काठमाडौं : दशैंपछि लगातार घटिरहेको सुनको मूल्य आज मंगलबार तोलामा ७०० रुपैयाँले बढेको छ ।
आज छापावाला सुन प्रतितोला ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी मंगलबार तेजावी सुन प्रतितोला ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाला सुन प्रतितोला ७० हजार रुपैयाँमा र तेजावी सुन ६९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि भदौ १८ गते सुन हालसम्मकै उच्च मूल्य ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