काठमाडौं: डा गोविन्द केसीका समर्थकहरुले आज राजधानीको वसन्तपुरमा सामूहिक नागरिक सत्याग्रह शुरु गरेका छन् ।
केसी स्वयम् भने २३ दिनदेखि अनशनरत छन् । हाल उनी त्रिवि शिक्षण अस्पतालमा अनशनमा रहेका छन् । समर्थकहरुले शंख फुकेर सत्याग्रह शुरु गरेका हुन् ।
सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा बिहान १० बजेदेखि शुरु सत्याग्रह साँझ ५ बजेसम्म जारी रहने छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै अनशनरत डा. केसीको माग सम्बोधनका लागि प्रबुद्ध नागरिक समाजले दबाव बढाउँदै लगेका छन् । शनिबार राजधानीमा भएको प्रदर्शनमा ब्यापक प्रहरी दमन भएको थियो ।
Facebook Comments Box