Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : सनराइज बैंकले १५.८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र ५.८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण सुरु गरिनेछ । बैंकले ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, बैंकले ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश बाँड्नेछ । हाल सनराइज बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि ८…
काठमाडौँ: क्यासिनोमा हुने कारोबार र जुवा खेल्नेहरुमाथि सरकारले निगरानी बढाउने भएको छ । सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा क्यासिनो व्यवसायीलाई निर्देशिका जारी गर्दै सरकारले कडाइ गर्न लागेको हो । क्यासिनो सञ्चालकले अब कर्मचारी, ग्राहक पहिचान, जोखिम मूल्यांकन, शंकास्पद कारोबारको पहिचान सम्बन्धमा कार्यविधि नै बनाएर कार्यान्वयन गर्नुपर्ने छ । क्यासिनोमा ग्राहकमा रूपमा छिर्ने सबै व्यक्तिको पहिचानसम्बन्धी कानूनतः तोकिएको सबै प्रक्रिया व्यवसायीले पालना गर्नुपर्ने प्रावधान अनिवार्य गरिएको छ । यसमा पनि उच्चपदस्थ व्यक्तिको पहिचानलाई कम्पनीहरुले प्राथमिकता दिनु पर्नेछ । निर्देशिका अनुसार कुनै पनि ग्राहकले एक दिनमा एकैपटक वा पटक–पटक गरी १० लाख रुपैयाँभन्दा बढी क्यासिनोमा जित्यो या हार्यो भने त्यसको जानकारी व्यवसायीले…
काठमाडौं: राजनीतिक पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षाैंसम्म काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौंं भए पनि कालो सूचीमा पाँचदर्जनलाई मात्र राखिएको छ। कानुनअनुसार समयमा काम नगर्नेे ठेकेदार कम्पनी तथा सप्लायर्सलाई कालो सूचीमा राख्ने जिम्मेवारी सार्वजनिक खरिद अनुगमन कार्यालयको हो। मुलुकभरका अधिकांश आयोजना समयमा काम नभएर अलपत्र अवस्थामा छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष गरेको अनुसन्धानले पनि एक हजार ८ सय ४८ आयोजना लथालिंग अवस्थामा भएको देखाएको थियो। तर अहिलेसम्म जम्मा ५८ ठेकेदारलाई मात्र कालो सूचीमा राखिएको छ। अनुगमन कार्यालयका अनुसार गत वर्षसम्म ५० वटा ठेकेदार कम्पनी तथा सप्लायर्स कालो सूचीमा राखिएको थियो भने यो वर्ष ८ वटा थपिएका छन्। समयमा…
काठमाडौं : हिजो मंगलबार दिनभर परेको पानी आज पनि पर्ने अनुमान गरिएको छ । आज बुधबार काठमाडौं उपत्यकामा दिनभर बादल लाग्ने र पानी पर्ने मौसमविदहरुको पूर्वानुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकामा घाम लाग्ने सम्भावना नभएको र दिनभरी नै पानी पर्ने छ । बुधबार देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने छ । कतैकतै भारी वर्षाको पनि सम्भावना रहेकाले पहिरो जान सक्ने, नदीहरुमा पानीको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदे सुझाव दिएका छन् । बंगालको खाडीबाट आएको…
काठमाडौँ : काठमाडौँ जिल्लालाई बल्ल खुला दिसामुक्त जिल्लाका रुपमा घोषणा गरिएको छ । मङ्गलबार यहाँ जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको समारोहमा प्रदेशसभा सदस्य नारायण सिलवालले काठमाडौँ जिल्ला खुला दिसामुक्त भएको पत्र पढेर घोषणा गरेका हुन । भदौ २४ गते काठमाडौँ महानगरलाई ‘खुला दिसामुक्त महानगर’ घोषणा गरिएको थियो । खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्लास्तरीय समन्वय समितिको प्रतिवेदनअनुसार काठमाडौँ जिल्लामा दुई लाख ९२ हजार ४५२ घर छन् र ती सबै घरमा चर्पी छन् । काठमाडौँलाई सन् २०१७ अगाडि नै खुला दिसामुक्त जिल्लाका रूपमा घोषणा गर्ने कार्यक्रम रहेको भए पनि काम सफल हुनसकेको थिएन…
