Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको जानकारी दिइयो । पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । यसैगरी तेस्रो लाम एयरपोर्टतर्फबाट–पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली–गौशालातर्फबाट पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट मन्दिर…

Read More

काठमाडौँ: सरकारले सुरक्षा संवेदनशील क्षेत्रमा बनेका ठूला भवनका सम्बन्धमा अध्ययन गर्न बनेको समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनमा लैजाने भएको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो । गृह सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, ससस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने, काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीलगायतको उपस्थितिमा बैठक बसेको थियो । सुरक्षा संवेदनशील क्षेत्रमा बनेका ठूला भवनका सम्बन्धमा अध्ययन गर्न काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको संयोजकत्वमा बनेको समितिले आज मन्त्रालयलाई उक्त प्रतिवेदन बुझाएको…

Read More

काठमाडौँ : पछिल्लो समय देशका ४५ भन्दा बढी जिल्लामा देखापरेको डेङ्गु रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो एकल प्रयासले मात्र सम्भव नहुने जनाएको छ । अघिल्लो आवमा तीन हजार ८३४ जनामा देखिएको सो रोगको सङ्क्रमण चालू आवको एक महीना १२ दिनमा एक हजार ५३७ जनामा प्रमाणित भएको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सो रोग सङ्क्रमण हुने गर्दछ । दश हजारमध्ये एक हजारमा मात्र रोगको लक्षण देखापर्दछ । पछिल्लो समय देशका अधिकाशं ठूला शहरमा सो रोग देखापरिसकेको छ । सबैभन्दा स्वच्छ र सफा मानिने पोखरा लेखनाथ महानगरपालिमा मात्र अहिलेसम्म ३१५ जना सङ्क्रमित बिरामी भेटिएका छन् ।…

Read More

काठमाडौँ: विज्ञले चौपाया तथा पक्षी व्यवसायीलाई यातानापूर्वक पशुपक्षीको ओसारपसार नगर्न आग्रह गरेका छन् ।  यातनापूर्वक पशुपक्षीको ढुवानी गर्ने कार्य ‘पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५’ विपरीत हुने र यातनापूर्वक ओसारपसार गरिएका पशुपक्षीको मासु स्वस्थ्यका लागि अस्वस्थकर हुने भएकाले त्यसो नगर्न वरिष्ठ पशु विकास अधिकृत डा श्रीराम अधिकारीले आग्रह गर्नुभएको हो । पशुपक्षीको ढुवानी गर्दा नाकमा डोरी लगाउने, पुच्छर वा खुट्टा बाँध्ने, क्षमताभन्दा वढी राख्ने, हावादार साधनको प्रयोग नगर्ने, यात्रुबाहक बसको डिक्कीमा राख्ने, ढुवानीका साधनमा उपचार बक्स नराख्ने, बीच–बीचमा खाना वा पानीको व्यवस्था नगर्ने, साना र ठूला पशु एकै ठाउँमा राखी ओसारपसार गर्ने कार्य पशुपक्षीका लागि यातना दिएको बुझ्नुपर्छ…

Read More

काठमाडौँ : नेपाल राष्ट्र बैंकले सर्वसाधारणको खाता सुरक्षित रहेकाले निर्धक्क भएर कारोवार गर्न आग्रह गरेको छ । चिनियाँ नागरिकले नेपाली बैंकको एटिएमबाट पैसा निकालेपछि छलफलमा जुटेको केन्द्रीय बैंकले सुरक्षाका कुन–कुन विषयमा कमजोरी रह्यो भन्ने बारेमा गम्भीररूपमा अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धतासमेत जनाएको छ । बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले रासससँग कुरा गर्दै भन्नुभयो, “आम नागरिकको खातामा रहेको रकम सुरक्षित छ । कुनै चिन्ता लिनुपर्दैन”, उहाँले बैंक तथा वित्तीय संस्थालाई समेत ढुक्क भएर कारोवार गर्न र सेवाग्राहीलाई सेवा दिन आग्रह गरिएको जानकारी दिनुभयो । नेपाल राष्ट्र बैंकले  एटीएम ह्याक प्रकरणका विषयमा अध्ययन गर्न  छानविन समिति बनाएको छ । एटीएम ह्याक गरेर…

