Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडा संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डीसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तर्गत नेपाल दक्षिण पूर्व एशियाली मतदान समूहको सदस्य रहेको सन्दर्भमा सो समूहद्वारा आयोजना हुने संयुक्त बैठकमा अर्थमन्त्री डा. खतिवडा सहभागी हुनु हुने कार्यक्रम छ। उनले विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका वरिष्ठ अधिकारीहरुसँग द्विपक्षीय छलफल गर्नेछन्। खतिवडाले अन्तर्राष्ट्रिय विकास संस्थाबाट नेपालको नीतिगत सुधारको लागि प्राप्त हुँदै आएको सहायतालाई थप प्रभावकारी बनाउने उपायलगायत सहायताका थप क्षेत्र र सम्भावनाबारे विस्तृत छलफल गर्ने कार्यक्रम…

Read More

काठमाडौं : जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ भएको मितिले १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश दीपककुमार दाहालको इजलासले महरालाई पक्राउ परेको मितिले १३ दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो। असोज १९ गते पक्राउ परेका महरा अदालतको आदेशअनुसार अब तीन दिन प्रहरी हिरासतमा बस्नुपर्नेछ। महरा असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए। जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जीको अनुमति दिएपछि उनलाई हिरासतमा लिइएको थियो। उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। अब तीन दिन (पहिलेकोसहित १३ दिन) को म्याद सकिएपछि प्रहरीले पुनः म्याद थपका लागि अदालतमा पेश गर्न सक्नेछ।…

Read More

काठमाडौं : पुँजी बजार सकारात्मक देखिएको छ । कारोबार रकमसँगै नेप्से सूचक पनि बढेर सुधारको संकेत देखाएको हो । लामो समयदेखि घट्दो क्रममा रहेको बजारले गति लिने अपेक्षामा लगानीकर्ता धैर्य गरिरहेका छन् । नेप्से सूचक मंगलबार ५.०८ अंकले बढेर ११४२.०४ विन्दुमा आइपुगेको छ । १५१ कम्पनीको २२ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ७ लाख ६५ हजार ८९७ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएकामध्ये २ वटा समूहका सूचक स्थिर देखिएका छन् भने बाँकी सबै सूचक हरिया बनेका छन् । वाणिज्य बैंक समूहको सूचक ४.५२ अंकले बढेको छ । कारोबार रकममा सिद्धार्थ बैंक अग्रस्थानमा छ…

Read More

काठमाडौं:  सोमबार जकनपुरस्थित बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् । मंगलबार अदालतबाट पक्राउको पुर्जी जारी भएसँगै प्रहरीले देशभर पत्र पठाएको थियो । साहलाई मंगलबार दिउँसो त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो । पक्राउ परेका साहलाई जिल्ला अदालत धनुषा पठाइनेछ । जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएको केही घण्टामै उनी पक्राउ परेका हुन् । सोमबार जनकपुरबाट काठमाडौं आएका साह आज धनुसा फर्कने क्रममा विमानस्थल पुगेका थिए । साहले सोमबार जनकपुरस्थित विमानस्थलमा बुद्ध एयरको जहाज ढिला आएको भन्दै झगडा तथा कर्मचारीलाई धकेलेका थिए । सोमबार बिहान ११ः४० मा उडान हुनुपर्नेमा दिउँसो साढे २…

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वस्तु आयात घटेको छ भने निर्यात व्यापार उल्लेख्य बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार दुई महिनामा कूल २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको छ । यो रकम अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को सोही अवधिको तुलनामा १.२२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा २ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यस अवधिमा निर्यात व्यापारमा भने उल्लेख्य वृद्धि भएको छ । तथ्यांक अनुसार चालु आवको दुई महिनामा १८ अर्ब ५० करोड १८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो रकम अघिल्लो आवको…