खोटाङ: कृषकले खेती गर्न छाडेपछि यस वर्ष जिल्लामा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । विगतका वर्षहरुमा प्रतिकेजी रु २५ देखि ३० मा पाइने अदुवा यस वर्ष मूल्य बढेर प्रतिकेजी रु २०० देखि २२० सम्ममा खरीद तथा बिक्री भइरहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारमा शनिबार र बुधबार लाग्ने हटियामा अदुवा किन्नेको तछाडमछाड नै चल्ने गरेको छ । अदुवा मसलाका रुपमा प्रयोग गरिन्छ । विकसित शहरमा अदुवाबाट केण्डी, सुठो, जुसलगायत विभिन्न परिकार बनाइए पनि यहाँ प्रविधिको अभावमा मसलाका रूपमा मात्रै प्रयोग गरिन्छ । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको जिल्लामा अदुवालाई मसलाका साथै पितृकार्यमा समेत प्रयोग गर्ने गरिएको…
संखुवासभा : संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्। धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १० ः ५ बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको घटनास्थल पुगेका अर्का गाडी चालक प्रेम तामाङले जानकारी दिए। तामाङका अनुसार गाडी चालक सन्तोष विक चालक सहित ६ जना बेपत्ता भएका हुन्।गाडीमा खाँदबारी–९, का प्रमेश थापामगर र उनकी भाउजु कल्पना थापामगर बिरामी दुई महिनाको बच्चा समिर श्रेष्ठ, उनका बुबा आमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ बेपत्ता भएका छन्। बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि वीपी मेमोरियल स्वास्थ्य…
काठमाडौँ: कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ । वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि…
रुकुम पूर्व: स्थानीय तहको चुनाव भएको दुई वर्षभन्दा बढी भइसकेको छ । सबै स्थानीय तहले सहजताका लागि गाडी पनि किनिसकेका छन् । रुकुम पूर्वका तीनवटै स्थानीय तहले पनि स्कार्पियो किनेका छन् । स्कार्पियो किने पनि पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्ती भने गाउँपालिकाका विभिन्न ठाउँमा जाँदा घोडामा चढेर जानुहुन्छ । स्कार्पियो छोडेर रहरले भने अध्यक्ष घर्ती घोडा चढ्नुभएको होइन । १४ वटा वडा रहेको गाउँपालिकाको नौ वटा वडामा सडक सुविधा छैन । सडकको सुविधा नपुगेको ठाउँमा स्कार्पियोको के काम ? यसैकारण अध्यक्ष घर्ती गाउँपालिकाका विभिन्न कार्यक्रम तथा ठाउँहरुमा जाँदा घोडा चढेर जानुहुन्छ । “गाउँपालिकाको १ देखि ९ नम्बरसम्मका वडालाई अहिलेसम्म…
बनेपा: मौसम खराबीका कारण यहाँ अवतरण गरिएका चार हेलिकप्टर आठ घण्टापछि काठमाडौँका लागि उडेका छन् । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ जोरपाटी र हर्सेमा आज बिहान आकस्मिक रुपमा अवतरण गरिएका हेलिकप्टर आठ घण्टापछि उडेका हुन् । लुक्लाबाट काठमाडौँका लागि उडेका हेलिकप्टर हर्से र जोरपाटीमा आज बिहान ८ बजे आकस्मिक रुपमा अवतरण गराइएको थियो । सिम्रिक एयरका दुई तथा मनाङ एयर र कैलाशको एयरको एक÷एक वटा हेलिकप्टरलाई आकस्मिक अवतरण गराइएको हो । सिम्रिक एयरको एउटा हेलिकप्टर यहाँबाट केही घण्टामै काठमाडौँका लागि उडे पनि मौसममा सुधार नआएपछि पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आकस्मिक अवतरण गरिएको थियो । यस्तै मौसम खराबीकै कारण पाँचखालको ढुङ्गानाबेँसीका अवतरण गरिएको…