Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : सबैको लघुवित्त वित्तीय संस्या लिमिटेडको आइपिओ शेयर नेप्सेमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड -नेप्सेले आज जारी गरेको सूचना अनुसार १६ लाख ५० हजार आइपिओ शेयर सूचीकृत भएको हो । शेयर सूचीकृतपछि दोश्रो बजारमा किनबेच गर्न सकिनेछ । साउन १ गतेदेखि सबैको लघुवित्तले साधारण शेयर (आइपिओ) बिक्री गरेको थियो ।
काठमाडौं ः गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ७% बोनस सेयरको घोषणा गरेको छ । यस लघुवित्तले बोनसमा लाग्ने कर तिर्नका लागि लगानीकर्तालाई ०.३६% नगद लाभांश पनि दिने निर्णय गरेको छ । हिजो मंगलबार बसेको सञ्चालक समिति बैठकले ७२ लाख ४५ हजार रुपैयाँ बराबरको बोनस सेयर र ३ लाख ८१ हजार ३१५ रुपैयाँको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ । हाल गणपतिको चुक्ता पुँजी १० करोड ३५ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ११ करोड ७ लाख ४५ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले…
काठमाडौँ: प्रधानमन्त्री केपी शमौ ओलीले आफू अझै १५ वर्ष राजनीतिक मैदानमै रहने बताएका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृह मन्त्रालयमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले केही व्यक्ति आफूलाई मरिहालोस् भन्ने चाहे पनि आफू अझै १५ वर्ष मैदानमै हुने दावी गरेका हुन्। प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका बारेमा मिडिया र सामाजिक सञ्जालमा भइरहेका चर्चा-परिचर्चा खण्डन गर्दै आफूलाई मरिहालोस् भन्ने विरोधीलाई आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौती दिए। ‘अचम्म लाग्छ । विरोधीहरु कति कमजोर भएछन् भने ऊ बाँचोस् तै पनि मुकाविला गर्छु भन्ने छैन, मरिहालेदेखि हुन्थ्यो भन्छन्’, उनले भने, ‘मलाई यस्ता प्रवृत्तिसँग केही…
काठमाडौँ: भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम् जयशङ्कर नेपालको दुई दिवसीय औपचारिक भ्रमणका सिलसिलामा आज राजधानी आइपुग्नुभएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठकमा भाग लिन उहाँ आज बङ्गलादेशको ढाकाबाट राजधानी आइपुग्नुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा परराष्ट्रमन्त्रालयका सचिव शङ्करदास वैरागी र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले स्वागत गर्नुभएको थियो । संयुक्त आयोगको बैठक आजै अपराह्नदेखि प्रारम्भ हुँदैछ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पु¥याउन मद्दत पुुग्ने गरी गहन विचारविमर्श हुनेछ । तीन वर्षपछि हुन लागेको उक्त…
काठमाडौं: देव विकास बैंकको १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेर फरार रहेका बैंकका म्यानेजर पक्राउ परेका छन् । पक्राउ पर्नेमा देव विकाश बैंक नारायणपुर शाखाका म्यानेजर समिर बुढाथोकी रहेका छन् । बुढाथोकी माथि बैंकको १७ करोड रकम घोटाला गरेको अभियोगमा प्रहरीले उनलाई गएराति घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेका म्यानेजर बुढाथोकीलाई बुधवार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।
अफगानिस्तान : अफगानिस्तानको उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिएका छन् । प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद जवाद हाजिरीका अनुसार उक्त कारबाहीमा अरु १० जना घाइते भएका छन् । हाजिरीले विद्रोहीलाई समाप्त गर्न स्थल र हवाई दुबै कारबाहीलाई निरन्तरता दिइने जानकारी दिएको विविसीले जनाएको छ । उनले अशान्त एस्कामिस जिल्लाका सयौं गाउँलाई विद्रोहीको कब्जाबाट मुक्त गरिएको पनि बताए। सुरक्षा फौजको उक्त कारबाहीका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।
इटहरी : नेपालमै पहिलो पटक एक नम्बर प्रदेशस्तरीय मूर्तिकला कार्यशाला तथा पाठ्यक्रम निर्माण कार्यक्रम आयोजना भएको छ । कार्यशालाले नेपालमै पहिलो मूर्तिकलाको पाठ्यक्रम निर्माण गरिएको मेट्रिक्स अध्यक्ष विक्रम श्रीले बताए। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा इटहरीस्थित इटहरी मेट्रिक्सले आयोजना गरेको सो कार्यशालामा प्रदेश १ का १२ जिल्लाका चार महिलासहित २८ सहभागीले मूर्तिकला विषयमा प्रशिक्षण लिए । उनका अनुसार प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको रु १२ लाख र अन्य सम्पूर्ण खर्च आयोजक संस्थाले व्यहारेको थियो । इटहरीबाट पूर्व उत्तरमा रहेको सो मेट्रिक्स स्थानमा फाइवरजेल, धातु, जर्मन सिसा र आरसिसी गरी बनाइएका ८२ वटा मूर्ति छन् । ती मूर्ति प्रदेश १…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको संविधान तथा राष्ट्रिय दिवस भव्यता र व्यापकताका साथ मनाउन सबैमा आह्वान गरेका छन। ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धिका रूपमा संविधान आएकाले यो राष्ट्रव्यापी साझा दिवसको विशेषता, व्यापकता र भव्यता भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कसरी जनस्तरमै व्यापक बनाउन सकिन्छ, त्यसैगरी तयारी थाल्न निर्देशन दिएका छन । आज गृह मन्त्रालयमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दिवसमा उद्योगी, व्यापारी, शिक्षक, कर्मचारीदेखि हरेक पसल र घरमा झण्डा होस्, हरेक गाडीमा झण्डा होस्, हरेक घरले दिपावली मनाओस्, बिजुली नभएका ठाउँमा पनि लस्करै टुकी बालेर…
कास्की ः पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले कास्की–२ सहित ५० पदका लागि तोकेको ५५० मतदान केन्द्र कायम गरेको जानकारी दिएसँगै कास्कीमा चुनावी सरगर्मी शुुरु हुन थालेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले देश बुझेको, भूगोल बुझेको, त्यो भन्दा बढी जनताको भावना बुझेको व्यक्ति अब उम्मेदवार बन्नुपर्ने बताए। उनले भने , “स्थानीय जनताको पीरमर्का र आवश्यकतालाई सम्बोधन गर्न सक्ने, राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर अन्तर्राष्ट्रियस्तरमा समेत प्रभाव पार्न सक्ने व्यक्तित्वको खाँचो छ ।” साहित्यकार एवं…
काठमाडौँ : आपसी सम्बन्धबारे छलफल गर्न नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आज अपराह्नदेखि राजधानीमा सुरु हुँदैछ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने सो बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पु¥याउन मद्दत पुुग्नेगरी गहन छलफल हुनेछ । तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हरप्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनका साथै राजनीतिक सम्बन्ध, सिमाना र…