Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : नेपालको भ्रमणमा रहेका भारतका बाह्य मामिलामन्त्री सुव्रमण्यम जयशङ्करले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा नेपाल–भारत सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा छलफल भएको थियो । भेटमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल र नेपालका लागि भारतका राजदूत मञ्जीभसिंह पुरीको उपस्थिति थियो ।
काठमाडौं : हिमाल दोलखा हाइड्रोपावरको प्राथमिक शेयर (आईपीओ) को आज भदौ ५ गते बाँडफाँट हुँदैछ । कम्पनीले जारी गरेको शेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमलमा आज बिहीबार अपराह्न ४ बजे बाँडफाँडको तयारी भएको हो । यस कम्पनीमा लगानी गरेका सबै लगानीकर्ताले मागेजति शेयर पाउने पक्का छ। कम्पनीले निष्काशनमा ल्याएको आईपीओ आधा नबिकेपछि लगानीकर्ताले माग अनुसार नै शेयर पाउने पक्का भएको हो । कम्पनीको शेयरमा सर्वसाधारणबाट निष्काशित शेयरको आधा भन्दा कम ३३ लाख १८ हजार ६३० कित्ता शेयरको लागि ७४ हजार ४४० वटा अवेदन परेको छ। हिमाल दोलखाले असार २५ देखि साउन २४ गतेसम्म ७४ लाख ९३ हजार ७६६…
काठमाडौँ ः यसै महिना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एसिया कप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि नेपालले आज रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो । सो टोलीमा छनोट हुनेहरूमा कप्तान पौडेलसहित रित गौतम, पवन सर्राफ, मोहमद आसिफ शेख, सन्दीप जोरा, भीम सार्की, कुशल मल्ल, रशिद खान, कमल सिंह ऐरी, सूर्य तामाङ, सागर ढकाल, हरिबहादुर चौहान, खडक बोहरा, लोकेश बम र प्रतिष जिसी छन् । यही भदौ २० आयोजना हुने उक्त प्रतियोगिता उद्घाटनका अवसरमा नेपालले गते श्रीलङ्कासँग प्रतिस्पर्धा…
काठमाडौँ: राष्ट्रियसभाले आज ‘प्रहरी समायोजन विधेयक, २०७६’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७६’ सर्वसम्मतिले स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त दुई विधेयक सदनसमक्ष विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दा राष्ट्रियसभाबाट सर्वसम्मत स्वीकृत भएको हो । प्रस्तुत दुई विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री थापाले प्रमुख जिल्ला अधिकारीको भूमिका विधेयकले बराबरी तोकेको बताउनुभयो । उहाँले प्रजिअलाई केन्द्र तथा प्रदेश सरकारको मातहतमा बसेर दुवै तहका सरकारले तोकेको जिम्मेवारीलाई निर्वाह गर्नुपर्ने, प्रमुख कर्तव्यको पालना, शान्तिसुरक्षा र तोकिएको जिम्मेवारीलाई बहन गर्न विधेयकमा व्यवस्था भएको बताउनुभयो ।…
काठमाडौं : विना इजाजत संस्था खोलेर बालबालिका राख्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । नमुना प्रगतिशिल महिला समाज नामक संस्थाले बालबालिका राखेको अभियोगमा त्यहाँ कार्यरत काठमाडौं महानगरपालिका(१४ वाफल बस्ने ४६ वर्षीय सुजित रायमाझी लगायत ३ जना हिजो बुधबार बिहान पक्राउ परेका हुन । संस्थामा विभिन्न जिल्लाबाट बालबालिकाहरु ल्याई राखेको भन्ने सूचनाको आधारमा बालवालिका खोजतलास केन्द्र भृकुटीमण्डप, राष्ट्रिय बाल अधिकार परिषद पुल्चोक र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट संयुक्त रुपमा खटिएको टोलीले ९ जना बालबालिकाहरुको उद्धार समेत गरेको थियो । उद्धार गरिएका बालबालिकाहरुलाई बाल हेल्पलाईन कलंकी राखिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको…
गोरखा : गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ मा गए राति भारी वर्षापछि गएको पहिरोका कारण एक घर बगाएको छ । गए रातिको पहिरोले २९ घर जोखिममा परेका छन् । साथै तीन गाउँका बस्ती जोखिममा परेको वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए । स्थानीय देव गुरुङको पसल घरसहित सबै सामान बगाएको र अन्य पाँच घरमा क्षति पु¥याएको छ । पहिरोले थैलीडाँडामा मात्रै १८ घर जोखिम परेको उनले बताए। त्यस्तै बारपाकको स्नानगाउँमा चर्चभन्दा मुनिका छ घर पहिरोको जोखिममा परेको छ ।
काठमाडौँ : सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर आज भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताए । सात दिनअघि म्याग्दीको लोलाङनजिक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टरको भूकम्प गएको थियो ।
काठमाडौँ : पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि सिंगापुर गएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय गरेको छ । पार्टीको आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सांगठनिक एकताका बाँकी कामबारे अर्को बैठक प्रचण्डले आह्वान गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा प्रधानमन्त्री ओली ७÷१० दिन त्यहाँ रहँदा पार्टीले गर्नुपर्ने निर्णय अर्का अध्यक्षको नेतृत्वमा गर्ने समझदारी बनेको श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य उपचारका लागि आज अपराह्न…
काठमाडौं: नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक द्विपक्षीय साझेदारी र सहकार्यका विविधि कार्यविवरण अर्थात् ‘मिनेट्स्’मा हस्ताक्षर गर्र्दै आज राति सम्पन्न भएको छ । बैठकका सहअध्यक्षद्वय परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले र उका भारतीय समकक्षी सुब्रमण्यम जयशङ्करले बैठकका क्रममा भएका द्विपक्षीय सहमतिका लिखित व्यहोरामा हस्ताक्षर गरेर संयुक्त आयोगको पाँचौँ भेटवार्ता सम्पन्न भएको हो । मिनेट्स्मा हस्ताक्षर गरेपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै मन्त्री ज्ञवालीले नेपालको निकटको असल छिमेकी भारतले नेपालप्रति दर्शाएको सद्भावको सराहना गर्दै आयोगको बैठक फलदायी बनेको बताए । भारतसँग निकट सम्पर्कमा रहेर सहकार्य र साझेदारी गर्न नेपाल इच्छुक रहेको बताउँदै उनले दुवै देशका जनताको बृहत्तर हितमा…
काठमाडौँ: भारतले भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ । पाँचौँ नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सो रकमको चेक बुधबार हस्तान्तरण गरेका हुन् । प्राधिकरणका प्रवक्ता तथा सहसचिव पीताम्बर घिमिरेले भारत सरकारले पुननिर्माण गरिरहेको गोरखा र नुवाकोटको ५० हजार निजी आवास पुननिर्माणका लागि सो रकम हस्तान्तरण गरेको जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।