Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी भएको छ । आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिएको छ । काठमाण्डौ महानगरपालिका र नेपाल प्रहरीको ५ वटा दमकलले आगो निभाउने प्रयास भैरहेको दरबारमार्ग प्रहरीले जनाएको छ । बिजुली सर्ट भएर क्लब रहेको भवनको माथिल्लो तलामा आगो लागेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: रौतहटको सिमावर्ती क्षेत्रमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको घटनास्थलमै मृत्युु भएको छ । जिल्लाको ईशनाथ नगरपालिका–६ खाप घिउरा र जयनगरको बीच बाटोमा अपरान्ह ४ बजे अज्ञात समुहको गोली प्रहारबाट अन्दाजी २२ वर्षीय युवकको मृत्युु भएको हो । मृतक युवकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घटनास्थलबाट दुुई मिटर टाढा रहेको भारतीय सिमापारीबाट एक मोटरसाईकलमा आएका तीन जनाले उनीमाथि गोली प्रहार गरेको बताइएको छ ।

Read More

काठमाडौँ: विश्व बैंकले नेपालको याे आर्थिक वर्षमा ६.४ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। बजार मूल्यमा नेपालको अर्थतन्त्र सो बिन्दुले बृद्धि हुने बैंकले प्रक्षेपण गरेको हो। दक्षिण एसियाको आर्थिक अवस्थाको बारेमा जानकारी गराउँदै बैंकले गएको वर्ष नेपालको बृद्धिदर बजार मूल्यमा ७.१ प्रतिशतले भएको र स्थिर मूल्यमा ६.७ प्रतिशतले भएको अनुमान गरेको छ। दक्षिण एसिया क्षेत्रको समग्र अर्थतन्त्र गएको सुस्त हुने बैंकले प्रक्षेपण गरेको छ। औद्योगिक उत्पादन तथा आयातमा कमी तथा वित्तीय क्षेत्रमा आएका चुनौतिका कारण अर्थतन्त्र सुस्त भएको र यो सुधार हुने प्रष्ट सम्भावना नभएको बैंकले बताएको छ। यो वर्ष नेपालको भन्दा भुटान तथा बंगलादेशको अर्थतन्त्रको बृद्धिदर तीब्र…

Read More

काठमाडौँ: चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिन राजकीय भ्रमण सकिएपछि नेपाल र चीनले १४ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्। संयुक्त वक्तव्यमा केरूङ-काठमाडौं जोड्ने सुरूङमार्ग बनाउने सम्झौता भएको उल्लेख गरिएको छ। वक्तव्यको पाँच नम्बर बुँदामा भनिएको छ- दुई देशबीचको सुदृढ कनेक्टिभिटीको महत्व महशुस गर्दै केरूङ-काठमाडौं जोड्ने सुरूङमार्गको सम्भाव्यता अध्ययन गर्न सक्रियताका साथ सहकार्य गर्न दुबै देश सहमत भएका छन्। सरकारले केरूङ-काठमाडौं जोड्न काठमाडौंको टोखादेखि छहरे र रसुवाको बेत्रावतीदेखि स्याप्रुवेंशीसम्म सुरूङ मार्ग बनाउने बताएको छ। सुरूङ मार्ग बनाउन दुबै देशले संयुक्त निर्माण कम्पनी बनाउने समझदारी पनि गरेका छन्। संयुक्त वक्तव्यमा केरूङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने पनि उल्लेख छ। ‘सन २०१८मा रेल्वे…

Read More

काठमाडौँ: ७५६ मेगावाट क्षमताको तमोर जलशाययुक्त जलविद्युत आयोजनामा चिनियाँ कम्पनी पावर चाइना कन्स्ट्रक्सन कम्पनी भित्रिएको छ। पावर चाइनाले नेपालको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडसँग मिलेर उक्त आयोजना बनाउने भएको हो। लगानी बोर्डले अनुमति दिएपछि यी कम्पनीले आजै सैद्धान्तिक सम्झौतामा हस्ताक्षर गरेका छन्। ऊर्जामन्त्री वर्षमान पुनको उपस्थितिमा दुई कम्पनीबीच पहिलो सम्झौता भएको हो। त्यस्तै, यी दुई कम्पनीले मादी जलशाययुक्त आयोजना बनाउने भएका छन्। १५६ मेगावाटको यो आयोजना बनाउन दुवै कम्पनी छुट्टै कम्पनी बनाउन सहमत भएका हुन्।

Read More

काठमाडौँ: नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गर्नुभएको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो । वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ । हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका…

Read More

काठमाडौँ: नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता प्रारम्भ भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गर्नुभएको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार–विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधनमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुन्छ भने राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ् यी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत हुनुहुन्छ । वार्तापछि राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा एक दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । राष्ट्रपति…

Read More

काठमाडौ: नेपाली कांग्रेसले यस वर्षको दशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आज देशैभर चियापान कार्यक्रम गर्दैछ । उपत्यकामा पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम राखिएको छ । बाँकी ७६ वटै जिल्लामा पनि चियापान कार्यक्रम राखिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उपत्यकामा हुने चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, नेपाल सरकारका मन्त्रिपरिषद् सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू, माननीय सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कुटनीतिक नियोगका प्रमुखहरू, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरूलाई आमन्त्रण गरिएको छ । यस्तै, पेसागत एवं बुद्धिजीवीहरू, नागरिक समाजका अगुवाहरू, मानव अधिकारकर्मीहरू, विभिन्न सञ्चार…

Read More

काठमाडौँ: चिनियाँ राष्ट्रपति सी चिनपिङले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका नेताहरूले सामूहिक भेटवार्ता गरेका छन्। आज बिहान राष्ट्रपति सीले सचिवालय सदस्यसँग सामूहिक भेट गरेका हुन्। भेटवार्तामा दुई देश र दुई कम्युनिस्ट पार्टीको पारस्परिक हित प्रवर्द्धनका विषयमा छलफल केन्द्रित भएको सचिवालय सदस्य तथा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए। राष्ट्रपति सीले हिजो राष्ट्रपति विद्यादेवि भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भेटवार्ता गरेका थिए। उनले केहिबेरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने छन्। भेटवार्ताका लागि प्रधानमन्त्री ओली होटल सोल्टी क्राउन प्लाजा पुगिसेका छन्। आजै दुई देशबीच महत्त्वपूर्ण समझदारीमा हस्ताक्षर हुनेछ। दुई दिने राजकीय भ्रमणमा…

Read More

काठमाडौं: नेपाली कांग्रेसका सांसद महोम्मद अफ्ताव आलम पक्राउ परेका छन् । सांसद आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको हो । ०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आलमलाई जिल्ला प्रहरी कार्यालय राैतहटमै राखिएको छ । आलम राैतहट क्षेत्र नं. २ बाट निर्वाचित सा‌ंसद हुन् । उक्त बम विष्फोटको घटनामा ४ जनाको मृत्यु भएको थियो। आइतबार बिहान प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले आलमलाई उनको निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेको हो । उनीमाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले…

Read More