Read More

काठमाडौं : दशैंपछि लगातार घटिरहेको सुनको मूल्य आज मंगलबार तोलामा ७०० रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी मंगलबार तेजावी सुन प्रतितोला ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला ७० हजार रुपैयाँमा र तेजावी सुन ६९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि भदौ १८ गते सुन हालसम्मकै उच्च मूल्य ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको…

Read More

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानी छोडेको घोषणा गरेका छन । खड्काले आज प्रेस विज्ञप्ति जारी गरेर राजीनामाको घोषणा गरेका हुन् । खड्का १० वर्षदेखि राष्ट्रिय टोलीका कप्तान थिए । नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन आईसीसीले फुकुवा गरेको भोलिपल्ट उनले राजीनामा दिएका हुन् । पारस नेपाली क्रिकेट टोलीका सफल कप्तान मानिन्छन् । उनले नेपाली क्रिकेटमा लामो समय उत्कृष्ट प्रदर्शन गरेका छन् । राजीनामा घोषणासँगै पारसले फेसबुकमा लेखेका छन्– नेपाल क्रिकेट संघ (क्यान) निलम्बनबाट फुकुवा भएको खबर सुनेर निकै खुसी लागेको छ । नयाँ आएको कार्यसमितिले नेपाली क्रिकेटका लागि राम्रो कार्य गरोस् भन्ने…

Read More

काठमाडौं : जबरजस्ती करणीको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धानको थालनी भएको छ । अनुसन्धानका क्रममा आज महराको डिएनए परीक्षणको तयारी थालिएको छ । नर्भिक अस्पतालमा भर्नारत महराको अभियोग पुष्टयाँइका लागि घटनास्थलमा भेटिएका फुटेको चस्मा तथा जुत्ताको जिब्री लगायतका सामग्रीको डिएनए टेष्ट हुन लागेको स्रोतले बताएको छ । दशैंका बेला गिरफ्तार गरेर महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएका महरा अहिले नर्भिक अस्पतालको क्याबिनमा छन् । उच्च रक्तचापको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । प्रहरीले आज मंगलबार उनलाई म्याद थपका लागि अदालतमा लाने तयारी समेत गरेको छ । डिएनए टेष्टका लागि…

Read More

काठमाडौं: विदेशिएका नेपालीहरूको हक–हितका लागि भनेर स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । होटल ह्यातमा हुने सम्मेलन ३० असोजसम्म सञ्चालन हुनेछ । एनआरएनएले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट महाधिवेशन उद्घाटन गराउने तय भएको जनाएको छ । हरेक २ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार, एनआरएनएले नवौं महाधिवेशन गर्न लागेको हो । सिट ४२, आकांक्षी धेरै नवौं महाधिवेशनले आगामी कार्याकालका लागि नयाँ नेतृत्व चयनलगायतका महत्त्वपूर्ण सांगठनिक निर्णय गर्नेछ । एनआरएनएमा अध्यक्षसहित कुल १२ पद छन् । यी पदहरूमा ४२ जना निर्वाचित गर्नुपर्ने विधानमा व्यवस्था छ । तर, सीमित पदहरूमा धेरैले…

Read More

काठमाडौं : बहुप्रतीक्षित काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारले गरिदिने भएको छ। चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका दौरान यसमा चिनियाँ पक्षले सहमति जनाएको रेलवे विभागका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले बताएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल-चीन अन्तरदेशीय रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन गर्न सम्झौता भएको हो। चीनकै सहयोगमा पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ। ठूला आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नुअघि पूर्वसम्भाव्यता र सम्भाव्यता अध्ययन गर्ने गरिन्छ। पूर्वसम्भाव्यता अध्ययनले उक्त रेलमार्ग निर्माण सम्भव देखाएको छ। त्यो अध्ययनलाई थप प्रभावकारी बनाउन सम्भाव्यता अध्ययन गर्न खोजिएको विभागले जनाएको छ। त्यसका आधारमा डीपीआर र निर्माण मोडालिटीको…

Read More