरुले आज राजधानीको वसन्तपुरमा सामूहिक नागरिक सत्याग्रह शुरु गरेका छन् । केसी स्वयम् भने २३ दिनदेखि अनशनरत छन् । हाल उनी त्रिवि शिक्षण अस्पतालमा अनशनमा रहेका छन् । समर्थकहरुले शंख फुकेर सत्याग्रह शुरु गरेका हुन् । सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा बिहान १० बजेदेखि शुरु सत्याग्रह साँझ ५ बजेसम्म जारी रहने छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै अनशनरत डा. केसीको माग सम्बोधनका लागि प्रबुद्ध नागरिक समाजले दबाव बढाउँदै लगेका छन् । शनिबार राजधानीमा भएको प्रदर्शनमा ब्यापक प्रहरी दमन भएको थियो ।
त्तुलसीपुर, दाङ: साउन एक साता बित्न लाग्दा पनि अझै वर्षात् नभएको र खेती हुन नसकेको भन्दै यहाँका किसानले भुमेबर्माको पूजा गरेका छन् । तुलसीपुर क्षेत्रको सात गाउँले कुलोबाट सिँचाइ हुने किसानले शनिबार सिँचाइ कुलोको मुहानमा गएर पूजा गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका–३ को श्रीकुलामा पूजा गरेको सात गाउँले कुलो सिँचाइ आयोजनाका अध्यक्ष कुलप्रसाद कालाथोकीले बताए । उनले पानी नपरी खडेरीका कारण खेती हुन नसकेको भन्दै पूजाआजा गरेमा देवता खुशी भई पानी पान्र्छिन् भन्ने जनविश्वासका कारण पूजा गरिएको हो भने । सयौँको सख्यामा कुलोको मुहानमा पूजा गर्न पुगेका किसानले कुखुरा र बोकासमेत काटेर बलि थिए । समयमा पानी नपर्दा किसान निकै…
काठमाडौँ: विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय कमिटिका अध्यक्ष तथा मार्गदर्शक जनरल भरत केसर सिंहको उपचारको क्रममा आइतबार विहान ८५ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान ३ बजेर ६ मिनेट जाँदा हृदय घातकाे कारण निधन भएको हाे । ६ साउन, काठमाडौं । विश्व हिन्दू महासंघ, अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ । उनको बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सिंहको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । सिंह पूर्वशाही पार्रश्ववर्ती अर्थात् तत्कालीन राजाका एडीसी राहीसाकेका थिए ।
काठमाडौँ: काठमाडौँको बबरमहलमा स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ । गएराति ११ः४५ बजे बा ७२ प ५०३८ नम्बरको स्कुटरले ठक्कर दिँदा रामेछाप घर भई भक्तपुरको ठिमी बस्ने २४ वर्षीय हीराबहादुर थानीको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले दुर्घटनाबाट घाइते थानीको उपचारका क्रममा राति १ः३० बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको जानकारी दिए । स्कुटरमा सवार रहेका दुई जना पनि घाइते भएकाले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ । साइकललाई ठक्कर दिएको स्कुटरसमेत नियन्त्रण गुमाएर पल्टिएको थियो ।
काठमाडौँ: चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीका समर्थक तथा नागरिक समाजका अगुवाहरु आजबाट सामूहिक सत्याग्रहमा बस्ने भएका छन् । २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउन आम नागरिकको सहभागितामा वसन्तपुर डबलीमा सत्याग्रह हुन लागेको हो । सोलिडारिटी फर डा. केसी अलायन्सकाे आयोजनामा हुन लागेको सत्याग्रह बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहने बताइएको छ । ०६२–६३ को जनआन्दोलन र त्यसपूर्व निकै सक्रिय नागरिक समाजका अगुवाहरुले केसीका मागबारे सरकारले उदासीनता देखाएको भन्दै सरकारको कडा आलोचना गरेका थिए । दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गर्न लागिएको डा केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले…
बीबीसी: जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको छ । मानिसहरुको मृत्यु हुन थालेपछि जापानी सरकारले आफ्ना जनतालाई सावधानी अपनाउन निर्देशन दिएको छ । यो सातामा सुरुमा नै जापानमा तापक्रम ४० डिग्रिसेल्सियस पुगेको थियो । जापान टाइम्स रिपोर्टका अनुसार दश हज्जारभन्दा बढी गर्मीसँग जोडिएका स्वास्थ्य समस्याको उपचार गराउन अस्पताल पुगेका थिए ।
विराटनगर: घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास पुर्याउने काम विराटनगरमा सुरु भएको छ । विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास पुर्याउन थालिएको हो । उर्जा मन्त्रालयअन्र्तगतको वैकल्पिक उर्जा प्रर्वछन केन्द्रले गौ सदनमा बायो ज्यास उत्पादनको काम थालेको डेढवर्षपछि यसको परीक्षण सुरु भएको छ । विश्व बैङ्कको ८४ लाख रुपैयाको सहयोग र गौसदनको २० प्रतिशत लगानीमा बायो ग्यास उत्पादन थालिएको समाचार आजको गोरखापत्रमा छापिएको छ । यसमा विराटनगर महानगरपालिकाले समेत पाँच लाख रुपैया उपलब्ध गराएको छ । तत्कालिन जिल्ला विकास समितिको जिम्मेवारीमा निर्माण थालिएको बायो…
काठमाडौँ: अर्थ मन्त्रालयले ५० करोड निकासा गरेपछि आठ जलविधुत आयोजनालाई पोस्टपेड दर पाउने भएका छन् । २०६८ सालमा तत्कालीन सरकारले २०७१ सालसम्म निर्माण सम्पन्न हुने आयोजनालाई पोस्टपेड दर दिने निर्णय गरेकोमा सो अवधिमा निर्माण सम्पन्न १५ आयोजनामध्ये ८ आयोजनाले चार बर्षको पोस्टपेड दर पाउने भएका हुन् ।, आजको कारोवार दैनिकमा यो खबर छ ।
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटी अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका छन् । सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई त्यस्तो सुझाव दिएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सो भेटमा सभापति देउवाले नयाँ वानेश्वरमा नेपाल तरुण दलको प्रदर्शनमा भएको झडपबारे चासो व्यक्त गर्दै आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै विद्यमान समस्याको समाधान भएको बताएका विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ: सरकारी वार्ता टोलीले डा गोविन्द केसी पक्षलाई वार्ताका लागि आउन फेरि आह्वान गरेको छ । वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले आज विज्ञप्ति जारी गर्दै डा केसी पक्षलाई निःशर्त वार्तामा आउनका लागि आह्वान गरेका हुन् । उनले डा केसीका माग वार्ताबाट सम्बोधन गर्न सकिने भन्दै वार्ताका लागि आह्वान गरेको बताए । संसद्मा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता वा स्थगित नभएसम्म डा केसीलाई काठमाडाँै नल्याउने र विधेयक फिर्ता नलिएसम्म वार्तामा नबस्ने डा केसी पक्षको वार्ता टोलीको भनाइले वार्ता हुन नसकेको सरकारी वार्ता टोलीका संयोजक बरालले बताए । सरकारले असार ३२ गते शिक्षा सचिव…