Read More

काठमाडौँ:  शनिबार अपराह्न पटक–पटक गरी शङ्कास्पदरूपमा ठूलो रकम दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट निकालियो । यसअघि एटिएम बुथबाट पटक–पटक व्यक्तिको पैसा निकालिएको घटनाका कारण नबिल बैंक उच्च सतर्कतामै थियो । प्रभु बैंकको रकम अस्वभाविक रुपमा आफ्नो बुथबाट निकालिएपछि उसले प्रभु बैंक र प्रहरीलाई खबर ग¥यो । सूचना पाएलगत्तै महानगरीय प्रहरी परिसरबाट प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोली दरबारमार्ग पुग्दा एक चिनियाँ नागरिक झू लियाङयाङ पैसा निकाल्दै गर्दा फेला परे । खानतलासी गर्दा उनीसँग २० थान नक्कली एटिएम कार्ड र भर्खरै निकालिएको रु ४५ हजार फेला परेपछि एटिएम बुथ नै ह्याक गरेर करोडौँ रकम लैजान लागेको रहश्य खुल्यो…

Read More

काठमाडौँ: नबिल बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा शनिबार राति प्रहरीको नियन्त्रणमा रहेका चिनियाँबारे थप विवरण सार्वजनिक भएको छ। पक्राउ परेका पाँच जना चिनियाँमा चेन बिन बिन, झु लियांग आंग, क्वियु युंगक्विंग, लुओ जिआल्बी र लिन बिनमेंग रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर ८०, चिनियाँ युआन १ हजार १ सय ९१, अमेरिकी डलर ९ हजार १ सय ८, कम्बोडियाको मुद्रा ५ हजार र युरो २ सय ५० बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुबाट नेपालीसहित उक्त विदेशीमुद्राबाहेक नक्कली भिसाकार्ड १…

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग लगायतका जीर्णाेद्धारको दोस्रो चरणको काम आजबाट शुरु हुँदैछ । आजदेखि पुस १५ गतेसम्मका लागि दैनिक ७ घण्टा विमानस्थल बन्द गरी मर्मतको काम शुरु हुँदैछ । विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार बेलुका साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुनेछ । उहाँले विमानस्थल बन्द गरी रनवे सेन्टर लाइन लाइट, ट्याक्सी वे तथा ट्याक्सी वे र रनवे जोड्ने लिङ्क रोड निर्माण लगायतको काम हुने जानकारी दिनुभयो । रातिको समयमा विमानस्थल बन्द भएपछि गत बिहीबारबाट जापानको ओसाका उडान शुरु गरेको सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको उडान भने सञ्चालन हुनेछ । विमानस्थल मर्मतको काम शुरु…

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आफ्ना कर्मचारीलाई यात्रुसँगको व्यवहार सहज र राम्रो बनाउन सकारात्मक सोचसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । ‘अतिथि देवो भव’ को भावनाबाट विमानस्थल कर्मचारी विमुख नहुन भनेर सबै कर्मचारीका लागि नैतिकतासम्बन्धी प्रशिक्षण आयोजना गरिएको हो । साथै कर्मचारीमा आज गर्नसकिने काम सकेसम्म आजै गर्ने भन्ने सोचको विकास गर्न र भोलि भन्ने बानी हटाउन प्रशिक्षण प्रभावकारी हुने बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज उक्त प्रशिक्षण शुभारम्भ गर्दै यस्ता प्रशिक्षणले यात्रुसँगको व्यवहार राम्रो हुनाका साथै सम्बन्ध पनि कायम हुने बताउनुभयो । मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइलसमेत नचलाउने निर्देशन दिएका छन् । मन्त्री…

Read More

भक्तपुर: देशभरि फैलँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा परेको जानकारी दिनुभयो । भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेको हो । अहिले दुई जनाको सोही अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविभूषण सुवालले जानकारी दिनुभयो । यहाँ डेङ्गुको सङ्क्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पतालमा जचाउन पठाउनु परेको उहाँले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत न्यौपानेका अनुसार गत वर्ष तीन जनामा मात्रै…

Read More